राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर– २ को अधिवेशन उत्साहजनक

राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर– २ को अधिवेशन उत्साहजनक

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ माघ १९ गते शनिवार १०:२०

सो अधिवेशनले वडानका तदर्थ समितिको अध्यक्ष आनन्द अधिकारी, दिलमाया खड्का र काजी थापालाई नगर समितिमा लग्ने सहमतिका साथ वडा समितिका निर्विरोध रुपमा चयन भएको निर्वाचन समितिका संयोजक हरि धितालले बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संगठन विभागका सदस्य धर्म के.सी.द्वारा अधिवेशन उदघाटन

भकुण्डे(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहर– २ को प्रथम वडा अधिवेशन उत्साहजनक रुपमा सम्पन्न भएको छ । शिव मन्दिर हातामा भएको सो अधिवेशनले सूर्यबहादुर पराजुलीको सभापतित्वमा नयाँ समिति माघ १९ गते गठन भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संगठन विभागका सदस्य धर्म के.सी. एवम् लमजुङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष भोला शर्मा समुपस्थितिमा सो अधिवेशन भएको हो । रास्वपाको लमजुङ जिल्लाका सभापति अशोक सापकोटा लगायत जिल्ला पदाधिकारीरू, बेसीशहर नगरका अध्यक्ष कृष्ण राउतसहितका समितिका पदाधिकारीहरूको समुपस्थितिमा गते सो अधिवेशन भव्य र सव्यतका साथ भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संगठन विभागका सदस्य धर्म के.सी.ले घण्टी बनाएर उदघाटन गर्नु भएको हो । उहाँले देशको समसामयिक राजनीतिक, सरकारी रबैया, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीइ गतिविधि तथा नीति र कार्यक्रमका बारेका प्रकाश पार्नु भएको थियो । सूर्यबहादुर पराजुलीले स्वागत मन्तव्यसहित आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
सो दलको उक्त वडको तदर्थ समितिका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा निर्वाचन समितिका संयोजक हरि धितालले आफ्नो मन्तव्यसहित निर्वाचन प्रक्रियाका बारेमा जानकारी दिनु भएको थियो ।
सो अधिवेशनले वडानका तदर्थ समितिको अध्यक्ष आनन्द अधिकारी, दिलमाया खड्का र काजी थापालाई नगर समितिमा लग्ने सहमतिका साथ वडा समितिका निर्विरोध रुपमा चयन भएको निर्वाचन समितिका संयोजक हरि धितालले बताउनु भयो । उहाँका अनुसार समितिको सभापति सूर्यबहादुर पराजुली, उपसभापति पुरनबहादुर धिताल, सचिव कृषला थापा, दलित महिला सदस्यमा शारदा विक, महिला सदस्यमा मैया विक, कौशिला धिताल, इन्द्र धिताल, जयराम धिताल, कृष्णबहादुर धिताल, रेशम थापा र सन्तबहादुर बोहरा चयन हुनुभएको छ ।
सो अधिवेशन अघि सोही वडाको चालिसे चोकबाट घण्टीको आवाजसहितको मौन जुलुस शिव मन्दिर परिसरमा पुगेर अधिवेशनमा परिणत भएको निर्वाचन समितिको संयोजक हरि धितालले जानकारी दिनु भयो । उहाँका अनुसार अधिवशेनमा एक सयजनाभन्दा बढीको सहभागिता थियो भने नसोचेका मानिसको समेत सहभागिता रहेको थियो ।

सो अधिजेशनको सञ्चालन रास्वपाका जिल्ला उपसभापति प्रकाश थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ माघ १९, शनिबार २२:२० गते
हजुरको प्रतिक्रिया