खत्रीठाँटी(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता धर्म केसीप्रति उहाँकी ममतामयी आमाको निधनको सातौं पुण्य तिथिका दिन आज समवेदना व्यक्त गरिएको छ । सो पार्टीको जिल्ला सल्लाहकार परिषद परिवार लगायतका टोलीकोतर्फबाट समवेदना पत्र सहित सुन्दरबजार नगरपालिका– ६ को यहाँ स्थित उहाँको निवासमा पुगेर सो टोलीले फागुन १ गते समवेदना व्यक्त गरेको हो ।
सो टोलीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सल्लाहकार परिषदका जिल्ला संयोजक नवराज पहाडी, परिषदका सदस्य श्रीभक्त न्यौपाने, बेसीशहर नगरपालिकाका उपसभाति हरिकृष्ण बुढाथोकी, सुन्दरबजार नगरपालिकाका उपसभापति दिपेन्द्र न्यौपाने, बेसीशहर नगरपालिका– ८ का वडा सभापति ध्रुव ढकाललगायतको टोली केसी निवास पुगेको थियो ।
सल्लाहकार परिषदका जिल्ला संयोजक पहाडीले रास्वपाका नेता एवम् पार्टीको केन्द्रीय संगठन विभागका सदस्य तथा पार्टीको लमजुङ जिल्लाका संस्थापक संयोजक धर्म केसीकी ममतामयी आमाको स्वर्गारोहण भएको आज सातौं पुण्य भएको हामीसबैलाई अवगत नै छ भन्नु भयो । उहाँले यस तिथिमा उहाँ, उहाँका पिताजी, दाजु भाउजुहरू, उहाँकी सहधर्मिणी प्रतीभासहितका शोकसन्तप्त परिवारजन सबैप्रति संकेत गर्दै ‘यो पीडामा तपाईहरू मात्र एक्लो हुनुहुन्न, तपाईहरूका साथमा राष्ट्रिय स्वतन्त्र पार्टीको सिंगो पार्टी पंक्ति छ ।’ भन्दै ढाडस दिनुभयो । ‘त्यस्तो सन्देश दिनका लागि पनि हामी यहाँ आएका हौं’ पहाडीले भन्नुभयो । उहाँले समवेदनापत्र पढेर सुनाउँदै धर्म केसीका पिता प्रेमबहादुरलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो समवेदनापत्र हस्तान्तरण गर्नु अघि स्वर्गीय आमा भगवतीको आत्माको चिरशान्तिको कामनाकासाथ श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
यसैगरी, धर्म केसीका दाजु रामकुमार केसी कार्यरत रहनु भएको लमजुङ क्याम्पस, सुन्दरबजारका तर्फबाट पनि आजै समवेदना पत्र हस्तान्तरण गरिएको थियो । सो क्याम्पसका सहायक प्रमुख अंकुर पौडेलले सो पत्र केसीका पिता प्रेमबहादुरलाई हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै, सोही क्रममा उक्त क्याम्पसको कर्मचारी संघका तर्फबाट संघका अध्यक्ष रामजी खड्काले पनि समवेदना पत्र वाचन गर्र्नु भई केसीका पिता प्रेमबहादुरलाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यस समयमा रामप्रसाद पण्डित (रामु)बाट गरुड पुराण बाचन गर्ने र शोकाकुल परिवारजनहरूसहित छिमेकीहरूबाट पुराण श्रवण कार्य चलिरहेको थियो ।
यसैबीच, रास्वपाको गण्डकी प्रदेश समिति तथा केन्द्रीय समिति लगायतको टोली नवौं पुण्य तिथिमा समवेदना व्यक्त गर्न आउने जानकारी प्राप्त भएको छ ।
स्मरणीय छ, रास्वपाको जिल्ला समितिको टोलीले पाँचौं पुण्य तिथिमा गएर समवेदना व्यक्त गरिसकेको छ । रास्वपाका जिल्ला अध्यक्ष अशोक सापकोटाको नेतृत्वको टोलीले सो कार्य गरेको हो । त्यस दिन जिल्ला सल्लाहकार परिषदका संयोजक पहाडी काठमाडौं हुनु भएको र पाँचौं पुण्य तिथिमा अनुकुल नहुने अन्य पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरू आज समवेदना व्यक्त गर्न गएका हुन् ।
प्रकाशित मिति २०८१ फाल्गुन १, बिहीबार २०:२८ गते