दोर्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६९८ लाभान्तिव

दोर्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६९८ लाभान्तिव

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १३ गते शनिवार ०८:३९

तीमध्ये १६६ जना पुरुष थिए । तीमध्ये १५६ जनाले भिडियो एक्सरे सेवा लिएका थिए भने १५२ जनाले ल्याव परीक्षण गराएका थिए ।

हिलेबजार स्थित फलेन मा.वि.मा सञ्चालन गरिएको शिविरमा ६९८ लाभान्तिव भएको अस्पतालका प्रमुख श्रेष्ठले बताउनु भएको छ ।

हिलेबेसी(लमजुङ)– लमजुङको दोर्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ६९८ लाभान्तिव भएका छन् । दोर्दी गाउँपालिका र ज्म्ऋक् नमुना सामुदायिक अस्पतालको संयुक्त आयोजनामा सो निःशुल्क स्वास्थ्य शिविर पुस १३ गते भएको हो ।
निःशुल्क स्वास्थ्य शिविरमा महिला रोग सम्बन्धी सेवा, दन्त परीक्षण सेवा, सुगर तथा रक्त समूह परीक्षण, भिडियो एक्सरे सेवा, फिजियोथेरपी सेवा, मानसिक स्वास्थ्य सम्बन्धी मनोबिमर्स, हाडजोर्नी तथा नसाको समस्या सम्बन्धी सेवा दिइएको थियो । यसैगरी, सो अवसरमा सुगर, प्रेसर, मुटु, थाईराईड, माइग्रेन, दमको समस्या सम्बन्धी सेवा, हाइड्रोशील, हर्नियाको समस्या सम्बन्धी सेवा, फोक्सो तथा कलेजोको समस्या सम्बन्धी सेवा सञ्चालन गरिएको ज्म्ऋक् नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दोर्दी गाउँपालिका– ८ को हिलेबजार स्थित फलेन मा.वि.मा सञ्चालन गरिएको हो । सो शिविरमा ६९८ लाभान्तिव भएको श्रेष्ठले बताउनु भएको छ ।
उहाँका अनुसार तीमध्ये १६६ जना पुरुष थिए । तीमध्ये १५६ जनाले भिडियो एक्सरे सेवा लिएका थिए भने १५२ जनाले ल्याव परीक्षण गराएका थिए । उहाँले भन्नुभयो, ‘महिला स्वास्थ्य परीक्षण गर्ने ७५ जना, दन्त परीक्षण गर्ने ९० जना र फिजिओ थेरापी सेवा लिने संख्या ४५ जना रहेको सो अस्पतालका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
सो शिविरमा स्थानीय सिदार्थ मिलन आमा समूह, हिले बजार यूवा क्लब, दोर्दी गा.पा.– ८ बन्सारको सहकार्य रहेको श्रेष्ठले बताउनु भयो ।
उक्त शिविरमा त्भबm ःबथब, क्त्भ्भ्च् ल्भउब िद्दण्द्दद्ध, ल्बतष्यलब िग्लष्खभचकष्तथ इा क्ष्लनबउयचभ को सहयोग रहेको श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ पुष १३, शनिबार २०:३९ गते
हजुरको प्रतिक्रिया