काँग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने फैसला पुनरावलोकन हुने, फेरि निलम्बनमा पर्ने सम्भावना बढयो

काँग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने फैसला पुनरावलोकन हुने, फेरि निलम्बनमा पर्ने सम्भावना बढयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ११ गते शुक्रबार ०६:४४

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रका आधारमा संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई पदबाट ०७९ पुस १२ मा निलम्बन गरेको थियो ।

गुरुङविरुद्ध २१ माघ २०७५ मा नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । मुद्दा अदालतमा विचाराधीन रहेका बेला गुरुङले ०७९ मंसिरको प्रतिनिधिसभा चुनावमा काँग्रेसबाट टिकट पाएर निर्वाचन लडी जितेका थिए ।

काठमाडौं– भ्रष्टाचार मुद्दामा दोषी ठहर भई यसअघि निलम्बनमा परेका नेपाली कांग्रेसका सांसद टेकबहादुर काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले पुनरवलोकन गर्ने भएको छ । सो मुद्दामा ‘निस्सा दिने’ आदेश जारी भएसँगै माघ १० गते त्यस्तो खुलासा भएको हो ।
पूर्ण इजलासको आदेशसँगै गुरुङको यसअघिको निलम्बनका लागि अदालतका लागि अर्को आदेश दिने बाटो खुलेको हो । संसद्का तर्फबाट गरेको पुनरवलोकन निवेदनमा न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले ‘निस्सा दिने’ आदेश गरेको हो ।
अब गुरुङविरुद्धको पुरानो फैसलामाथि सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुनेछ र पूर्ण इजलासले यसअघिको संयुक्त इजलासले गरेको फैसलाको न्यायिक परीक्षणमार्फत् सदर वा बदर गर्नेछ । यसअघिको आदेश बदर भए गुरुङ पुनः निलम्बनमा पर्नेछन् ।
तीन सदस्यिय न्यायधीशको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासले गरेको फैसलाको न्यायिक परीक्षण गर्नेछ । न्यायाधीशहरू सपनाप्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले फैसला पुनरावलोकन हुनुपर्ने माग सहितको निवेदनलाई ‘निस्सा दिने’ आदेश गरेको हो ।
गुरुङविरुद्ध २१ माघ २०७५ मा नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । मुद्दा अदालतमा विचाराधीन रहेका बेला गुरुङले ०७९ मंसिरको प्रतिनिधिसभा चुनावमा काँग्रेसबाट टिकट पाएर निर्वाचन लडी जितेका थिए । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रका आधारमा संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई पदबाट ०७९ पुस १२ मा निलम्बन गरेको थियो ।
अख्तियारले अदालतमा विचाराधीन मुद्दा अन्तिम किनारा नलागेसम्म स्वतः स्वत निलम्बनमा हुनुपर्ने बतायो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २६ मा कुनै राष्ट्र सेवकविरुद्ध मुद्दा परेमा किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।
संविधानको धारा २० (५) मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसूरदार मानिने छैन भनिएको छ भने धारा ८७ मा संसदको योग्यतासम्बन्धी व्यवस्था छ ।
यस्तै २४६ (३) मा ‘उम्मेदवारी दर्ता भइसकेको, तर निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा उम्मेदवारको योग्यताबारे प्रश्न उठेमा निर्वाचन आयोगले निर्णय गर्नेछ’ भनिएको छ ।
सर्वोच्च अदालतको संयुक्त इजलासले गुरुङलाई निलम्बनमा राख्ने निर्णय कानुन सम्मत नभएको फैसला सुनाएको थियो । गुरुङ विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा मतियार ठहर भएका थिए ।
गुरुङविरुद्ध उम्मेदवार हुँदा नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेको भनेर उजुरी गर्दा निर्वाचन अधिकृतको कार्यालयले भ्रष्टाचार मुद्दा विचाराधीन रहेको कारण अयोग्य नहुने निर्णय गरेको थियो ।
निर्वाचन आयोगले उम्मेदवारी सदर गरेर निर्वाचित भइसकेको अवस्थामा अख्तियारले लेखेको पत्र र त्यसका आधारमा संघीय संसद् सचिवालयले गरेको निर्णय त्रुटिपूर्ण भएको अदालतको ठहर छ ।

प्रकाशित मिति २०८१ माघ ११, शुक्रबार ०६:४४ गते
हजुरको प्रतिक्रिया