तीन माविका ३० जना विद्यार्थीलाई विपद् व्यवस्थापन प्रार्थमिक उपचार चार दिने तालिम समापन

तीन माविका ३० जना विद्यार्थीलाई विपद् व्यवस्थापन प्रार्थमिक उपचार चार दिने तालिम समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस ८ गते सोमबार ०८:३८

विपद् व्यवस्थापन फस्टएड सम्बन्धमा सशस्त्र प्रहरी बल लमजुङले विज्ञको रुपमा सहयोग गरेको थियो ।

उक्त कार्यक्रममा १५० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिकाका तीन माविका ३० जना विद्यार्थीलाई विपद् व्यवस्थापन प्रार्थमिक उपचार चार दिने तालिम समापन गरिएको छ । सो चार दिने तालिमको पुस ८ गते समापन गरिएको हो ।
नमुना सामुदायिक अस्पतालको नमुना काम : विपद् व्यवस्थापन फस्टएड सम्बन्धि ४ दिने तालिम मानव विकास तथा सामुदायिक एचडिसियसद्वारा सञ्चालित नमुना सामुदायिक अस्पताल सुन्दरबजार उत्थानशील परियोजना अन्तरगत सुन्दरबजार नगरपालिकाको वडा नं. २ र ५ का स्थित कान्तिमन्दिर मावि, महेन्द्र मन्दिर मावि र विद्याज्योति माविका ३० जना विद्यार्थीलाई विपद् व्यवस्थापन फस्टएड सम्बन्धि ४ दिने तालिम सम्पन्न गरिएको छ ।
यसका साथै विद्यालयको खानेपानी, ट्वाइलेट, हात धुने ठाउँको मर्मत सम्भार गरिएको छ । सुन्दरबजार– २ मा सोही वडाका वडाध्यक्ष नवीनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा विपद् व्यवस्थापन सम्बन्धि तालिम गरिएको हो । तलिमका क्रममा आगो नियन्त्रण कसरी गर्ने, विरामीलाई कसरी ओसार पसार गर्ने, फस्टएड सम्बन्धि समुदायका व्यक्तिलाई जानकारी गराइएको छ । उक्त कार्यक्रममा १५० जना विद्यार्थीहरूको उपस्थिति रहेको नमुना अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सो कार्यक्रम वडा नं. २ मा सम्पन्न भएको हो ।
विपद् व्यवस्थापन फस्टएड सम्बन्धमा सशस्त्र प्रहरी बल लमजुङले विज्ञको रुपमा सहयोग गरेको थियो । कार्यक्रम व्यवस्थापन नमुना सामुदायिक अस्पतालका विपद् व्यवस्थापन सम्बन्धि प्रशिक्षक शोभा ठकुरीले गर्नुभएको थियो । ३ वटा विद्यालयका ३० जना विद्यार्थी, सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक सुर्य खड्काको कमाण्डमा १५ जनाले भाग लिएको नमुना अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी गराउनु भयो । उहाँका अनुसार सुन्दरबजार वडा नं. ६ र ८ मा विपद् व्यवस्थापन सम्बन्धि तालिम जनवरीबाट सुरु गरिने तयारी छ ।

प्रकाशित मिति २०८१ पुष ८, सोमबार २०:३८ गते
हजुरको प्रतिक्रिया