महानगरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधि अर्थात कार्तिक मसान्तसम्म ९० लाख ६७ हजार रुपैयाँ प्रशासनिक दण्ड– जरिवानाबाट उठाएको जनाएको छ । सो रकम वार्षिक लक्ष्यको तुलनामा ३६.२७ प्रतिशत प्रगति हो ।
महानगरले त्यस्तो कारवाहीबाट २ करोड ५० लाख संकलन गर्ने वार्षिक लक्ष्य राखेको छ ।
काठमाडौं– सत्ता रुढ नेकपा एमालेले गरेको शक्ति प्रदर्शनका क्रममा सडक फोहर गरेको भन्दै सो दललाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ मात्र जरिवाना तिराउने भएको छ । दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको जनाउँदै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र मंसिर ७ गते पठाएको हो ।
काठमाडौं महानगरपालिकाले आफ्नो आर्थिक ऐन २०८१, तथा फोहोर मैला व्यवस्थापन ऐन २०६८ आकर्षित भएको जनाउँदै एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा भनिएको छ ।
अब महानगरपालिकालाई एमालेले जरिवाना रकम तिर्नुपर्ने नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरी पठाएको पत्रमा उल्लेख गरिएको छ ।
महानगरले त्यस्तो कारवाहीबाट २ करोड ५० लाख संकलन गर्ने वार्षिक लक्ष्य राखेको छ । काठमाडौं महानगरपालिले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड–जरिवानाको प्रवन्ध उल्लेख छ ।
महानगरले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि दुई लाख रुपैयाँ जरिवाना गरेको थियो । महानगरको त्यस्तो कारवाहीको शृंखला :
त्यसो त महानगरले फोहर गर्नेलाई जरिवाना गरेको यो पहिलो पटक होइन । त्यसको लामो शृंखला नै तयार भइसकेको छ । गत असार २८ गते कलंकीमा रहेको बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनलाई दुई लाख रुपैयाँ जरिवाना गरेको थियो । यसैगरी, महानगरले अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्धयुक्त अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम कारबाही गरिएको जनाएको छ ।
चालु आव सुरु भएपछि महानगरले गत साउन २७ गते महानगरले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई दुई लाख जरिवाना गरेको थियो । सिलभित्र रहेको खानेपानीमा किरा देखिएपछि सो कम्पनीलाई कारबाही गरिएको महानगरले जनाएको थियो ।
त्यस्तै, साउन ३० गते ‘अक्वा त्रिदेव’ ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि महानगरले दुई लाख जरिवाना गर्ने निर्णय महानगरले गरेको थियो । त्यो काठमाडौं जिल्लाकै तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इन्डस्ट्रीले उत्पादन गरेको पानी हो ।
यसैगरी, भदौ १२ गते श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि आयल एन्ड कस्मेटिक इन्डस्ट्रीलाई पनि दुई लाख रुपैयाँ काठमाडौं महानगरले जरिवाना तिराएको थियो । महानगरले सो कम्पनीले तेलमा प्रयोग हुने कच्चापदार्थको प्राविधिक सम्मिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन नसकेको र कारखानामा स्ट्यान्डर्ड अपरेसन प्रोसिडियोर (एसओपी) को अभिलेख नपाइएपछि कारबाही गरेको हो ।
कार्तिक १ गते बुद्धमाई अस्पताल टेकुलाई फोहोर व्यवस्थापनमा लापरबाही गरेकोमा महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराएको महानगरले जनाएको छ ।
महानगरले यही मंसिर ५ गते सुकेधाराको होटल मेक्योरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । होटलले बाटोमा फोहोर फालेको भन्दै जरिवाना तिराएको हो । सोही लाइनमा मंसिर ७ गते एमाले पनि फेला परेको हो ।
महानगरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधि अर्थात कार्तिक मसान्तसम्म ९० लाख ६७ हजार रुपैयाँ प्रशासनिक दण्ड– जरिवानाबाट उठाएको जनाएको छ । सो रकम वार्षिक लक्ष्यको तुलनामा ३६.२७ प्रतिशत प्रगति हो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..