नेपाली काँग्रेस लमजुङलाई बिरासत जोगाउन चुनौती

नेपाली काँग्रेस लमजुङलाई बिरासत जोगाउन चुनौती

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १२ गते शुक्रबार ०५:५४

समीक्षा क्रममा नेपाली काँग्रेसबाट जितेर गएका वडा अध्यक्ष, पालिका प्रमुख र प्रदेश सांसद लगायतले गरेका क्रियाकलापहरूको समीक्षा समेत गरिएको थियो । पार्टीबाट जितेर गएका प्रतिनिधिहरूले पार्टीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने कार्यकर्ताहरूको जोड थियो ।

एक सय दिने अभियान अन्तर्गत पालिकाहरूमा अन्तरसम्बाद जारी

दुईपिप्ले(लमजुङं)– नेपाली काँग्रेस लमजुङ बिरासत जोगाउन चुनौती थपिएको छ । त्यसकै लागि नेपाली काँग्रेसको सय दिने अभियान जारी राखेको छ भलै त्यो कार्यक्रम काँग्रेसको केन्द्रले जारी गरेको किन नहोस् । सो कार्यक्रम अन्तरगत मध्यनेपाल नगरपालिकास्तरी भेला एवम् अन्तरसम्बाद कार्यक्रम पुस ११ गते गरिएको हो । यो सँगै अधिकांश पालिकाका सो अभियान सकिएको छ ।
सो भेला नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि अब्दुल सतारको प्रमुख आतिथ्यतामा भएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले जिल्लास्तरमा भएका समस्याको समाधानमा केन्द्रले दिएको निर्देशन अनुरुप काम गरिरहेको बताउनु भयो । उहाँले जिल्लामा भएका समस्या समाधान गर्दै आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनको लागि नेपाली काँग्रेसले शुरु गरेको अभियानमा लमजुङमा रहेर आफूले नेता कार्यकर्तावीच रहेको दूरीलाई कम गर्दै हरेक साँगठनिक सुदृढीकरणमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
मध्यनेपालस्तरीय हिजोको कार्यक्रम पालिकाहरूमा आयोजना गरिएको सम्बाद कार्यक्रमकै शिलशिलामा आयोजना गरिएको नेपाली काँग्रेस लमजुङले जनाएको छ ।
सो अवसरमा गाउँमा संगठन विस्तारमा सिर्जिएका चुनौती तथा समस्या तथा गतिविधिका बारेमा समीक्षा गर्नुका साथै पार्टीको भावि रणनीतिका बारेमा सहभागीहरूका वीच छलफल भएको बताइएको छ । समीक्षा क्रममा नेपाली काँग्रेसबाट जितेर गएका वडा अध्यक्ष, पालिका प्रमुख र प्रदेश सांसद लगायतले गरेका क्रियाकलापहरूको समीक्षा समेत गरिएको थियो । पार्टीबाट जितेर गएका प्रतिनिधिहरूले पार्टीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने कार्यकर्ताहरूको जोड थियो ।
सय दिने अभियानको उक्त कार्यक्रममा काँग्रेसका जिल्ला सभापति एवम् गण्डकीका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, पूर्व सभापति एवम् गण्डकीका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरिप्रसाद बराल, पूर्वजिल्ला सभापतिहरू, सो दलका नेताद्वय गर्जबहादुर गुरुङ, गमप्रसाद गुरुङ, महासमिति सदस्यहरू, जिल्ला समितिका पदाधिकारीहरू, क्षेत्रीय सभापतिहरूका साथमा भातृ तथा शुभेच्छुक संघ संगठनका प्रमुखहरू लगायतको सहभागिता थियो ।
सबैजसो पालिकामा भएका कार्यक्रममा नेपाली काँग्रेसका जिल्लास्तरका सबै नेताहरू पुगेका छन् । उनीहरूले जिल्लाका सबै भागमा भएका समस्या र कमीकमजोरीहरूको बारेमा जानकारी लिंदै आगामी कार्यदिशा तय गर्ने बताएका छन् ।
नेपाली काँग्रेसले पालिकाहरूमा पालिका र वडास्तरमा भएका विषयमा समन्वय गर्न सबै पालिकाहरूमा संयोजक समेत तोकेको जनाएको छ ।
काँग्रेसको असोज ७ गतेदेखि शुरु भएको सय दिने अभियान अन्तर्गत लमजुङ जिल्लाका पालिकाहरूमा सांगठनिक विस्तारका लागि समिक्षा एवम अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ । यसअघि सुन्दरबजार, राइनास, दोर्दी, मर्स्याङ्दी, क्ब्होंलासोथार पालिकामा सयदिने अभियानको कार्यक्रम सम्पन्न भइसकेको नेपाली काँग्रेस लमजुङले जनाएको छ ।
कुनै दिन ‘लमजुङ जिल्ला नेपाली काँग्रेसको किल्लाका’ रुपमा चिनिने गरेको लमजुङ पछिल्ला दशकमा त्यो किल्ला भत्किएको छ । जसका कारण संंघीय निर्वाचनमा पार्टी जितबाट विमुख हुँदै आएको स्थिति छ । त्यतिमात्र हैन प्रजातन्त्रको पुनःस्थपना लगत्तै भएको स्थानीय निर्वाचन २०४९ मा एकलौटी जिल्ल विकास समिति गठन गर्न सफल रहेको काँग्रेस, पछिल्ला वर्षमा सो समितिमा एक जना प्रतिनिधिसम्म पठाउन पनि काँग्रेसलाई रहर हुँदै आएको छ । जो सबै कार्यकर्ता र शुभचिन्तकका कारण नभई नेताहरूकै ममत्त प्रवत्ती, हैकमवादी चरित्र, गुटबन्दी, कार्यकर्तालाई काख र पाखाको व्यवहार, कुशासन, न्यायप्रति उदासिन हुँदै प्रजातान्त्रिक मूल्य र मान्यता तथा मर्मप्रति प्रहार जस्ता काँग्रेसी चारित्रिक गुण बन्नु हो भन्ने आम बुझाइ छ ।

प्रकाशित मिति २०८१ पुष १२, शुक्रबार ०५:५४ गते
हजुरको प्रतिक्रिया