सिर्जनात्मकद्वारा वार्षिकोत्सव एवम् साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान, १० प्रतिशत बोनस बाड्ने

सिर्जनात्मकद्वारा वार्षिकोत्सव एवम् साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान, १० प्रतिशत बोनस बाड्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २४ गते सोमबार ०९:५५

सेयर सदस्य संख्या चार हजार ३१३ जना रहेको सो संस्थामा सेयर पूँजी ११ करोड ८१ लाख २६ हजार रहेको छ । कुल लगानी ऋण ५५ करोड, २४ लाख, ७७ हजार ३३१ रुपैयाँ रहेको छ । त्यसमध्ये भाका नाघेको ऋणमा पाँच करोड, ९९ लाख, ५५ हजार ९१० रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

असल ऋणीलाई पुरस्कृत गरिरहँदा ऋण नतिर्ने ऋणीको समेत नाम सार्वजनिक गर्नु पर्ने वक्ताहरूको जोड

भोटेओडार(लमजुङ)– यहाँ स्थित सिर्जनात्मक वचत तथा ऋण सहकारी संस्था लि.को २८ औँ वार्षिकोत्सव तथा २५ औँ साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि एवम् गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा टकराज गरुङले भक्ति नमुना माविको सभा हलमा सो सभाको मंसिर २२ गते उदघाटन गर्नु भएको हो ।
आफ्नो उदघाटन मन्तव्यमा मन्त्री गुरुङले सहकारी संस्था सबैको सहकर्यमा सञ्चालन हुने र मुनाफा पनि सोही अनुसार बितरण गर्ने उद्देश्यले स्थापना भएका हुन्छन् त्यसैले यसको मर्मअनुसार सञ्चालकहरूले संस्था हाँक्नु पर्छ भन्नुभयो । सहकारीका सात सिद्धान्त बिर्सने सञ्चालकहरु रहेका संस्थामा समस्या देखिएको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशका प्रवक्ता समेत रहनु भएका उहाँले अर्को एक प्रसङ्गमा पहुँचको आधारमा योजना आउने नभई आवश्यकताले आउने हो भन्नुभयो । तर फेसबुकतिर फलानाले योजना ल्याएको भन्दै पोष्ट गरेको देखिन्छ । त्यस्तो होइन र त्यस्तो कार्यको औचित्य नभएको उल्लेख गर्नु भएको थियो ।
यसैगरी, कार्यक्रममा विशेष अतिथि सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले सहकारी संस्थाले सबै सेयर सदस्यको भावना र चाहनाको उचित सम्बोधन गर्न सक्नु पर्छ भन्ने उल्लेख गर्नु भयो । सो अवसरमा सहकारी बैंक लि.का लेखा समिति सदस्य चन्द्रा ढकाल पराजुलीले सहकारी बैंक र सहकारी आन्दोलनका बारेमा प्रकाश पार्नु हुँदै वर्तमानमा सहकारी अभियानमा सिर्जित चुनौतिका बारेमा सञ्चालकहरूको ध्यानाकर्षण गर्नु हुँदै होसियारी पूर्वक कार्य सम्पादन गर्न आग्रह गर्नु भएको थियो ।
उक्त अवसमरा तीनजना जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो । उहाँहरू होतृराज ढकाल, नारान ढकाल र कृष्णकुमारी सापकोटा हुनु भएको सो संस्थाका सहसचिव सिर्जना अधिकारीले बताउनुभयो । उहाँका अनुसार असल ऋणीहरू गोविन्दप्रसाद अधिकारी, देविका ढकाल, सरला रेग्मी, कालु दर्जी, विष्णुबहादुर भुजेल, खुशीराम डौलिया र शम्भु परियारलाई सम्मान गरिएको थियो । उहाँले भन्नुभयो, ‘सो अवसरमा असल बचतकर्ताहरूमा सरला मरहठ्ठा, इन्दिरा लामिछाने, मिरा पौडेल, सुरेन्द्र केसी, तेजकुमारी गुरुङ, पार्वता खनाल र तारा अधिकारी खनाल सम्मानित हुनु भएको छ ।’
उक्त भव्य समारोहमा शुभकामना दिनेहरूमा सो संस्थाका सल्लाहकार समेत रहनु भएका वरिष्ठ साहित्यकार एवम् शिक्षासेवी गोविन्दबहादुर कुँवर, उक्त साकोसका संस्थापक एवम् सल्लाहकार तथा रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, संस्थाका सल्लाहकार एवम् पूर्वअध्यक्ष कीर्तिनाथ सापाकोटा, सल्लाहकारहरू प्रेमबहादुर जिसी, धु्रव कुँवर, काँग्रेसका नगर उपसभापति चन्द्रा गुरुङ, माओवादी केन्द्रका नगर अध्यक्ष मुरारी भुजेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि राजेन्द्र अधिकारी, भोटेओडार सामुदायिक पुस्तकालयका अध्यक्ष बसन्तराज खनाल तथा सेयर सदस्य शिव अधिकारी, सरस्वती सापकोटा लगायत हुनुुहुन्थ्यो ।
उक्त साधारण सभामा आ.व. २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरी बन्द सत्रमा पारित गर्नुका साथै संस्थाका सचिव मेनबहादुर घलेले प्रस्तुत गर्नुभएको थियो । सभामा आ.व. ०८१/८२ को प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम पनि पास गरिएको सो संस्थाका प्रवन्धक ईन्द्रविलास सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आ.व ०८०/८१ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष महेन्द्र खनालले प्रस्तुत गर्नुभएको हो । उक्त साकोसको छ करोड ८३ लाख ३८ हजार ७४६ रुपैयाँ बैँकमा मौज्दात, सहकारी सम्पत्तिबाट दुई करोड १० लाख रुपैयाँ आम्दानी भएको सो अवसरमा जानकारी दिइएको थियो ।
सेयर सदस्य संख्या चार हजार ३१३ जना रहेको सो संस्थामा सेयर पूँजी ११ करोड ८१ लाख २६ हजार रहेको छ । कुल लगानी ऋण ५५ करोड, २४ लाख, ७७ हजार ३३१ रुपैयाँ रहेको छ । त्यसमध्ये भाका नाघेको ऋणमा पाँच करोड, ९९ लाख, ५५ हजार ९१० रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सो अवसरमा वक्ताहरूले संस्थाका सञ्चालकलाई सुझाब सल्लाह समेत दिदै संस्थाका असल ऋणीहरूलाई पुरस्कृत गर्दै गर्दा खराब ऋणीहरूको समेत नाम सार्वजनिक गर्ने परिपाटीको विकास गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
सो सभाका अवसरमा लालीगुराँस अंग्रेजी मावि र ग्लोवल भिजन अंग्रेजी आमाविका छाछात्राहरूले नृत्य प्रदर्शन गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
साकोसका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा सो बार्षिक सभा भएको हो । उहाँले यो वर्ष १० प्रतिशत बोनस वितरण गर्ने भएको उल्लेख गनुृ भयो । भेलामा स्वागत संस्थाका उपाध्यक्ष चन्द्रमा घिमिरेले गर्नु भएको थियो भने धन्यवाद अर्का उपाध्यक्ष विष्णु श्रेष्ठले तथा सञ्चालन सचिव मेनबहादर घलेले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ मंसिर २४, सोमबार ०९:५५ गते
हजुरको प्रतिक्रिया