३२ औ त्रिवेणी कपको क्वाटरफाइनल पहिलो दिन दुइ खेल सकिए, दुइ टिम सेमिफाइनलमा

३२ औ त्रिवेणी कपको क्वाटरफाइनल पहिलो दिन दुइ खेल सकिए, दुइ टिम सेमिफाइनलमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस १७ गते बुधबार ०९:१३


सुरूका वर्षमा खेतका आली र कान्ला भत्काउदै खेल मैदान बनाएर पहिलो पुरस्कार कुखुराको भाले राखेर सुरू गरिएको सो प्रतियोगिता ३२ औं श्रृङ्खलामा आँउदा पहिलो पुरस्कार राशि १२ लाख पुगेको छ ।

फाइनल खेल सहित समापन कार्यक्रम पुष २० गते गर्ने अयोजकको तयारी छ ।

बेशिसहर– लमजुङको जिल्ला सदरमुकाम बेशिसहरमा जारी ३२ औ त्रिवेणी कपको क्वाटरफाइनल सुरू भएको छ । पहिलो दिन दुइ खेल सम्पन्न भएका छन् । ति खेलबाट दुइ टिम सेमिफाइनलमा पुष १७ गते प्रवेश गरेका छन् ।
त्रिवेणी कप जिल्लाको सर्वाधिक पुरस्कार राशि भएको फुटबल प्रतियोगिता हो । जसको पहिलो पुरस्कार १२ लाख रूपैँया नगद, त्रिवेणी कप, मेडल र प्रमाण पत्र रहेको छ । उक्त प्रतियोगिताको क्वाटर फाइनलको पहिलो दिन आज दुइ खेल सम्पन्न भएका छन् । सो खेलमा विभागिय टोली एपिएफ र टोखा भगवती काठमाडौं सेमिफाइनालमा प्रवेश गरेका छन् ।
बेसीशहरको सहजीस्थित त्रिवेणी रगंशालामा जारी प्रतियोगिता अन्तर्गत विभागिय टिम एपिएफ फुटबल क्लव काठमाडौँ र मच्छिन्द्र फुटबल क्लव काठमाडौँ विच भएको पहिलो क्वाटर फाइनाल खेलमा ५–० को फाराकिलो गोल अन्तरले एपिएफले सेमिफाइनालको यात्रा तय गरेको आयोजक क्लबले बताएको छ ।
सो खेलमा एपिएफका प्रदिप लामा म्यान अफ दि म्याच घोषित भएका छन् ।
यसैगरी टोखा भगवती फुटबल क्लव काठमाडौँ र एन.आर.टि फुटबल क्लव काठमाडौँ विच आज भएको दोस्रो क्वाटरफाइनाल खेलमा ३–० गोल गर्दै टोखा भगवती सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलमा टोखा भगवतीका अमीत लामा म्यान अफ दी म्याच घोषित भएका आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । उहाँका अनुसार क्वाटरफाइनल देखी प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरी ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । उहाँले भन्नुभयो ‘क्वाटरफाइनलको थप दुइ खेल पुष १८ गते हुने तयारी छ’ ।
भोली पहिलो खेल आयोजक त्रिवेणी युवा क्लव र अभिषेक चर्च रजहर विच हुनेछ भने दोस्रो खेल त्रिभुवन आर्मी फुटबल क्लव काठमाडौँ र बुद्ध युथ क्लव भोटेवडार विच हुने भएको आयोजक क्लबका सचिव प्रविण वाग्लेले बताउनु भयो ।
जिल्ला सदरमुकाम स्थित त्रिवेणी युवा क्लवको आयोजनामा सञ्चालन हुँदै आएको सो प्रतियोगिताको यो वर्ष ३२ औं शृंखला हो । यसवर्ष पुरस्कार राशीमा चार लाख थप गरेर १२ लाख रुपैयाँ पु¥याइएको आयोजकको भनाइ छ । प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिने सो क्लबका सचिव प्रवीण वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष प्रथम पुरस्कार नगद ८ लाख रहेको थियो । त्यस्तै, दोस्रो हुने समूहलाई रजत पदकसहित नगद छ लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद दुई–दुई लाख प्रदान गरिने तयारी छ ।
गतवर्ष उपविजेतालाई ४ लाख तथा सेमिफाइनल प्रतियोगिताका उपविजेता दुई समूहलाई नगद एक–एक लाख पुरस्कार दिइएको थियो ।
सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २५– २५ हजार रुपैयाँ दिइने भएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभया ।
पुष १२ गते सुरू भएको उक्त प्रतियोगिताका आयोजक त्रिवेणी युवा क्लबका पूर्वअध्यक्ष समेत रहनु भएका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पैडेलले उद्घाटन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ पुष १७, बुधबार २१:१३ गते
हजुरको प्रतिक्रिया