जिल्लामै सर्वाधिक राशि पुरस्कार भएको ३२ औं त्रिवेणी कप फुटबल शुरु

जिल्लामै सर्वाधिक राशि पुरस्कार भएको ३२ औं त्रिवेणी कप फुटबल शुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १३ गते शनिवार ०६:२१

उदघाटन पछिको पहिलो खेल नेपाल आर्मी र घरेलु लाङ्दीदेवी युवा क्लबका बीचमा भएको थियो । खेलको पहिलो हाफमा कुनै पक्षबाट पनि गोल हुन सकेन भने आर्मी टिमले तीन र घरेलु टिम लाङ्दीदेवीले एक पहेलो कार्ड पाएका थिए ।

यो वर्षदेखि गण्डकी प्रदेश सरकारले प्रतियोगिताका लागि १० लाख रुपैयाँ विनियोजन गर्ने भएको छ ।

बेसीशहर– लमजुङमै सर्वाधिक पुरस्कार राशी भएको ३२ औं त्रिवेणी कप फुटलब प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलले सो प्रतियोगिताको उद्घाटन पुस १२ गते गर्नु भएको हो ।
मन्त्री पौडेलले खेलकुदको माध्यमबाट मुलुक समृद्ध बनाउन सकिने बताउनु भयो । उहाँले त्रिवेणी रङ्गशालाको रुपमा स्तरोन्नति गर्ने लगायतका काम बाँकी रहेको उल्लेख गर्नु भयो । आयोजक त्रिवेणी युवा क्लबको संस्थापक कोषाध्यक्ष तथा पूर्वअध्यक्ष समेत रहनु भएका मन्त्री पौडेलले आफ्नो सामाजिक जीवन यसै क्लबबाट सुरु भएको स्मरण गर्नु भयो ।

उहाँले उनले सुरुका वर्षका खेलका गह्रामा आली, कान्ला भत्काएर, कुखुराको भाले पहिलो पुरस्कार राखेर थालिएको यो खेल आज यो स्तरमा आउनु गर्वको कुरा हो तर जे जति गर्न सक्नु पथ्र्यो गर्न सकिएको छैन तर पनि यो वर्षदेखि गण्डकी प्रदेश सरकारले प्रतियोगिताका लागि १० लाख रुपैयाँ विनियोजन गर्ने, खेलमैदानको स्तरोन्नतिका लागि बजेट छ्ट्याउने काम गरेको जानकारी दिए । यस्तै खेल मैदानबाट भए पनि राष्ट्रियस्तरका खेलाडी लमजुङले उत्पादन गर्नु उपलब्धीपूर्ण रहेको मन्त्री पौडेलको भनाइ छ । उनले सावित्री भण्डारी ‘साम्बा’ले आफ्नो व्यक्तिगत नाम मात्र नभई लमजुङ र देशकै गौरव बढाएको उल्लेख स्मरण गर्नु भयो ।
अर्को एक प्रसङ्गमा मन्त्री पौडेलले जिल्लाको समग्र विकासका लागि आफूले सक्दो भूमिका खेल्ने प्रयास गरिरहेको समेत बताउनु भएको थियो ।
सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य टीकाकुमारी बस्याल सहित विभिन्न व्यक्तिले प्रतियोगिताको सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको सो उदघाटन कार्यक्रममा उहाँले प्रतियोगिताको ३२ औं वर्षमा आउँदो पनि आयोजक क्लबको प्रतियोगितामा भाग लिने यौटा पनि टिम नहुँदा खल्लो अनुभूति भएको बताउनु भयो । उहाँले आउँदो वर्षको प्रतियोगितामा समयमै प्रशिक्षण सञ्चालन गरी कम्तिमा यौटा प्रतियोगी टिम तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो खेल मैदानको निमार्णको समेत धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नु भएको थियो ।
राष्ट्रिय लिगको शीर्ष स्थानमा रहेका ए र बी डिभिजन क्लवहरूको समेत सहभागिता रहेको प्रतियोगितामा उपबिजेताल टिमले छ लाख रुपैयाँ नगद, रजत पदक र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा सेमीफाइनल पुग्ने २ टीमले नगद २÷२ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, स्वर्णपदक र प्रमाणपत्र, सर्वाधिक गोलकर्तालाई २५ हजार, स्वर्णपदक र प्रमाणपत्र र अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र दिइने आयोजकको भनाइ छ । यसैगरी, क्वाटर फाइनलदेखि प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच प्रदान गरिने भएको छ ।
प्रतियोगितामा देशका प्रतिष्ठित १६ वटा टीमले भाग लिएका छन् ।
उदघाटन पछिको पहिलो खेल नेपाल (त्रिभुवन) आर्मी र घरेलु लाङ्दीदेवी युवा क्लबका बीचमा भएको थियो । खेलको पहिलो हाफमा कुनै पक्षबाट पनि गोल हुन सकेन भने आर्मी टिमले तीन र घरेलु टिम लाङ्दीदेवीले एक पहेलो कार्ड पाएका थिए ।
गत वर्ष पनि पहिलो खेल यिनै दुई टिमका बीच भएको थियो । गत वर्ष नेपाल आर्मीले हारेको थियो । यो बर्ष निकै दबाबमा राखे पनि घरेलु टिमले दुई कर्नर किकको समेत सहजै सामना गरेको थियो ।
दोस्रो हाफमा २– ० गोलले नेपाल आर्मी अघि बढेको छ । घरेलु लाङ्दीदेवी युवा क्लब गत वर्ष समिफाइनलमा पुगेर रोकिएको थियो ।
आयोजक क्लबका स्वागत उपाध्यक्ष टेक जङ गुरुङले र सञ्चालन सचिव प्रवीण वाग्लेले गरेका थिए ।
स्मरणीय छ, त्रिवेणी कपको ३२ औं संस्करणमा आईपुग्दा क्लबले यस बर्ष पुरस्कार राशीमा यस भारी बृद्धि गरेर पोखरामा आयोजना हुने आहारारा गोल्ड कपको बराबरी हुने गरी पहिलो पुरस्कार रकम १२ लाख नगद त्रिवेणी कप र मेडल तथा प्रमाणपत्र बनाएको छ ।

प्रकाशित मिति २०८१ पुष १३, शनिबार ०६:२१ गते
हजुरको प्रतिक्रिया