प्रथम मध्यनेपाल महोत्सवको तयारी पुरा, सोही नगरपालिकाका मेयर पाण्डेद्वारा भोलि २४ गते उदघाटन गर्ने

प्रथम मध्यनेपाल महोत्सवको तयारी पुरा, सोही नगरपालिकाका मेयर पाण्डेद्वारा भोलि २४ गते उदघाटन गर्ने

नवराज पहाडी

@antaranganews

२०८१ पुस २३ गते मङ्गलबार ०८:३१

दुईपिप्ले(लमजुङ)– लमजुङमा मध्यनेपाल नगरपालिका– ४ को रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको प्रथम मध्यनेपाल महोत्सवको तयारी पुरा भएको छ । उक्त महोत्सवको भोलि पुस २४ गते सोही नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले उदघाटन गर्ने कार्यक्रम...

उत्कृष्ठ झाँकीलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिने आयोजक समितिको तयारी छ ।

दुईपिप्ले(लमजुङ)– लमजुङमा मध्यनेपाल नगरपालिका– ४ को रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको प्रथम मध्यनेपाल महोत्सवको तयारी पुरा भएको छ । उक्त महोत्सवको भोलि पुस २४ गते सोही नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले उदघाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सवको संरक्षक मध्यनेपाल नगरपालिका रहेको छ । उक्त महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
दश दिने सो महोत्सवको आयोजक लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतिपसल इकाई समितिले संयोजन गरिरहेको छ । उक्त महोत्सव पालिका भरको भएको र तयारी पुरा भएको महोत्सव आयोजक मूल समितिका संयोजक एवम् आयोजक इकाईका अध्यक्ष रमेशचन्द्र भट्टरार्ईले बताउनु भयो । उहाँका अनुसार महोत्सव यही पुस २४ गतेदेखि माघ ४ गतेसम्म रम्घा दुईपिप्ले बजारमा सञ्चालन हुने भएको हो । उहाँले भन्नुभयो, ‘सो महोत्सवको संरक्षक मध्यनेपाल नगरपालिका रहेको छ ।’ विहान १०ः३० बजे लमजुङ प्रवेश नाका रिस्ती दोभान, भानु– घाँसी सम्वादपार्कबाट बाजागाजासहित झाँकीर्याली सुरु गरी दुईपिप्ले बजार परिक्रमा गरी दिउँसो २ बजे कार्यक्रम स्थलमा पुगेर उदघाटन समारोहमा परिणात हुने कार्यक्रम रहेको आयोजक समितिका संयोजक रमेशचन्द्र भट्टरार्ईले जानकारी दिनु भएको छ । उहाँका अनुसार उत्कृष्ठ झाँकीलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिने आयोजक समितिको तयारी छ ।
‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । १० दिने सो महोत्सवमा सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलोको देश विदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लागयत पालिकाको डडुवा स्थित गुरुङ तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सव आयोजक मूल समितिका सचिव एवम् महत्सवका प्रवक्ता सो नगरपालिका– ५ का वडाध्यक्ष ओमबीर गुरुङले बताउनु भएको छ । उहाँका अनुसार महोत्सव अवधिमा एक करोडको कारोबार हुने, महात्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, ‘स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्न यस महोत्सव आयोजना गर्न लागिएको हो ।’
यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई महोत्सबमा प्राथमिकता दिने मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद भट्टराईले बताउनु भयो । उहाँका अनुसार जिल्लामा आयोजना गरिने अन्य महोत्सवहरू पछिल्ला वर्षमा ठेकेदारलाई जिम्मा दिएर आयोजक र स्थानीय कला सँस्कृति, उद्योग व्यापार प्रबर्धन जस्ता कार्य ओझेलमा पार्ने प्रयासका विरुद्ध आफूहरू रहेकाछौं । उहाँले भन्नुभयो, ‘महोत्सव सफल बनाउनका लागि १५१ नजाको मूल आयोजक समिति गठन गर्नुका साथै ११ जनाको सल्लाहकार समिति तथा १६ वटा विभिन्न उपसमिति गठन गरी तिनलाई आआफ्नो जिम्मेवारी अनुसारको काम पुरा भएको छ ।’
मध्यनेपाल नगरपालिका– ४ को रम्घा दुईपिप्ले महोत्सव स्थल भए पनि महोत्सवमा सम्पूर्ण पालिकाभरको प्रतिनिधित्व र अपनत्व हुने गरी तयारी गरिएको प्रचारप्रसार समितिका संयोजक कविराम श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवका लागि कुल ९० वटा निर्माण गरिएको र सबै स्टल बुक भइसकेको स्टल तथा स्टेज निर्माण समितिका संयोजक चन्द्रबहादुर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार स्थानीय उद्यमी, कृषि र पशुपालनका उत्पादन तथा विद्यालयका लागि १० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ ।
उक्त महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको महोत्सवका प्रवक्ता तथा सो नगरपालिका– ५ का अध्यक्ष ओमबीर गुरुङले बताउनु भएको छ । उहाँका अनुसार महोत्सव अवधिमा एक करोडको कारोबार हुने आंकलन गरिएको छ । उहाँले भन्नुभयो ‘मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ ।’
महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु– घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन गराउने कार्यक्रम रहेको स्थानीय कला संस्कृति उपसमितिका संयोजक राजेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रतियोगिता सञ्चालन गरिने छ । उहाँले भन्नुभयो, ‘साथमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको महोत्सवमा प्रस्तुतिका लागि तयारी गरिएको छ ।’
सो अवसरमा हरेक दिन राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनुका साथै १० वटै वडामा रहेका आमा समूहको नाच, जातीय नाच, माविस्तरीय नृत्य प्रतियोगिता हुने कार्यक्रम रहेको छ । त्यस्तै लमजुङको पहिचान र गौरवको रुपमा रहेको ठाडोभाकाको प्रस्तुति गर्ने कार्यक्रम पुस २९ गतेका लागि तय भएको छ । त्यसका लागि ठाडोभाका लोककला प्रतिष्ठान नेपालसँग समन्वय गरिएको समेत आयोजक समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभएको छ ।
यो पहिलो महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गरी आगामी वर्षमा गरिने दोस्रो, तेस्रो महोत्सवका आधारस्तम्भ निर्माण गर्न समेत आफूहरू लागेको सल्लाहकार समितिका संयोजक रामबहादुर श्रेष्ठको भनाइ छ । उहाँका अनुसार हाम्रो यो अभियानमा साथ सहयोग दिन सबै पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत सबैसँग अनुरोध गरेका छौं ।
लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको पहिलो महोत्सवले धेरै उपलब्धि दिने अपेक्षा गरिएको आयोजक समितिका अध्यक्ष भट्टराईले बताउनु भएको छ ।
लमजुङ जिल्लामा मस्र्याङदी गाउँपालिकापछि पालिकास्तरीय महोत्सवको आयोजना गर्ने मध्यनेपाल नगरपालिका जिल्लाको दोस्रो पालिका हो ।

प्रकाशित मिति २०८१ पुष २३, मंगलवार २०:३१ गते
हजुरको प्रतिक्रिया