पत्रकार महासंघको निर्वाचन : लमजुङमा विद्रोहको संकेत, मनोनयनको तयारी

पत्रकार महासंघको निर्वाचन : लमजुङमा विद्रोहको संकेत, मनोनयनको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २७ गते बिहिबार ०९:५४

मन्त्रीस्तरीय निर्णयले हुलाक टिकट फ्रि गरिएको छापामाध्यममा यतिबेला भने हुलाक निर्देशनालयका निर्देशकले हुलाक निर्देशिका संशोधन गरी प्रति पत्रिका २ रुपैयाँको टिकट टास्नु पर्ने उर्दी जारी गरी लास माथि कात्रो ओडाउन पर्ने बाध्यकारी स्थिति उत्पन्न गरेर हुलाक निर्देशकले आफूलाई मन्त्रीभन्दा माथिल्लो ओहोदाको भएको व्यवहारतः पुष्टि गरेका छन् । तर त्यसबारेमा महासंघको नेतृत्व मौन रहेर निजी स्वार्थमा मात्र प्रेरित भएको देखिदै आएको स्थिति छ । पत्रकारिता जगतमा झ्यांगिएका अन्य विक्रितिका बारेमा त चर्चा नगर्नु नै बेस होला ।

उक्त महासधिवेशनको गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री तथा नेपाली काँग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङले उदघाटन गर्नु भएको हो ।

लमजुङ– मुलुकभर पत्रकार महासंघको निर्वाचन संघारमा आइपुगेको छ । त्यो निर्वाचन पटक पटक सर्ने काम मात्र नगरी केन्द्रीय अध्यक्षलाई राजीनामा दिन समेत बाध्य बनाएको थियो । तर त्यसको केन्द्र र प्रदेशमा उम्मेदवारी दर्ता भइसकेको छ भने लमजुङमा आज मंसिर २७ गते बिहान मात्र उम्मेवारी दर्ता गराउने र भोलि २८ गते मतदान हुने तालिका सार्वजनिक गरिएको छ ।
पत्रकार महासंघको केन्द्रले २६ गते नै उम्मेदवारी दर्ताका लागि निर्देशन गरेको थियो तर यो जिल्लामा सो निर्देशनलाई लत्याइएको छ ।
आठौं जिल्ला अधिवेशनका क्रममा हुन लागेको सो निर्वाचनमा ठूला भनिने दुई राजनीतिक दल काँग्रेस र एमाले निटकका संस्थाहरू प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी भागवण्डा गरेर एकलौटी गरेर राईदाई गर्न खोजे पनि केन्द्रीय समितिका साथै प्रदेश समितिसहित अधिकांश जिल्लामा विद्रोह भएका समाचार आइरहेका छन् । त्यसको ज्वाला लमजुङमा पनि देखिएको छ ।
लमजुङमा पत्रकार महासंघका उपसभापति अनुज अधिकारीले विद्रोहको घोषणा गर्नु भएको हो ।
अधिकारी गत अधिवेशको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन हुँदा पनि त्यस्तो चंगुल तोडेर महासंघमा एक पदमा मात्र त्यो पनि उपसभापति जस्तो पद जितेर प्रेस चौतारीको नाक राख्न सफल व्यक्तित्व हुनुहुन्छ । तर यस पटक भने उहाँले आफ्नो क्षमता एवम् पदीय मर्यादालाई संगठनले व्यवस्थापन गर्नुको सट्टामा अपमान गरेकोे बताउनु भएको छ ।
स्वाभिामानका धनी अधिकारी कसैको आशीर्वादले भन्दा पनि आफ्नै योग्यता, क्षमता एवम् क्रियाशीलताले व्यक्तित्व निर्माण गर्नु भई यहाँसम्म आउनु भएको हो । त्यसैले पनि उहाँले अपमान सहेर नबस्ने घोषणा गर्नु भएको बुझिएको छ ।
भलै उहाँलाई घेराबन्दी गर्ने र उम्मेदवारी हाल्न नदिने प्रपञ्चका क्रमहरू जारी रहेका छन् । यो समाचार तयार गरी रहँदासम्म भने उहाँले घोषणा गरेको विद्रोहको अडानमा कायमै हुनुहुन्छ । आज विहान ८ बजे मनोनयनका लागि समय तोकिएको थियो तर पनि मनोनयनको त्यो कार्यको समयावधि कतिबेला सम्म हो भन्ने तोकिएको छैन, बिहान ८ बजेको समयमा निर्वाचन स्थल सुनसान थियो । त्यसैले मनोनयन के कतिबेलासम्म दर्ता गर्न पाइने हो ? निर्वाचन तालिकामा खुलाइएको छैन ।
तर १२ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने भनिएको छ ।
निर्वाचनको सोही तालिकामा मतदानको समय भने मंसिर २८ गते विहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
यसबारेमा निर्वाचन मण्डलका मुख्य अधिकृत सन्तोष पौडेलसँग सम्पर्क गर्दा उहाँको फोन उठेन ।
महासंघको निवर्तमा समितिले आफनो कार्यकालमा कार्यालयमा भवन निर्माणका लागि जग्गा प्राप्ति र भवन निर्माणको कार्य आधाजसो(घोषणा अनुसार) सकेर एउटा ऐतिहासिक काम गरेको भएता पनि पत्रकारको बृत्ती विकास, पेशागत सुरक्षा र सञ्चारमाध्यमको स्थयित्वका लागि भने खासै काम भएको नपाइको स्थिति रहेको बताइन्छ ।
मन्त्रीस्तरीय निर्णयले हुलाक टिकट फ्रि गरिएको छापामाध्यममा यतिबेला भने हुलाक निर्देशनालयका निर्देशकले हुलाक निर्देशिका संशोधन गरेर प्रति पत्रिका २ रुपैयाँको टिकट टास्नु पर्ने उर्दी जारी गरी लासमाथि कात्रो ओडाउन पर्ने बाध्यकारी स्थिति उत्पन्न गर्दै हुलाक निर्देशकले आफूलाई मन्त्रीभन्दा माथिल्लो ओहोदाको भएको व्यवहारतः पुष्टि गरेका छन् । तर त्यसबारेमा महासंघको नेतृत्व मौन रहेको निजी स्वार्थमा मात्र प्रेरित भएको देखिदै आएको स्थिति छ । पत्रकारिता जगतमा झ्यांगिएका अन्य विक्रितिका बारेमा त चर्चा नगर्नु नै बेस होला ।
सभापति परमेश्वर अधिकारी आफूसमेत छापा माध्यमसँग पनि सम्बन्धित भएता पनि संकट उत्पन्न भइरहेको छापामाध्यमका लागि भने उहाँबाट ध्यान नदिएको प्रति निकै असन्तुष्टि झ्ंगिएको छ ।
उक्त महासधिवेशनको गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री तथा नेपाली काँग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङले उदघाटन गर्नु भएको हो भने त्यसको अध्यक्षता जिल्ला अध्यक्ष परमेश्वर अधिकारीबाट भएको थियो ।

प्रकाशित मिति २०८१ मंसिर २७, बिहीबार ०९:५४ गते
हजुरको प्रतिक्रिया