एमाले मोरङमा मतगणना जारी, अध्यक्षसहितका पदमा इतर समूहको अग्रता कायमै

एमाले मोरङमा मतगणना जारी, अध्यक्षसहितका पदमा इतर समूहको अग्रता कायमै

एजेन्सी

@antaranganews

२०८१ फाल्गुण २३ गते शुक्रबार ०६:३३

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको साथ पाउनु भएका राजकुमार ओझा ११ मत अन्तरसहित पछ्याइ रहनु भएको छ ।

पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ सदस्य सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

विराटनगर– नेकपा एमाले मोरङको १०औं जिल्ला अधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । फागुन २३ गते भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार ६८० मतगणना गरिसक्दा अध्यक्षसहित चार जना पदाधिकारीमा नेता विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता कायमै राखेको छ ।
विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ । अध्यक्षसहित पदाधिकारीका उम्मेदवारहरू र निर्वाचन कमिटीबीच आज विहान ९ बजेदेखि पार्टी कार्यालयमा मतगणना गर्ने सहमति भएको थियो । अधिवेशनमा ८८८ जनाले (९७ प्रतिशत) मतदान गरेका छन् । २३ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका हुन् ।
अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहनु भएका अजम्बर राईले ३३२ मत ल्याउनु भएको छ ।
पछिल्लोपटक गनिएको मत परिणाममा अध्यक्षसहित पदाधिकारीतर्फ इतर समूहका उमेदवारहंको अग्रता कायमै छन् । सो मत गणना आज विहानै सुरु हुने भनिएकोमा ढिला गरी सुरुभएको थियो ।
हालसम्म ६८० मतगणना भइसकेको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अध्यक्षका उमेदवार इतर पक्षका अजम्बर राई ११ मतले अघि हुनुहुन्छ । उहाँले ३३२ र संस्थापन पक्षका राजकुमार ओझाले ३२१ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी, पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको साथ पाउनु भएका राजकुमार ओझा ३२१ मतसहित पछ्याइ रहनु भएको छ ।
उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले ३२० मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धा गर्नु हुने संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले ३०५ मत ल्याउनु भएको छ । सचिवमा ढकाल पक्षीय सोमराज थापाले ३४७ मत तथा उहाँका प्रतिस्पर्धी संस्थापन पक्षीय रविन थापाले २८६ मत पाउनु भएको छ ।
उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले ३७० मत पाउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी २४६ मत प्राप्त गर्नु भएको छ ।
उपसचिव महिलामा संस्थापन पक्षको अग्रता छ । सो पक्षकी शिल्पा निराला कार्कीले ३२३ मत तथा ढकाल पक्षकी उषा झाले ३०८ मत पाउनु भएको छ । संस्थापनतर्फ कार्की मात्रै अघि भएको जानकारीमा आएको छ ।
दुवै प्यानलले सदस्यहरूको समेत प्यानलै खडा गरेका थिए । जसमा २० जना बढी उम्मेदवार भने दुवैतिरको प्यानलमा देखिएका हुन् । दुवै प्यानलले आफ्नो पक्ष बलियो भएको दाबी गरेका छन् ।
जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानल बनेको छ । दुवै प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सो निर्वाचनमा ८ सय ८८ मत खसेकोमा अब २०८ मत गणना हुन बाँकी छ । सो चुनावका लागि ९११ मतदाता निर्धारण गरिएको थियो ।
पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ सदस्य सर्वसम्मत निर्वाचित भइसकेका छन् । ३२५ जनाले मनोनयन दर्ता गरेकोमा ६३ जनाले उमेदवारी फिर्ता लिएका थिए । चुनावी प्रक्रियामा १९१ जना उमेदवार मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति २०८१ फाल्गुन २३, शुक्रबार १८:३३ गते
हजुरको प्रतिक्रिया