उदाङ्गियो धारनका मेयर हर्क राईको हरकत

उदाङ्गियो धारनका मेयर हर्क राईको हरकत

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २३ गते आईतबार ०९:२३

‘जननिर्वाचित नगरप्रमुख जस्तो पदलाई अपमान र अनादार गरेर भ्रम फैलाएको’ भन्ने दावीलाई उनको त्यस्तो हरकतले सुहाउँदैन । हर्कले आफ्नो हकरत अर्थात गल्तीको प्रायश्चित सार्वजनिक रुपमा गर्न आवश्यक छ ।

आफू विरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेसँगै मेयर हर्कको हरकत उदागिंएको हो ।

धरान(सुनसरी)– धरान उपमहानगरपालिकाका मेयर हर्क राईको हरकत उदाङ्गिएको छ । आफू विरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेसँगै धारनका मेयर हर्कको हरकत मंसिर २३ गते उदागिंएको हो ।
राईले आफूविरुद्ध समाचार लेख्ने दुई जना सुनसरीका पत्रकारलाई कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका सामाजिक सञ्जालमा पोष्ट गरिएसँगै मेयर हर्कको बौद्धिकतामा मात्र प्रश्न उठेको छैन उनका सल्लाहकारहरूको समेत हैसियतमा प्रश्न उठ्न गएको छ ।
त्यसो त पछिल्लो आधा, एक दशक यताका वर्षमा पत्रकारिताको बिल्ला भिर्दैमा सबै पत्रकारले सही समाचार लेख्छन् भन्ने छैन । तर समाचारमा चित्त बुझेन भने त्यसका विरुद्धमा अपनाईने विधि कानुनमा प्रष्ट व्यवस्था छ । त्यो विधि विर्सिएर वा मिचेर अर्थात त्यस्तो बाटो छाडेर गृहमन्त्री गुहार्ने, पत्रको बोधार्थ प्रति कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय इनरुवा र इलाका प्रहरी कार्यालय धरानलाई समेत दिने जुन हरकत मेयर हर्कबाट भएको छ. अतिनै निन्दनीय र भर्त्सना योग्य छ । उनले पत्रकारका विरुद्ध गरेको गुहार त तानाशाही व्यवस्थामा मात्र काम लाग्छ न कि लोकतन्त्रमा । हुन त यो देशमा सरकारको रबैया हेर्दा लोकतन्त्र छैन भन्दा पनि हुने स्थिति पनि बनिरहेको छ नै । तर हर्कलाई त जनताको मान्छे भनिएको थियो, भनिन्छ । विधि विधान मिच्ने मान्छे कसरी जनतावादी हुन सक्छ ? हर्कको आजको यो हरकत अर्थात कर्मले गम्भिर प्रश्न उठाउन बाध्य बनाएको छ । हर्कको त्यो कार्यले उनको हरकत या भनुँ असल नियतलाई उजागर गरेको आभास भएको आम बुझाइ छ ।
‘जननिर्वाचित नगरप्रमुख जस्तो पदलाई अपमान र अनादार गरेर भ्रम फैलाएको’ भन्ने दावीलाई उनको त्यस्तो हरकतले सुहाउँदैन । हर्कले आफ्नो हकरत अर्थात गल्तीको प्रायश्चित सार्वजनिक रुपमा गर्न आवश्यक छ ।

प्रकाशित मिति २०८१ मंसिर २३, आईतवार २१:२३ गते
हजुरको प्रतिक्रिया