क्यान्सर र आँखा शिविरको पहिलो दिन २७५ले सेवा लिए

क्यान्सर र आँखा शिविरको पहिलो दिन २७५ले सेवा लिए

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २१ गते शुक्रबार १०:२८

सुन्दरबजार– लमजुङमा सञ्चालित क्यान्सर र आँखा शिविरमा पहिलो दिन २७५ जनाले सेवा लिएका छन् । यहाँ स्थित ज्म्ऋक्– नमूना अस्पतालमा सञ्चालन गरिएको दुई दिने क्यान्सर र आँखा शिविरमा त्यतिका व्यक्तिहरुले सेवा लिएका हुन् । नेपाल अर्बुद...

सुन्दरबजार– लमजुङमा सञ्चालित क्यान्सर र आँखा शिविरमा पहिलो दिन २७५ जनाले सेवा लिएका छन् । यहाँ स्थित ज्म्ऋक्– नमूना अस्पतालमा सञ्चालन गरिएको दुई दिने क्यान्सर र आँखा शिविरमा त्यतिका व्यक्तिहरुले सेवा लिएका हुन् । नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाको आयोजनामा भएको सो शिविर दिउँसो करिब एकबजे सुरु भएको थियोे ।
आयोजक संस्थाका सभापति नवराज पहाडीको अध्यक्षतामा भएको सो शिविरको लायन्सका चिफ मेम्वरसीप रिटेन्सन विमलेश्वरप्रसाद प्रधानले उद्घाटन गर्नु भएको हो । उहाँले मानवसेवाजस्तो अर्को ठूलो कुनै कर्म छैन भन्नुभयो । उहाँले कुरा, भाषणभन्दा धेरै सेवा गर्न सकुँ भन्नुभयोे ।
सो अवसरमा सो शिविर जिल्लामा ल्याउन विशेष भूमिका खेल्नु भएका अर्बुद रोग निवारण संस्था लमजुङका सल्लाहकार एवम् लायन्स क्लब दृष्टि संसार, ललितपुरका उपाध्यक्ष रामबाबु अधिकारीले शुभकामना मन्तव्यका क्रममा लायन्सले गरेको सेवा र भोलिका दिनमा गर्न सकिने सम्भावित कार्य योजनामा प्रकाश पार्नु भएको थियोे ।
त्यसैगरी शिविर स्थल रहेको ज्म्ऋक्– नमूना अस्पतालका प्रमुख एवम् आयोजक संस्थाका सल्लाहकार हेमन्त श्रेष्ठले शिविरमा सञ्चालन गर्ने विधिका साथमा अस्पतालबाट उपलब्ध सेवाका बारेमा प्रकाश पार्नु भएको थियोे ।
त्यसैगरी आयोजक संस्थाका सभापति नवराज पहाडीले क्यान्सर जस्तो जघन्य रोगका विरुद्ध सचेतना जागृत गर्ने उद्देश्यले सवाका लागि शिविरको आयोजना गरिएको र भोलिका दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने जानकारी दिनु भएको थियोे ।
शिविरमा नेसनल क्यान्सर हस्पिटल जावलाखेल ललितपुरका वरिष्ठ स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा सुशीला वैद्यका साथै आँखा विशेषज्ञहरुले सेवा दिइरहेका छन् ।

प्रकाशित मिति २०८१ मंसिर २१, शुक्रबार २२:२८ गते
हजुरको प्रतिक्रिया