राइनास कप फुटबल प्रतियोगिताको चौथो संस्करण माघ १ गतेदेखि

राइनास कप फुटबल प्रतियोगिताको चौथो संस्करण माघ १ गतेदेखि

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस ८ गते सोमबार ०७:१४

प्रमुख अतिथि राइनास नगरपालिका– ६ का वडाध्यक्ष गोविन्द चिलुवालले जिल्लाको एकमात्र फुल साइजको र मध्यपहाडी लोकमार्गसँगै जोडिएको यो खेल मैदानलाई व्यवस्थित बनाउने सम्वन्धमा यसबर्ष कुनै पनि निकायको ध्यान नजानु दुर्भाग्य भएको बताउनुभयो ।

सो खेलमैदानको डिपिआर अनुसार प्याराफिट २५ सय क्षमताको बनाउने उल्लेख रहेको छ ।  

धमिलिकुवा(लमजुङ)– लमजुङको राइनास नगरपालिकामा चौथो राइनास कप– २०८१ को तयारी थालिएको छ । राइनास नगरपालिका– ६ को यहाँ स्थित गौलीटार क्षेत्रीय खेलमैदान समितिले विगत वर्षझैं आउँदो माघ १ गतेदेखि सो प्रतियोगिता सञ्चालन गर्ने पत्रकार सम्मेलनको आयोजना गरी जानकारी पुस ७ गते जानकारी दिएको हो ।
सो प्रतियोगिताको यो चौथो संस्करण हो । आयोजक समितिले गौलिटार खेल मैदानमै पत्रकार भेटघाट कार्यक्रम गरी प्रतियोगिताबारेमा त्यस्तो जानकारी दिएको हो । समितिका अध्यक्ष टकेन्द्रनाथ चिलुवालले यो वर्षको राइनास कपलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था र स्थानीय तहहरुबाट सहयोगको अपेक्षा लिइएको बताउनुभयो । उहाँका अनुसार यो वर्ष प्रतियोगितालाई स्तरीय बनाउनका लागि जम्मा १२ टिमलाई मात्र सहभागी गराउने निर्णय भएको छ । प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि १ सय १ सदस्यीय मुल आयोजक समिति र ९ वटा विभिन्न उपसमिति गठन गरेर तयारी अघि बढाइएको बताउनुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथि राइनास नगरपालिका– ६ का वडाध्यक्ष गोविन्द चिलुवालले जिल्लाको एकमात्र फुल साइजको र मध्यपहाडी लोकमार्गसँगै जोडिएको यो खेल मैदानलाई व्यवस्थित बनाउने सम्वन्धमा यसबर्ष कुनै पनि निकायको ध्यान नजानु दुर्भाग्य भएको बताउनुभयो । उहाँले यो खेलमैदानलाई पालिकाको मात्र नभई जिल्ला र प्रदेशकै स्तरीय मैदान बनाउने आफूहरूको सोच र योजना रहेको भए पनि खेलमैदानमा प्याराफिट लगायतका संरचना निर्माण गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारको ध्यानार्कषण नभएकोमा दुःख व्यक्त गर्नुभएको थियो । उहाँका अनुसार सो खेलमैदानको डिपिआर अनुसार प्याराफिट २५ सय क्षमताको बनाउने उल्लेख रहेको छ । 
सो प्रतियोगिताको पहिलो पुरस्कार तीन लाख, कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद एक लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र रहेको छ । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई ४०÷४० हजार र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक समितिका सचिव प्रदिपजङ गुरुङले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालाई जनही सात हजार पाँच सय नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी, प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरी नगद एक हजार सहित मायाको चिनो प्रदान गरिने जानकारी दिदै राइनास कपको मुख्य प्रायोजक नगरपालिका रहेको उहाँको भनाइ छ ।
प्रतियोगिताको नारा ‘राष्ट्रका लागि युवा र युवाका लागि खेलकुद’ भन्ने रहेको छ भने यही पुस २९ गतेसम्म टिम दर्ता गर्नु पर्ने समय तोकिएको छ ।
गौलीटारमा कबुलीयती वन क्षेत्रको १५० रोपनी जग्गा सम्झौता गरी फुटबल ग्राउण्ड निर्माण गरिएको आयोजकको भनाई छ । प्याराफिट सहितको व्यवस्थित ग्राउण्ड निर्माणको डिपिआर तयार भएको छ तर निर्माणको वजेट उपलब्ध नहुँदा काम अगाडि बढाउन नसकेको आयोजक समितिका सचिव प्रदिपजङ गुरुङले बताउनु भयो । उहाँका अनुसार उक्त प्रतियोगिताका लागि १७ लाख खर्च हुने अनुमान गरिएको र राइनास नगरपालिकाले ८ लाख रुपैयाँ उपलब्ध गराउने छ, बाँकी रकम विभिन्न दातासँग संकलन गर्ने योजना छ ।
सो पत्रकार सम्मेलनमा पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल, संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडी, पूर्वध्यक्ष जिल्ला सन्तोष पौडेल तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु, आयोजक समितिका निर्वतमान अध्यक्ष किरण श्रेष्ठ, समितिका पदाधिकारीहरू लगायतको सहभमागी रहेको कार्यक्रमको सञ्चालन गौलीटार क्षेत्रीय खेल मैदान समितिका सचिव प्रदिपजङ गुरुङले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८१ पुष ८, सोमबार ०७:१४ गते
हजुरको प्रतिक्रिया