मध्यनेपालको १६ औं राष्ट्रपती रनिङ् शिल्डको उपाधि हिमाली आमाविलाई

मध्यनेपालको १६ औं राष्ट्रपती रनिङ् शिल्डको उपाधि हिमाली आमाविलाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर ३ गते सोमबार ०९:३१

११ स्वर्ण पाँच रजत चार कास्य गरी जम्मा २० पदक हासिल गर्दै हिमाली आवासीय मावि भोर्लेटार पहिलो भएको हो । त्यस्तै, सात स्वर्ण एक रजत गरी जम्मा ८ पदकका साथ कुसुमाकर मावी दोस्रो बनेको छ । तीन स्वर्ण १३ रजत र चार कास्य जम्मा २० पदक सहित ईशानेश्वर मावि भोर्लेटार तेस्रो भएको हो ।

प्रतियोगितामा नगरपालिका भित्र १६ वटा विद्यालयले ११ विद्यालयले भाग लिएका थिए ।

रामबजार(लमजुङ)– मध्यनेपाल नगरपालिकामा सञ्चालन भएको मध्यनेपालको राष्ट्रपति रनिङ् शिल्डको उपाधि हिमाली आमाविले हत्याएको छ । सोही नगरपालिका– ७ रामबजारको कुसुमाकर माविमा भएको १६ औं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा हिमाली आमावि पहिलो हुन सफल भएको हो ।
पहिलो हुने हिमाली आवासीय मावि भोर्लेटारले ११ स्वर्ण पाँच रजत चार कास्य गरी जम्मा २० पदक हासिल गरेका थियो । त्यस्तै, सात स्वर्ण एक रजत गरी जम्मा ८ पदकका साथ कुसुमाकर मावी दोस्रो बनेको छ । तीन स्वर्ण १३ रजत र चार कास्य जम्मा २० पदक सहित ईशानेश्वर मावि भोर्लेटार तेस्रो भएको प्रतियोगिताको व्यवस्थापन गर्ने कुसुमाकर माविका प्रअ ध्रुवराज घिमिरेले बताउनु भएको छ ।

उहाँका अनुसार प्रतियोगितामा पहिलो हुने विद्यालयले २० हजार नगद, शिल्ड, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो विद्यालयले १५ हजार ट्रफी मेडल र प्रमाण पत्रहरू त्यस्तै तेस्रो हुने विद्यालयले १० हजार ट्रफी मेडल र प्रमाणपत्रहरू प्राप्त गरेका छन् । सो प्रतियोगितामा नगरपालिका भित्र १६ वटा विद्यालयले ११ विद्यालयले भाग लिएका थिए ।
मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रम प्रतियोगिताको व्यवस्थापन गर्ने कुसुमाकर माविको हातामा भएको थियो ।
बिजेता खेलाडी छात्राछात्रहरूलाई कार्यक्रमका प्रमुख अतिथि पाण्डे, नगर प्रवक्ता एवम वडा नं १० को वडा अध्यक्ष रामचन्द्र भण्डारी तथा कार्यक्रमका सभापति वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ, कुसुमाकर माविका प्रअ ध्रुवराज घिमिरेले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
प्रमुख अतिथि पाण्डेले समापन वक्तव्यमा अनुपस्थित विद्यालयलाई आउँदा वर्षमा सञ्चालन हुने प्रतियोगितामा सहभागी भएर आफ्ना विद्यार्थीको खेलकुदमा अग्रसरता बढाउने आजैदेखि तयारी थाल्न अनुरोध गर्नु भएको थियो ।

प्रतियोगिताको अन्तिम दिनको खेलका अवसरमा विभिन्न नृत्य समेत प्रदर्शन गरिएको थियो । प्र्रस्तुत छ, उक्त कार्यक्रमका केही दृश्य फोटाहरुमा ।
फोटो सौजन्य : सुरज गुरुङबाट ।

प्रकाशित मिति २०८१ मंसिर ३, सोमबार ०९:३१ गते

हजुरको प्रतिक्रिया