लिबर्टी माइक्रो लाइफद्वारा सुन्दरबजारमा लघु जीवन बीमा अभिकर्तालाई एक दिने तालिम

लिबर्टी माइक्रो लाइफद्वारा सुन्दरबजारमा लघु जीवन बीमा अभिकर्तालाई एक दिने तालिम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस ८ गते सोमबार ०८:१८

लिबर्टि माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरूको चाहाना र आवश्यकता अनुसार नयाँ नयाँ जीवन बीमाका प्रकारहरू ल्याई सो बीमा योजनामार्फत बिकट क्षेत्रका मानिसलाई व्यक्तिगत तथा सामुहिक लघु जीवन बीमा सेवा दिदै आएको जानकारी दिइएको थियो ।

उक्त कार्यक्रममा सुन्दरबजार– ७ का वडा अध्यक्ष जयराम रेग्मीको बिमा पोलिसी ३ मिनेटमा जारी गरी हस्तान्तरण गरिएको थियोे ।

सुन्दरबजार(लमजुङ)– लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा लघु जीवन बीमा अभिकर्ताको एक दिने तालिम सम्पन्न भएको छ । माइक्रो इन्स्योरेन्स कम्पनी लमजुङले जीवन बीमा अभिकर्ता पुस ८ गते सो तालिम सञ्चालन गरेको हो ।
सुन्दरबजार नगरपालिका– ७ को हलमा सञ्चालित सो तालिममा लिबर्टि माइक्रो लाइफ गण्डकी लुम्बिनीका प्रमुख शिव पौडेलको अध्यक्षता र सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष जयराम रेग्मिले माइक्रो लाइफ इन्स्योरेन्स आफू बुझ्दै गरेको र आफूलाई उचित लागेको हुँदा अहिलेसम्म आफूले कहिँ बीमा नगरेको तर आफूले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा आज आफ्नो बीमा गरेको जानकारी दिदै यसले जोखिम बहनका अलवा बचत गर्ने बानी बसाल्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष लिबर्टी माइक्रो लाइफ गण्डकी लुम्बिनीका प्रमुख शिव पौडेलले बीमा किन गर्ने ? बीमा गर्दा हुने फाइदा ? बीमाको महत्त्व ? लिबर्टी माइक्रो लाइफको चिनारी ? अभिकर्ता के हो ? यसले के कसरी काम गर्नु पर्दछ, बीमा गर्न चाहानेसँग समन्वय गरी बीमा कार्य के कसरी गर्नु पर्दछ, अभिकर्ता र बिमा कम्पनी बीचको अन्तर सम्बन्ध, कम्पनीको विभिन्न प्रोडक्टहरू जस्ता विविध बिषयमा जानकारी दिनु भएको थियो ।
उक्त अवसरमा उहाँले डिजिटल प्रबिधिको प्रयोग गरी सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मिको ३ मिनेटमा बिमा पोलिसी जारी गरी हस्तान्तरण गर्नु भएको थियोे ।
कार्यक्रममा सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले लिबर्टि माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल माध्यमहरूबाट बीमा योजनाहरू छिटो र सरल किसिमले लघु जीवन बीमा प्रदान गर्दै आइरहेकोले यसको प्रभावकारिता दैनिक बढेको बताउनु भएको थियो ।
लिबर्टि माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरूको चाहाना र आवश्यकता अनुसार नयाँ नयाँ जीवन बीमाका प्रकारहरू ल्याई सो बीमा योजनामार्फत बिकट क्षेत्रका मानिसलाई व्यक्तिगत तथा सामुहिक लघु जीवन बीमा सेवा दिदै आएको जानकारी दिइएको थियो ।
लिबर्टि माइक्रो लाइफ लमजुङका प्रमुख निश्चल रेग्मीले सञ्चालन गर्नु भएको कार्यक्रममा ३२ जनाको सक्रिय अभिकर्ताहरूले भाग लिएको एजेन्सी म्यानेजर सर्मेन्द्र रेग्मीले बताउनु भयो ।

प्रकाशित मिति २०८१ पुष ८, सोमबार २०:१८ गते
हजुरको प्रतिक्रिया