अर्बुदका शाखा ७७ जिल्लामा बिस्तार गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

अर्बुदका शाखा ७७ जिल्लामा बिस्तार गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

नवराज पहाडी

@antaranganews

२०८१ पुस २० गते शनिवार ०९:१४

केन्द्रीय समितिको समन्वयमा भारतमा क्यान्सरको उपचारमा जानेलाई तीन पटकसम्म हवाई भाडामा एकजना बिरामी कुरुवा समेतको लागि छुट सहुलियत दिने गरेको, यसमा शाखा समितिले बढी लाभ लिन सक्ने उहाँको कथन थियोे ।

अर्को अधिवेशन हुदा मुलुकका ७७ जिल्लामा शाखा बिस्तार गर्ने

बनेपा(काभ्रे)– नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले अर्बुद संस्थाका शाखा ७७ जिल्लामा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले संस्थाको यहाँ आयोजना गरिएको दुई दिने केन्द्रीय सभाको समापन कार्यक्रममा पुस २० गते त्यस्तो बताउनु भएको हो ।
अध्यक्षको प्रतिबद्धता एवम् समापन मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भविष्य चुनौतिपूर्ण छ, अबको अर्को अधिवेशन हुदा मुलुकका ७७ जिल्लामा शाखा बिस्तार गर्ने, केन्द्रको अधुरो भवनको निर्माण कार्य सम्पन्न गर्ने, अर्बुदका कार्यक्रम जिल्ला केन्द्रित हुने, सबै शाखामा स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । त्यस्तै, संस्थाका नाउमा रहेको चार आना जग्गा २० वर्षदेखि अलपत्र छ, त्यसमा हस्पिस बनाउनु छ, त्यो जग्गामा दुई पटक अदालतको सामना गर्नु पर्याे, अब त्यसलाई व्यवस्थित गरिनेछ, त्यसको डिपिआर तयार भइसकेको छ भन्ने उहाँले जानकारी दिनु भयो । अबका दिनमा भक्तपुर क्यान्सर अस्पताल थप व्यवस्थित हुने र हामीले लाभ लिन सक्ने हुनेछ उहाँले उल्लेख गर्नुभयो ।
शाखाले समेत क्यान्सरका रोगीको रिफर गर्न सक्ने गरि शाखामा रिफर सेन्टर स्थापनाको वातावरण बनाउन केन्द्रीय समिति लाग्नेछ उहाँले जानकारी दिनुभयो । आजका दिनसम्म संस्थाको केन्द्रीय समितिको समन्वयमा भारतमा क्यान्सरको उपचारमा जानेलाई तीन पटकसम्म हवाई भाडामा एकजना बिरामी कुरुवा समेतको लागि छुट सहुलियत दिने गरेको, यसमा शाखा समितिले बढी लाभ लिन सक्ने उहाँको कथन थियोे । उहाँले आउदो अधिवेशन मा सबै शाखाले गर्व गर्ने लायकको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा निवर्तमान अध्यक्ष ईश्वर श्रेष्ठले नवनिर्वाचित अध्यक्षले आफ्नो प्रतिवद्धता अनुसार काम गर्ने विश्वास व्यक्त गर्दै एक वर्ष भित्रै केन्द्रीय भवन सक्नुपर्नेमा जोड दिनु भयो । उहाँले विगतका त्रुटी नदाहोरिने गरि काम गर्ने उल्लेख गर्नुभयो ।
उक्त अवसरमा आतिथ्य शाखाद्वारा सो सभामा सहभागी केन्द्रीय पदाधिकारी, प्रदेश संयोजक तथा शाखा सभापतिहरूलाई मायाको चिनो वितरण गरिएको थियोे ।
संस्थाका नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विमल कोइरालाले धन्यवाद ज्ञापन गर्नु भएको थियोे भने सञ्चालन निवर्तमान महासचिव दिपेन्द्र वान्तवाले गर्नु भएको थियोे ।

प्रकाशित मिति २०८१ पुष २०, शनिबार २१:१४ गते
हजुरको प्रतिक्रिया