जयेन्दु बालसुधार गृहमा भएको झडप यो पहिलो भने होइन । बालबन्दी ढुंगा हान्दै बाहिर निस्किदा ठूलो संख्यामा प्रहरी खेतखेतमा समेत बसेकाले कोही पनि भाग्न नपाएको बताइएको छ ।
झडपका क्रममा बालबन्दीहरूले आफू बस्ने लत्ता कपडा, भाँडाकुँडा र फर्निचर आगजनीमा गरेका थिए ।
डुडुवा(बाँके)– यहाँ स्थित जयेन्दु बाल सुधार गृहमा गएरातिदेखि भएको झडपमा चार दर्जन बढी घाइते भएका छन् । बाँकेको डुडुवा गाउँपालिकामा रहेको उक्त बाल सुधार गृहमा तोडफोड र आगजनीका कारण तनावगस्त बनेसँगै चैत २ गते दिउँसो १ बजेसम्म प्रहरी प्रवेश गर्न सकेको थिएन । त्यसपछि भने सो थलोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठूलो संख्यमा घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाहिर निस्केका बालबन्दीलाई घेरा हालेर बालसुधार गृहमा ल्याएको थियो । बालबन्दी बालसुधार गृहमा आएपछि प्रहरीले अगुवालाई सम्झाएर स्थिति नियन्त्रणमा लिएको हो ।
बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बाल सुधार गृहलाई नियन्त्रणमा लिएर विवरणहरू लिने काम भइरहेको बताउनु भएको छ । उहाँका अनुसार बालसुधार गृहमा २ सय ५५ जना बालबन्दी छन् । सो झडपमा चार दर्जन घाइते भएका छन् । बालबन्दीहरूको आपसी विवाद झडपमा परिणत भएपछि जयेन्दु बालसुधार गृह अशान्त बनेको हो । घाइतेहरूलाई नेपालगञ्जका अस्पतालहरूमा उपचार गरिदै छ ।
गएराति ११ बजेदेखिको झडपमा परेर केही प्रहरी घाइते भएका छन् । कम्तीमा ४२ जना घाइते भएको स्रोतको भनाइ छ । बालबन्दीहरूले बाहिर नै निस्केर प्रहरीलाई ढुंगा हान्दै लखेटेका थिए । उनीहरूले बालसुधार गृहको तल्लो तलामा आगजनीसमेत गरेका छन् । नेपालगन्जबाट गएको दमकलले आगो निभाएको थियो । बाहिर निस्केका बालबन्दी नजिकको गाउँमा गएर लुटपाटसमेत मच्चाएको गाउँले गुनासो गरेका छन् ।
झडपका क्रममा बालबन्दीहरूले आफू बस्ने लत्ता कपडा, भाँडाकुँडा र फर्निचर आगजनीमा गरेका थिए । सो झडपका तीन प्रहरी समेत ४९ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल गएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनु भयो । उहाँका अनुसार दुई समूहबिच भएको झडपमा अस्पताल को– को जाने भनेर हात उठाउन लगाउँदा ४९ जना अस्पताल आएका छन् । उहाँले भन्नुभयो, ‘घटनामा गम्भीर रहेका घाइते एक जना र २ जना नेपाल प्रहरीको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।’ अन्य घाइतेहरूलाई नेपालगन्जको भेरी अस्पताल लगिएको छ । त्यहाँ चिकित्सकले हेरेर साँझसम्म कति जनालाई डिस्चार्ज गर्ने र कतिलाई भर्ना गर्ने भन्ने यकिन हुने प्रजिअ जोशीले जानकारी दिनुभयो ।
जयेन्दु बालसुधार गृहमा भएको झडप यो पहिलो भने होइन । बालबन्दी ढुंगा हान्दै बाहिर निस्किदा ठूलो संख्यामा प्रहरी खेतखेतमा समेत बसेकाले कोही पनि भाग्न नपाएको बताइएको छ ।
प्रहरीले घटनाबारेको यकिन कारण अझै बाहिर ल्याएको छैन । गत राति सुरुमा ६ जना घाइते भएका थिए । उनीहरूसँग प्रमुख जिल्ला अधिकारी जोशीले कुराकानी गर्दा क्यापेटनहरूले घरबाट पैसा मगाउन भन्ने तथा अन्य तनाव दिने गरेका कारणले लफडा भएको उनीहरूका
भनाइ छ । प्रजिअले भन्नुभयो, ‘भित्र सफा हुँदैछ, सफा भएपछि भित्र राखिन्छ । अहिले सबै प्रहरी नियन्त्रणमा चौरमा रहेका छन् ।’ उहाँका अनुसार सुधार गृहमा बर्दिधारी प्रहरी राख्न नपाइने कानुनी व्यवस्था भएकाले अहिले त्यहाँ १४ जना क्याप्टेनहरू विभिन्न सिफ्टमा खटिने गरेका छन् । त्यसमा दाइ नाइके र भाइ नाइके पनि हुन्छन् ।
यसअघिको झडपमा एक जनाको मृत्यु नै भएको थियो । गत वर्ष असोज ४ गते सुधार गृहमा झडप हुँदा एक बाल बन्दीको मृत्यु भएको थियो । १८ वर्षभन्दा कम उमेरका बालबन्दीलाई राख्ने भनिए पनि बालसुधार गृहमा २७÷२८ वर्षका युवालाई समेत राख्दा यसप्रकारको झडप हुने गरेको स्रोतको भनाइ छ । प्रहरीले झडपमा उत्रिएका झगडालुलाई अन्यत्र सार्ने तयारी गरेको जनाएको छ ।
बालसुधार गृहमा पटक–पटक झडप भइरहने र गाउँमा समेत लुटपाट हुन थालेपछि स्थानीयले त्यसको विरोध गरेका छन् । डुडुवा गाउँपालिका– ६ का वडाध्यक्ष मोहनराम मिश्रले बालसुधार गृहलाई राम्रो व्यवस्थापन गर्न या अन्यत्र सार्न आग्रह गर्नु भएको छ । वडाध्यक्ष मिश्रले भन्नुभयो, ‘रातविरातमा कहिले प्रहरी अघिअघि त कहिले बालबन्दी अघिअघि दौडेर गाउँमा पस्छन्, यसले गाउँले त्रसित भएका छन्, हामीले भोलि नै ज्ञापनपत्र बुझाउँछौँ । कि बालसुधार गृहको राम्ररी व्यवस्थापन गर्नु प¥यो होइन भने यहाँबाट हटाउनु प¥यो ।’
१८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरूलाई पनि मुद्दा किनारा नलाग्दासम्म भन्दै बढी उमेरकालाई पनि बसाउँदा बेला–बेला झडप हुने गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । उहाँका अनुसार यस घटनाको छानविनका लागि तत्काल समिति गठन गर्ने तयारी छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..