हाप्किडो खेलको राष्ट्रिय प्रतियोगितामा लमजुङलाई दुई पदक प्राप्त

हाप्किडो खेलको राष्ट्रिय प्रतियोगितामा लमजुङलाई दुई पदक प्राप्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १५ गते सोमबार १०:१७

अभिनाश बि.क.ले (१४–१७) बर्षसम्मको समुहमा (५९–५३) केजी तौल समुहमा कास्य र मीनबहादुर गुरुङले १८+ सिनियर समुहको (६५–६९) केजि तौल समुहमा रजत पदक हात पार्न सफल भएका हुन् ।

मीनबहादुर गुरुङले यस अघि भएको पहिलो प्रतियोगितामा पनि रजत पदक जित्न सफल भएका थिए ।

लमजुङ– हाप्किडो खेलको राष्ट्रिय प्रतियोगिता लमजुङलाई दुई पदक प्राप्त भएको छ । लमजुङबाट १२ जना खेलाडी सो प्रतियोतिगामा भाग लिन गण्डकी प्रदेशकोतर्फबाट नेपालगञ्जमा गएका थिए । तीमध्ये दुईले एक रजत र एक कास्य पदक प्राप्त गर्न सफल भएका हुन् ।
नेपाल हाप्किडो संघ केन्द्रको आयोजनामा भएको दोस्रो प्रोफेशनल राष्ट्रिय हाप्किडो प्रतियोगिता २०८१ लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्ज, रंगशालामा सम्पन्न भएको हो ।
लमजुङ जिल्लाबाट १२ जना खेलाडीहरू गण्डकी प्रदेशको प्रतिनिधित्व गदैैै प्रतियोतिगामा भाग लिन गएका थिए । ती खेलाडीहरू मध्ये दुई खेलाडी अभिनाश बि.क. र मीनबहादुर गुरुङ्ले प्रदेश र जिल्लालाई देशभर चिनाउँदै पदक दिलाउन सफल भएका हुन् । प्रतियोगिताको सेमिफाइनलमा लुम्बिनी प्रदेशको खेलाडीसँग हार बेहोरी अभिनाश बि.क.ले कास्य पदक दिलाउन सफल भएका हुन् ।
अभिनाश बि.क.ले (१४–१७) बर्षसम्मको समुहमा (५९–५३) केजी तौल समुहमा पहिलो चरणको खेलमा कर्णाली प्रदेशको खेलाडीलाई पराजित गरेका थिए । त्यस्तै दोस्रो चरणमा खेलमा मधेश प्रदेशको खेलाडीलाई पनि जित्न सफल भएका थिए ।
यसैगरी, मीनबहादुर गुरुङले १८+ सिनियर समुहको (६५–६९) केजि तौल समुहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेल कोशी प्रदेशको दोस्रो खेल कर्णाली प्रदेशलाई पछि पार्दै लुम्बिनीको खेलाडीसँग पछि परेर रजत पदक हात पार्न सफल भएका हुन् ।
मीनबहादुर गुरुङले यस अघि भएको पहिलो प्रतियोगितामा पनि रजत पदक ल्याउन सफल भएका थिए ।
सो प्रतियोगितामा ६० भन्दा बढी जिल्ला तथा ७ वटै प्रदेशका खेलाडीहरूले भाग लिएका थिए ।
लमजुङ जिल्लामा भित्रिएको छोटो समयमै हाप्किडो खेलमार्फत ऐतिहासिक पदक दिलाउन गरेको मिहेनत तथा अथक प्रयत्न गर्ने कोचर समीर गुरूङ र खेलाडीहरूलाई लमजुङ जिल्ला हाप्किडो संघको समितिकोतर्फबाट अध्यक्ष अमर अधिकारी र सचिव नारायण कसुमले हार्दिक बधाईका ज्ञानप गर्नु भएको छ ।
हाप्किडो संघका जिल्ला अध्यक्ष अमर अधिकारीले पदक ल्याउने खेलाडीलाई आफ्नोतर्फबाट पाँच पाँच हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता ती खेलाडीको विदाई कार्यक्रममा व्यक्त गर्नु भएको थियो । सो अनुसार एक कार्यक्रम राखेर उनीहरूलाई सम्मान गर्ने अधिकारीले बताउनु भएको छ ।

प्रकाशित मिति २०८१ पुष १५, सोमबार १०:१७ गते
हजुरको प्रतिक्रिया