ठाडोभाकाका संरक्षक एवम् महानायक धम्पु तथा उपाध्यक्ष दुरालाई दमौलीमा सम्मान

ठाडोभाकाका संरक्षक एवम् महानायक धम्पु तथा उपाध्यक्ष दुरालाई दमौलीमा सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण ९ गते शुक्रबार १०:५१

सम्मान ग्रहणपछि ठाडोभाका महानायक धम्पु र ठाडोभाका गायिका सीतादेवी दुराले ठाडोभाका समेत गायन गर्नु भएको थियो । सो अवसरमा दमौलीमा रहेको दुरा समाजबाट पनि ठाडोभाका प्रस्तुति गरिएको थियो ।

सो अवसरमा उहाँहरूका साथमा लोकगायक प्रेमराजा महत तथा लोक गायिका शीला आलेलाई पनि सम्मान गरिएको थियो ।

दमौली(तनहुँ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् महानायक तथा उपाध्यक्षलाई दमौलीमा सम्मान गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् महानायक बुद्धिमान दुरा ‘धम्पु’ र प्रतिष्ठानका उपाध्यक्ष एवम् ठाडोभाका गायिका सीतादेवी दुरालाई तनहुँको सदरमुकाम दमौलीमा आयोजित बहुजातीय सांस्कृतिक महोत्सवका अवसरमा फागुन ९ गते सम्मान गरिएको हो ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिएको उक्त तीन दिने बहुजातीय सांस्कृतिक महोत्सवमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् महानायक बुद्धिमान दुरा ‘धम्पु’ र प्रतिष्ठानका उपाध्यक्ष एवम् ठाडोभाका गायिका सीतादेवी दुरालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपाने, उपकुलपति काशिनाथ न्यौपानेले संयुक्त रुपमा उहाँहरूलाई नगद सहित सम्मानपत्रद्वारा सम्मान गर्नु भएको हो । संरक्षक धम्पु र उपाध्यक्ष सीताले गण्डकी प्रदेशको भूगोलमा जन्म लिई नेपाली ठाडोभाका लोकसंगीतको क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको आयोजकको भनाइ छ ।
सो अवसरमा उहाँहरूका साथमा लोकगायक प्रेमराजा महत तथा लोक गायिका शीला आलेलाई पनि सम्मान गरिएको व्यास नगर प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
‘विविध संस्कृतियुक्त गाउँ, शहर – समृद्ध हाम्रो व्यास नगर’ नाराका साथ आयोजना गरिएको तीन दिवसीय बहुजातीय सांस्कृतिक महोत्सव फागुन ७ गते सुरु भएको हो ।
सम्मान ग्रहणपछि उक्त समारोहमा ठाडोभाका महानायक धम्पु र ठाडोभाका गायिका सीतादेवी दुराले ठाडोभाका समेत गायन गर्नु भएको थियो । सो अवसरमा दमौलीमा रहेको दुरा समाजबाट पनि ठाडोभाका प्रस्तुति गरिएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन ९, शुक्रबार २२:५१ गते
हजुरको प्रतिक्रिया