बेसीशहर– लमजुङ जेसीजले विभिन्न व्यपारिक क्षेत्रमा व्यवसाय गर्दै आएका व्यपारीहरूसंग छुट्टा छुट्टै सम्झौता गरेर सदस्यहरूको हितमा काम गरेको छ । आफ्नो १५ आंै स्थापना दिवसको अवसरमा जेसीजका सदस्यहरू र जेसीजमा आवद्ध व्यक्तिहरूका लागि विभिन्न कार्यक्रम गर्दा आवश्यक पर्ने सामानमा छुट सुविधा लागि फागुन १ गते सम्झौता गरिएको हो ।
व्यापारिक प्रवद्र्धनका लागि जेसीजले बेसीशहरस्थित विभिन्न क्षेत्रका व्यवसायहरूसंग सम्झौता गरेको जनाएको हो । एक कार्यक्रम बिच ६ जना व्यवसायिक सञ्चालकहरूसँग समन्वय गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो सम्झौता अनुसार गेटवे हिमालयन रिर्सोटमा खानामा दश प्रतिशत र होटलमा बस्ने पाहुनाको लागि २० प्रतिशत छुट दिने भएको छ । अध्यक्ष तामाङका अनुसार सम्पदा अंकित पसलबाट सामान खरिदमा १५ देखि २० प्रतिशत सम्म छुट दिने सहमति भएको लजमुङ जेसीज २०२५ का अध्यक्ष प्रतिजंग तामाङले बताउनुभयो । उहाँका अनुसार परिवार बेकरीमा जेसीजको सदस्यलाई १० प्रतिशत छुट र जेसीज कार्यक्रम गर्दा २० प्रतिशत छुटमा केक प्रदान गरिने सहमति भएको छ ।
यसैगरी, जेसीजको सदस्य एवं जेसीजमा आवद्ध व्यक्तिहरूका लागि मोडेल सिटि हस्पिटल प्रा.लि मा विशेषज्ञ सेवा बाहेक एक्सरे, इसिजि, ल्याब अन्र्तगत १० प्रतिशतm र सो अस्पतालमा भर्ना भएर उपचार गर्दा २० प्रतिशत छुट तथा औषधीमा १० प्रतिशत छुट दिइने भएको छ ।
न्यु भिजन इन्टरप्राइजेजमा जेसीजको सिफारिसमा आएका व्यक्तिहरूलाई खाद्यान्नमा ३ देखि ५ प्रतिशत छुट दिइने सम्झौता भएको लमजुङ जेसीजका निर्वतमान अध्यक्ष सन्तोष श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पि.डि.एस सर्भर नेटर्वकमा जेसीजमा आवद्ध र सदस्यहरूले नयाँ जडानमा २० प्रतिशत र मासिक शुल्कमा १० प्रतिशत छुट दिने सहमति भएको सहमति भएको छ ।
यस कार्यले जेसीजका गतिविधिमा थप सहयोग पुग्ने अपेक्षा लिइएको अध्यक्ष तामाङले उल्लेख गर्नुभयो । गेटवे हिमालयन रिर्सोटमा भएको सम्झौता कार्यक्रमको सहजीकरण निर्वतमान अध्यक्ष सन्तोष श्रेष्ठले गर्नुभएको थियो । उहाँका अनुसार सो कार्यक्रममा जेसीजका पुर्वअध्यक्षहरू, महासचिव, पदाधिकारीहरू लगायत बजारका व्यावसायीहरूको सहभागिता थियो ।
प्रकाशित मिति २०८१ फाल्गुन २, शुक्रबार १८:२१ गते