नगरपालिकाको सार्वजनिक सुनुवाईमा जनप्रतिनिधिहरू साझा हुन नसकेको गुनासो

नगरपालिकाको सार्वजनिक सुनुवाईमा जनप्रतिनिधिहरू साझा हुन नसकेको गुनासो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २९ गते बिहिबार ०७:४६

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले प्रस्तुत गर्नुभएको कार्यपत्र(प्रतिवेदन)का आधारमा सहभागीहरूबाट आफ्ना सुझाव एवम् गुनासाहरू राख्ने काम भएको हो ।

सेवा प्रवाह थप नागरिक मैत्री बनाउन राइनास नगरपालिकालाई सुझाव

तीनपिप्ले(लमजुङ)– जिल्लाको राइनास नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाईमा जनप्रतिनिधिहरू साझा हुन नसकेको गुनासा आएका छन् । सो नगरपालिकाद्वारा चालु आर्थिक वर्ष २०८१÷८२ को दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा फागुन २७ गते त्यस्तो गुनासा आएका हुन् ।
निर्वाचन लड्दा अमुक पार्टीको उम्मेदवार भएता पनि निर्वाचन जितिसकेपछि साझा व्यक्तित्व हुनु पर्ने दायित्वबाट जनप्रतिनिधिहरू पन्छिने गरेको प्रवृत्ती देखिएका छन् र मुखले हामीहरू साझा व्यक्ति हौं भने गरेता पनि व्यवहारमा भने पार्टी पक्षधरता देखिने गरेको र पालिकाको बजेट पनि आफ्नो पैतृक सम्पत्ती जस्तो ठान्ने परम्परागत प्रवृत्तीमा सुधार भएको अनुभूति गर्न नपाइएको सो कार्यक्रमका सहभागीहरूले बताएका हुन् । साथै, कतिवय स्थितिमा स्थानीय सरकारले निर्देशनको कर्मचारीले नमान्दाको अवस्थामा पनि जनप्रतिनिधिहरू निरिह बनेर कुम दर्शक बन्ने गरेको जस्ता गुनासा पनि आएका थिए ।
जनप्रतिनिधीहरूले कुनैपनि कामहरूमा राजनीतिक पुर्वाग्रह राख्न नहुने भन्दै सो अवसरमा नगरपालिकाको आयोजनामा सञ्चालिन सो कार्यक्रममा नगरपालिकाको सेवा प्रवाहलाई थप स्तरीय बनाउन साहभागीहरूले सुझाव दिएका थिए ।
योजना भुक्तानी प्रकृया सहज बनाउनुपर्ने, बजेट विनियोजन समावेशी हुनुपर्ने, कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता राख्नुपर्ने, शैक्षिक सुधारका लागि नगरपालिकाले विशेष ध्यानदिनुपर्ने, कर प्रणालीमा नीतिगत सुधार गर्नुपर्ने लगायतको सुझाव प्राप्त भएको थियो ।
जनप्रतिनिधीहरूले कुनैपनि कामहरूमा राजनीतिक पुर्वाग्रह राख्न नहुने, योजना भुक्तानी प्रकृया सहज बनाउनुपर्ने, बजेट विनियोजन समावेशी हुनुपर्ने, कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता राख्नुपर्ने, शैक्षिक सुधारका लागि नगरपालिकाले विशेष ध्यानदिनुपर्ने, कर प्रणालीमा नीतिगत सुधार गर्नुपर्ने लगायतको सुझाव प्राप्त भएको थियो । नागरिकका समस्याप्रति जनप्रतिनिधी तथा कर्मचारीहरू बढी उत्तरदायी बन्नुपर्ने, कार्यसम्पादनका सहजिकरण गरी दिनुपर्ने जस्ता सुझाव प्राप्त भएका थिए ।
नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको अध्यक्षतामा सञ्चासलिन सो सार्वजनिक सुनुवाईमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले उक्त चौमासिक अवधिमा भएका सम्पादन गरिएका कार्य तथा सेवा प्रवाहका विविध पक्षमा एक कार्यपत्र(प्रतिवेदन) प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नु भएको कार्यपत्रका आधारमा सहभागीहरूले आफ्ना सुझाव एवम् गुनासाहरू राख्ने काम गर्नु भएको हो ।
सो अवसरमा नागरिकबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई नगरपालिकाका मेयर गुरुङ, उपप्रमूख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले सम्बोधनको प्रयास गर्नुभएको थियो । नागरिकस्तरबाट आएका सवै जिज्ञासा र सुझाव नगरपालिकाको निम्ति मार्गदर्शक बन्ने भन्दै आफ्नो तहबाट सुधार गर्नसक्ने सबै काम नागरिकको अपेक्षा बमोजिक सम्पन्न गर्ने जवाफदेही निकायको तर्फबाट प्रतिवद्धता व्यक्त भएको छ ।
उक्त सार्वजनिक सुनुवाईमा नगरपालिका अन्तर्गतका सौ वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधीहरू, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, टोल विकास समिति, आमा समूह, एवं सर्वसाधरणको उल्लेख्य सहभागिता थियो ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा रेडियो मस्र्याङदी स्टेशन म्यानेजर सन्देश पौडेलले औपचारिक कार्यक्रम अघि सेवाग्राहिसँग लिइएको बहिर्गमन प्रतिवेदनसँगै सार्वजनिक सुनुवाईका आचारसंहिताबारेमा जानकारी गराउनुभएको थियो ।
सोही रेडियो मस्र्याङदी निर्देशक मिना गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने समाचार प्रमुख बसन्ता भट्टले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन २९, बिहीबार १९:४६ गते
हजुरको प्रतिक्रिया