लाली गुराँस बोर्डिङ स्कुलको नवौं वार्षिकोत्सवका विविध कार्यक्रमका साथ सम्पन्न

लाली गुराँस बोर्डिङ स्कुलको नवौं वार्षिकोत्सवका विविध कार्यक्रमका साथ सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १६ गते बुधबार ०८:३५

प्रिन्सिपल विष्णु घलेले शैक्षिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा ३५१ जना विद्यार्थी र २७ जना शिक्षकहरू कार्यरत रहेको जानकारी दिनु थियो ।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री पौडलद्वारा उदघाटन

फेदिकुना(लमजुङ)– सुन्दरबजार नगरपालिका– ९ को यहाँ स्थित लाली गुरास बोर्डिङ स्कुलको नवौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा माघ १५ गते सो कार्यक्रम गरिएको हो ।
प्रमुख अतिथि मन्त्री पौडेलले विद्यालयले गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै थप प्रगतिको कामना गर्नु भयो । उहाँले निजीक्षेत्रका शिक्षामा योगदानलाई बिर्सन सकिन्न र समायोजन गर्दै लग्नु पर्छ भननुभयो । सो अवसरमा उहाँले विभिन्न विधा तथा प्रतियोगितामा सर्वोत्कृष्ठ स्थान हासिल गर्ने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गर्नु भएको थियो । सम्मानित हुनेहरूमा अभिभावकतर्फबाट सुवास श्रेष्ठ, जगत मिश्र, संगीता थापा हुनुहुन्छ भने शिक्षकहरू जमुना आछमी र भगवती डौलियालाई सम्मान गरिएको थियो ।
यसैगरी, विद्यालयको आन्तरिक अतिरिक्त क्रियाकलापका विभिन्न विधामा पुरस्कृत हुने विद्यार्थीहरूलाई पुरस्कार बितरण कार्य पनि मन्त्री पौडेलबाट भएको थियो । सो अवसरमा नगरपालिकास्तरीय मावि विज्ञान प्रदर्शनमा पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।
प्रिन्सिपल विष्णु घलेले शैक्षिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा ३५१ जना विद्यार्थी र २७ जना शिक्षकहरू कार्यरत रहेको जानकारी दिनु थियो । सो अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगितामा अभिभावक वीच डोरी तान्ने प्रतियोगिता, विद्यार्थी वीच खेलकुद, नृत्य प्रतियोगिता सम्पन्न भएका थिए ।
वार्षिकोत्सवमा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङको विशेष आतिथ्यता थियो भने सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, सुन्दरबजार– ९ का वडाध्यक्ष मनराज गुरुङ, ८ का वडाध्यक्ष विजेन्द्र थापा, २ का अध्यक्ष नवीनकुमार श्रेष्ठ, वडानं– ६ दिनेश कोइरालाको आतिथ्यता थियो । अन्य अतिथिमा प्याव्सन लमजुङका पूर्वअध्यक्ष मेनबहादुर घले, नेपाली काङ्ग्रेसका नगर सचीव अमोल खनाल, नेकपा माओवादीका उपाध्यक्ष र्सिजना बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष श्याम केसी, राप्रपा नगर अध्यक्ष बिष्णु खड्का, सु्न्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उत्तम गुरुङ, रेडियो भोटेओदारका अध्यक्ष एवम् समाजसेवी हरिप्रसाद अधिकारी, भक्ति आदर्श क्याम्पस प्रमुख होमबहादुर कार्की हुनुहुन्थ्यो ।

यसैगरी, भविष्य निर्माण माविका प्रधानाध्यापक मायानाथ अधिकारी, सिर्जनात्मक साकोसका उपाध्यक्ष विष्णु श्रेष्ठ, इलाका प्रहरी कार्यालय प्रमुख चोनु गुरुङ, निवृत्त शिक्षक समाजका अध्यक्ष खुसीराम डौलिया, हातेमालो आमा समुहका अध्यक्ष मनु पन्त, आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष जीवन गुरुङ, सुन्दरबजार क्लबका राजकुमार केसीलगायतको आतिथ्यता रहेको थियो ।
सोही विद्यालयका संस्थापक एवम् व्यवस्थापन समितिका अध्यक्ष रामजी कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरूका विभिन्न नृत्य लोकदोहोरी, शिक्षकद्वारा नृत्यलगायत विभिन्न कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइएका थियो ।
सो अवसरमा स्वागत तिर्थ थापाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालक कजल श्रेष्ठ र धनमाया सुनारले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ माघ १६, बुधबार ०८:३५ गते
हजुरको प्रतिक्रिया