पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भिराइएको सहकारी ठगीमा उहाँले आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिनु भएको छ । ३ घण्टा लामो बयान क्रममा जिल्ला अदालत कास्कीले सभापति रविसँग पुस ११ गते बयान लिएको हो ।
अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको बताएको छ । न्यायाधीश नितिज राईसँग रविले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा संलग्न नरहको दावी गर्नु भएको छ ।
उहाँको बयान नसकिएकाले भोलि पनि बयान लिइने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनु भयो ।
रास्वपाका सभापति रवि आफ्नो पूर्ववत् जवाफमा नै अडिग रहनु भएको छ । एक अधिवक्ताका अनुसार, लामिछानेले सहकारीमा आफ्नो संलग्नता नरहेको र त्यसको जिम्मेवारी जीबी राई नै रहेको बताउनु भएको छ ।
आफूविरुद्ध मुद्दा दर्ता हुँदा दायर अभियोगपत्रमा उहाँले आफूले हस्ताक्षर गरेको चेकको दुरुपयोग भएको बताउँदै आउनु भएको छ ।
आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा समेत सामेल नभएको बताउनु भएको छ । सहकारीबाट गैरकानुनीरूपमा ऋण लिएको भन्ने प्रश्नमा पनि इन्कार गर्नु भएको छ ।
स्मरणीय छ, रविउपर थोपरिएको अभियोगका बारेमा बयान सकिएको छैन । थुनछेक बहस हुन र अदालतबाट आदेश आउन बाँकी नै छ तर उहाँको सांसद पद संसद सचिवालयले सूचना टाँस गरेर निलम्बन भएको जनाइसकेको छ ।
प्रकाशित मिति २०८१ पुष ११, बिहीबार २०:०७ गते