सिर्जनात्मक साकोसका पाँच क्षेत्रगत इकाई भेलाबाट २६ जना उत्कृष्ठ बाल बचतकर्ता सम्मानित

सिर्जनात्मक साकोसका पाँच क्षेत्रगत इकाई भेलाबाट २६ जना उत्कृष्ठ बाल बचतकर्ता सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २० गते बिहिबार ०७:३७

वार्षिक साधारणसभाको मुख्य दिन मंसिर २२ गते गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री डा. टकराज गुरुङको प्रमुख आतिथ्यता रहने भएको सो संस्थाका प्रवन्धक ईन्द्रविलास सापकोटाले जानाकारी दिनु भएको छ । उहाँका अनुसार सो सभाको अर्थमन्त्री डा. गुरुङद्वारा उदघाटन, उत्कृष्ठ बालबचतकर्ता, विभिन्न स्थानका असल ऋणी र बचतकर्ताहरूका साथमा जेष्ठ सदस्यहरूलाई सम्मान लगायतका कार्यक्रम हुनेछन् ।

२५ औं वार्षिक साधारण सभा उदघाट गर्न गण्डकीका अर्थ मन्त्री गुरुङ आउने

भोटेओडार(लमजुङ)– यहाँ स्थित सिर्जनात्मक साकोसको २५ औं वार्षिक साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । साकोसका पाँच क्षेत्रगत इकाई भेला मंसिर १९ गते सम्पन्न भएसँगै साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको हो । इकाई भेलाबाट २६ जना उत्कृष्ठ बाल बचतकर्ता सम्मानित भएका छन् ।
उक्त साकोसका क्षेत्रगत रुपमा इकाईस्तरका भेलाहरू मंसिर १५ गतेदेखि १९ गतेसम्म गरी पाँच स्थानमा सम्पन्न गरिसकेको सो संस्थाका सहसचिव सिर्जना अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार ती भेलाबाट उत्कृष्ठ बाल बचतकर्ता २६ जना, असल ऋणीहरू छ जना, असल बचतकर्ता सात जना तथा जेष्ठ नागरिक दुई जनालाई सम्मानका लागि छनौट गरिएको छ ।
मंसिर १५ गते अर्चलबोटमा पहिलो इकाई भेला सोही वडाका अध्यक्ष गणेश खत्रीको प्रमुख आतिथ्यतामा भएको थियो । सबै ठाउँमा साकोसका अध्यक्ष रामजी कडेलको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक प्रतिवेदन, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरिएको थियो भने ती कार्यक्रमको सञ्चाल सहसचिव अधिकारी आफैले गर्नु भएको थियो ।
मंसिर १६ गते अकला क्षेत्रमा सोही सहकारीका जेष्ठ सेयर सदस्य नारायणप्रसाद ढकालको प्रमुखआतिथ्यता रहेको थियो । १७ गते सुन्दरबजारमा गरिएको इकाईभेलामा वडानं– ७ का अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । साकोसका सचिव मेन घलेले सञ्चालन गर्नु भएको कार्यक्रममा असल ऋणीको छनौट, असल बचतकर्ता तथा बालबचत कर्ताको समेत छनौट गर्ने काम भएको थियो ।
त्यस्तै, १८ गते पैह्रेमा भएको भेला सल्लाहकार सदस्य एवम् लेखा समितिका पूर्वसंयोजक प्रेम जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी, इकाई भेलाको अन्तिम दिन मंसिर १९ गते भोटेओडारकै धारापानी क्षेत्रमा इकाई भेला भएको हो । उक्त साकोसका संस्थापक एवम् सल्लाहकार संयोजक हरिप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सो भेला गरिएको सहसचिव सिर्जना अधिकारीले जनाकारी दिनु भएको छ । उहाँका अनुसार असल ऋणीहरू छ जना तथा जेष्ठ नागरिक दुई जनालाई २२ गते सम्मानका लागि छनौट गरिएको छ । उहाँले भन्नुभयो, ‘इकाईको पाँच क्षेत्रका सोही क्षेत्रमा उत्कृष्ठ बाल बचतकर्ता २६ जनालाई सम्मान गरिएको छ ।’
सबै भेलामा आव २०८०/८१ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष महेन्द्रप्रसाद खनालले प्रस्तुत गर्नु भएको थियो भने सचिव मेन घलेले नीति तथा कार्यक्रममा प्रकाश पार्नु भएको थियो । सम्पन्न भएका पाँचै इकाई भेलामा संस्थाका उपाध्यक्षद्वय चन्द्रमा घिमिरे र विष्णु श्रेष्ठले आलोपालो स्वागत मन्तव्य राख्ने काम गर्नु भएको थियो ।
वार्षिक साधारणसभाको मुख्य दिन मंसिर २२ गते गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री डा. टकराज गुरुङको प्रमुख आतिथ्यता रहने भएको सो संस्थाका प्रवन्धक ईन्द्रविलास सापकोटाले जानाकारी दिनु भएको छ । उहाँका अनुसार सो सभाको अर्थमन्त्री डा. गुरुङद्वारा उदघाटन, उत्कृष्ठ बालबचतकर्ता, विभिन्न स्थानका असल ऋणी र बचतकर्ताहरूका साथमा जेष्ठ सदस्यहरूलाई सम्मान लगायतका कार्यक्रम हुनेछन् ।

प्रकाशित मिति २०८१ मंसिर २०, बिहीबार ०७:३७ गते
हजुरको प्रतिक्रिया