१०औं सुन्दरबजार महोत्सवको पहिलो दिन उद्घाटन अघि झाँकी सहितको र्यालीद्वारा बजार परिक्रमा : फोटो फिचर

१०औं सुन्दरबजार महोत्सवको पहिलो दिन उद्घाटन अघि झाँकी सहितको र्यालीद्वारा बजार परिक्रमा : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ ११ गते शुक्रबार ०६:१३

विभिन्न समाजले आआफ्नो संस्कृति झल्काउने झाँकी सहित र्यालीद्वारा बजार परिक्रमा गरिएको थियो ।

र्यालीमा जस्तो उत्साह व्यवस्थापन पक्षमा भने देखिएन भने आँगनका सांसदलाई पनि आयोजक बिर्सिएको प्रतीत भयो ।

सुन्दरबजार(लमजुङ)– यहाँ आजदेखि सुरु हुने १० दिने सुन्दरबजार महोत्सवको उदघाटन अघि बाजागाजा सहितको झाँकी र्यालीले सुन्दरबजार परिक्रमा गरि कार्यक्रम स्थल लमजुङ क्याम्पसको खेल मैदानमा पुगेको छ । क्याम्पस गेटबाट सुरु भएको र्यालीले तल्लो बजार, सैनिक टोल, मिलनचोक, फिल्म लाइन हुँदै क्याम्पस हातमा प्रवेश गरेको हो ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङबाट महोत्सवको उद्घाटन गर्ने तयारी छ । उद्घाटनसत्रमा प्याराग्लाइडिङबाट पुष्प बृष्टि गर्ने लगायतका कार्यक्रम छन् ।
र्यालीमा जस्तो उत्साह व्यवस्थापन पक्षमा भने देखिएन :
उदघाटन अघि बाजागाजा सहितको झाँकी र्यालीमा जस्तो उत्साद देखिएको थियो । महोत्सवको व्यवस्थापन भने त्यस्तो चुस्त देखिन सकेन । आयोजकले महात्सव स्थलमा एउटा गेटमा व्यानरसम्म पनि टागेको देखिएन एकातिर भने अर्को तिर मञ्चमा पनि उस्तो सजावट देखिन सकेन । स्टलहरूमा सजिइ सक्नु पर्ने सामग्रीहरू पनि पोकाहरू असरल्ल जस्तै देखिन्थ्यो । यसबाट आयोजकमा अनुभवको कमी रहेको अग्रजहरूले सिकाउन नखोजेको वा सल्लाह लिएर सिक्न नचाहेको भन्ने प्रष्टै देखिन्थ्यो ।
आँगनका सांसदलाई पनि आयोजक बिर्सिए :
सुन्दरबजारमा सञ्चालन भइरहेको १० औं सुन्दबजार महोत्सवका अवसरमा आफ्नो आँगनमा रहनु भएका सांसदलाई पनि आयोजकले बिर्सिएको सुन्नमा आएको छ । संविधान सभाका निर्वाचित सांसद चन्द्रबहादुर कुँवर जसको जन्मथलोमात्र हैन हालको समेत समेत सुन्दरबजा्रमै छ, सायद मञ्चको माइकको आवाजसमेत सांसद कुँवरले आफ्नै आँगनमा पनि सुन्न सक्छु हुन्छ– लाई आयोजकले निमन्त्रणा गर्न बिर्सिएको प्रतीत भएको छ । उहाँलाई उदघोषकले आसनग्रहणका लागि समेत बोलाएको नसुनिएपछि त्यस्तो खुलासा भएको हो ।
यस घट्नाबाट सांसद कुँवर आफ्नो टोल, छिमेकमा हुने सामाजिक गतिविधि तथा कामहरूमा के कति चासो राख्ने र सहयोग गर्ने गर्नु हुन्छ भन्ने समेत खुल्न आएको स्रोतले बताएको छ ।
प्रस्तुत छ, झाँकी र्यालीसहित महोत्सव स्थलको फोटो फिचर :      

प्रकाशित मिति २०८१ माघ ११, शुक्रबार १८:१३ गते
हजुरको प्रतिक्रिया