३२ औं त्रिवेणी कपको फाइनल खेल (कुम्भ मेला) आज हुदैँ

३२ औं त्रिवेणी कपको फाइनल खेल (कुम्भ मेला) आज हुदैँ

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस २० गते शनिवार ०९:००

बेसीशहर– लमजुङकोे सदरमुकाम बेसीशहरमा जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको त्रिवेणी कप फुटबलको कुम्भ मेला आज पुष २० गते समापन हुदैँ छ । कुम्भमेलाको समापन अघि हुने फाइनल खेल बुद्ध युवा क्लब, भोटेवोडार लमजुङ र विभागीय टोली एपिएफ...

प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिनुभयो । त्यस्तै, दोस्रो हुने समूहलाई रजत पदकसहित नगद छ लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद दुई–दुई लाख प्रदान गरिने भएको छ ।

बेसीशहर– लमजुङकोे सदरमुकाम बेसीशहरमा जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको त्रिवेणी कप फुटबलको कुम्भ मेला आज पुष २० गते समापन हुदैँ छ । कुम्भमेलाको समापन अघि हुने फाइनल खेल बुद्ध युवा क्लब, भोटेवोडार लमजुङ र विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं विच हुने कार्यक्रम छ ।
लमजुङको जिल्ला सदरमुकाम बेशिसहरमा सञ्चालन भइरहेको ३२ औं त्रिवेणी कप फुटबल प्रतियोगिता हिजो दुई सेमिफाइनल खेल सम्पन्न भएका थिए ।
सो सेमिफाइनल खेलको पहिलो खेलमा एपिएफले आयोजक त्रिवेणी युवा क्लब, बेसीशहरलाई २–१ गेल अन्तरले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । खेलको २१औं मिनटमा हरि कार्कीको गोलबाट एपिएफ अघि बढेको थियो । खेलको दोस्रो हाफको ६७ औं मिनटमा सुनिल खड्काले आयोजक टिम त्रिवेणीका लागि गोल गरी बराबरी बनाउन सफल भए । त्यसपछि खेल प्रतिशपर्धात्मक र रोमाञ्चक बन्न गयो । त्यसैबेला अन्तिमतिर ८७औं मिनटमा प्रदिप लामाले एपिएफका लागि दोस्रो तथा निर्णायक गोल गर्दै आफ्नो टोलीलाई बिजयी बनाए । निर्णायक गोल गरेका एपिएफका प्रदिप लामा नै खेलको ‘म्यान अफ द म्याच’ समेत घोषित भएका थिए ।
उक्त सेमिफाइनल खेलको दोस्रो खेलमा बुद्ध युवा क्लब, भोटेवोडार (वी.वाइ.सी) लमजुङ र टोखा भगवती फुटबल क्लब काठमाडौंले निर्धारित समयको खेल अवधिमा गोलरहित बराबरी गरेका थिए भने बुद्ध युवा क्लब, भोटेवोडार (वी.वाइ.सी)ले पेनाल्टी सुट आउट मार्फत सडन डेथमा ५–४ गोल अन्तरका साथ टोखा भगवतीलाई हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । यस खेलमा बुद्ध युवा क्लबका गोलरक्षक कृषल मोक्तान ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । उनीहरूलाई जनही नगद सढे सात हजार रूपैँया प्रदान गरिएको थियो ।
प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिनुभयो । त्यस्तै, दोस्रो हुने समूहलाई रजत पदकसहित नगद छ लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद दुई–दुई लाख प्रदान गरिने भएको छ ।
प्रतियोगिताको फाइनाल खेल तथा समापन आज पुष २० गते हुने सो क्लबका सचिव प्रवीण वाग्लेले बताउनु भयो । उहाँका अनुसार सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद २५– २५ हजार रुपैयाँ दिइने भएको छ । क्वाटरफाइनल देखी प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरिएको छ ।।

प्रकाशित मिति २०८१ पुष २०, शनिबार ०९:०० गते
हजुरको प्रतिक्रिया