सुन्दरबजार महोत्सवको तयारी तिब्र, दोहोरी गीतको पहिलो पुरस्कार एक लाख

सुन्दरबजार महोत्सवको तयारी तिब्र, दोहोरी गीतको पहिलो पुरस्कार एक लाख

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ५ गते शनिवार ०८:५५

महोत्सब अवलोकनको लागि सर्वसाधारणलाई १०० र बिद्यार्थीको लागि ८० रुपैया टिकट दर कायम गरिएको आयोजकले जानकारी दिए ।

महोत्सव अबधिभर ६० हजार दर्शक भित्रने र २ करोड कारोबारको अपेक्षा गरिएको छ ।

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारमा दशौं सुन्दरबजार महोत्सवको तयारी तिब्रताका साथ अघि बढाइएको छ । सो महोत्सवमा आयोजित ‘राष्ट्रिय खुला लोक दोहोरी गीत प्रतियोगिता’को पहिलो पुरस्कार एक लाख रुपैयाँ राखिएको आयोजकको भनाइ छ ।
यही माघ ११ गते देखि माघ २१ गतेसम्म सञ्चालन महोत्सबको ५० प्रतिशत तयारी पुरा भएको आयोजक लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजार ईकाइले जानकारी दिएको छ । महोत्सवको लागि स्टल बुकिङ कार्य धमाधम भैरहेको मुल आयोजक समितिका संयोजक एवं ईकाइका अध्यक्ष आनन्दराज श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार ‘राष्ट्रिय खुला लोक दोहोरी गीत प्रतियोगिता’ हुने र त्यसको पहिलो पुरस्कार एक लाख रुपैयाँ राखिएको छ । सुन्दरबजार महोत्सवको उद्गम बिन्दु नै दोहोरी गीत प्रतियोगिता हो । त्यसैले दशौं सुन्दरबजार महोत्सवमा आउँदा पुरस्कार राशीमा पनि बृद्धी गरी प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः ५० हजार, २५ हजार, १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने तय भएको कोषाध्यक्ष सुरेन्द्र घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट गायक– गायिकालाई ५÷५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिनेछ । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा दुई महिला र दुई पुरुष गरी चार–चार जनाको समूह रहने बताउँदै समूह दर्ताका लागि १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।’
प्रतियोगिता सम्पन्न गर्नको लागि ईकाइले छुट्टै दोहोरी गीत प्रतियोगिता कार्यक्रम उपसमिति गठन गरेर काम गरिरहेको ईकाइका कोषाध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सो अवसरमा जनवादी गायक जीवन शर्मा लगायत चार दर्जन बढी कलाकारहरूको दमदार प्रस्तुति रहने कार्यक्रम तय भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
महोत्सव अबधिभर ६० हजार दर्शक भित्रने र २ करोड कारोबारको अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
त्यस्तै स्थानीय रैथाने बाली प्रदर्शनी तथा खरिद बिक्रीलाई पनि महोत्सबमा समेटिने भएको छ । महोत्सबको उद्घाटनको दिनमा महोत्सव स्थलमा प्याराग्लाईडिङबाट पुष्प बृष्टि समेत गरिने कोषाध्यक्ष घिमिरको भनाइ छ । उहाँका अनुसार महोत्सबमा स्थानीय प्रतिभाको खोजी, राष्ट्रियस्तरका कलाकारवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, शैक्षिक गतिविधिहरुको प्रस्तुती, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, school show time, शैक्षिक सामग्री प्रदर्शनी, साहित्यिक कार्यक्रम, मा.वि.स्तरीय वक्तृत्वकला प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक झलकहरू पनि समाबेश गरिएको छ ।
सो अवसरमा कृषि प्रदर्शनी, खाना महोत्सव, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, गार्मेन्ट र कर्पोरेट लगायतका २ सय हाराहारी स्टल रहने श्रेष्ठले जानकरी दिए । सो महोत्सवको नारा ‘स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको आधार सांस्कृतिक एकता सहितको समुद्ध सुन्दरबजार’ तय गरिएको छ ।
महोत्सवको मुख्य प्रायोजक सिजि मोटर्स र पानस यातायात सेवा रहेका छन भने राष्ट्रिय बाणिज्य बैङ्क र गोरखा ब्रुअरी टुबोर्ग बियर सहप्रायोजक रहेका छन् । महोत्सवको संरक्षकमा लमजुङ उद्योग बाणिज्य संघ र मुख्य सहयोगी संस्था सुन्दरबजार नगरपालिका रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
महोत्सवको मुख्य प्रायोजक सिजि मोटर्स र पानस यातायात सेवा रहेका छन भने राष्ट्रिय बाणिज्य बैङ्क र गोरखा ब्रुअरी टुबोर्ग बियर सहप्रायोजक रहेका छन् । महोत्सवको संरक्षकमा लमजुङ उद्योग बाणिज्य संघ र मुख्य सहयोगी संस्था सुन्दरबजार नगरपालिका रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ । समितिका अनुसार सो अवसरमा गरिने कविता प्रतियोगिता हिजो ५ गते सम्पन्न भइसकेको छ ।
महोत्सब अवलोकनको लागि सर्वसाधारणलाई १०० र बिद्यार्थीको लागि ८० रुपैया टिकट दर कायम गरिएको आयोजकले जानकारी दिए ।
समग्र सुन्दरबजारसंगै लमजुङको प्रबद्र्धनको लागि सुन्दरबजारमा २०६० सालदेखि महोत्सवको आयोजना हँुदै आएको छ ।

प्रकाशित मिति २०८१ माघ ५, शनिबार २०:५५ गते
हजुरको प्रतिक्रिया