भारतीय गोदरेज कम्पनीले ग्राहकलाई प्रलोभनमा पारी झुक्याएर सामग्री भिडाई ठगी गरेको खुलासा

भारतीय गोदरेज कम्पनीले ग्राहकलाई प्रलोभनमा पारी झुक्याएर सामग्री भिडाई ठगी गरेको खुलासा

नवराज पहाडी

@antaranganews

२०८१ चैत ६ गते बिहिबार ०८:३२

ऐले त उपभोक्ता अदालत समेत गठन भएर काम थालेको स्थिति छ । उपभोक्ता अधिकारकर्मी वकिलहरूले फ्रिमा मुद्दा लडिदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् भन्ने वस्तुगत तथ्यका बारेमा ऋषिराम पोखरेललाई अन्तरङ्ग न्यूज डटकमकातर्फबाट जानकारी गराइएको छ ।

त्यो कम्पनीको विभाजनको एक वर्ष बित्न नपाउँदै कम्पनीको सेवा पनि खस्किन थालेको गुनासा आएका छन् । त्यसरी ठगिने लमजुङका ऋषिराम पोखरेल प्रतिनिधि पात्र हुनुहुन्छ ।

लक्ष्मीबजार(लमजुङ)– भारतीय गोदरेज कम्पनी लि.ले प्रलोभनमा पारी झुक्याएर सामग्री भिडाएर धोका दिएको खुलासा भएको छ । भारतीय अर्बपतिद्वारा सञ्चालित गरिएको गोदरेज विभाजित भएको एक वर्ष नबित्दै सो कम्पनीले सर्वसाधारणलाई धोका दिदै ठगी गर्ने गरेको चैत ७ गते खुलासा भएको हो ।
१२८ वर्ष पुरानो गोदरेज समूहको संस्थापक परिवार गत बैशाखमा दुई समूहमा विभाजित भएको हो । गोदरेज कम्पनी विभाजनपछि गोदरेज इन्टरप्राइजेज ग्रुप र गोदरेज इन्डस्ट्रिज ग्रुप गरी दुई समूहमा बाडिएका हुन् । यद्दपि, सो विभाजनलाई गोदरेज परिवारले आफ्नो बीचमा फुट नभई विभिन्न कम्पनीमा सेयर स्वामित्व परिवर्तन गरिएको दावी गर्ने गरेको छ ।
दुई समूहमा विभाजन भएको सो ग्रुपको एक कम्पनी गोदरेज इन्डस्ट्रिज ग्रुपले साबुन, घरेलु उपकरणदेखि घरजग्गासम्म व्यवसायिक विस्तारको कार्य गर्ने गरेको छ ।
अर्को गोदरेज एण्ड बोयस ग्रुपको कम्पनीले एयरस्पेस तथा उड्डयनदेखि रक्षा, फर्निचर र आईटी सफ्टवेयरसम्मका धेरै उद्योगहरूमा लगानी गरेको छ ।
चाडपर्वहरूको अवसरमा ग्राहकहरूलाई लोभ्याउँदै खुसी पर्न गोदरेजले दशैंतिहार ग्राहक योजना सेल द डिएल जस्ता योजना जारी गरेर ग्राहकवर्गहरूमा आश्चर्य र खुशीको बहार ल्याएको प्रचार गर्दै ग्राहकलाई प्रलोभनमा पार्ने गरिआएको छ ।
तर सो कम्पनी विभाजनको एक वर्ष बित्न नपाउँदै कम्पनीको सेवा पनि खस्किन थालेको गुनासा आएका छन् । त्यसमा पनि पछिल्ला दिनमा बढी रहेको अनलाइन व्यापारबाट सर्वसाधारण लाई प्रलोभनमा पारी ग्राहकको बुद्धि भुट्ने, दुर्गम पहाडका स्थानमा पनि सामग्री पठाउने, दश/दश वर्ष वारेन्टी हुन्छ भन्ने तर सामग्री बिग्रिएपछि हप्तौंसम्म मर्मत नगरिदिएर ग्राहकहरूलाई ठगेर सास्ती दिने गरेको खुल्न आएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका– ७ को लक्ष्मीबजार निवासी ऋषीराम पोखरेल त्यसरी ठगिने प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँलाई मिति : २०७५/०६/२८ गतेका दिन अनलाइनका माध्यमबाट भिडाइएको फ्रिजको वारेन्टी १० वर्ष भनिएको थियो । तर आजका करिब साढे पाँच वर्षको अवधिमा नै मर्मतमा आलेटोले गरिरहेको छ । ऋषिराम भन्नुहुन्छ ‘करिब एक महिना अघिबाट फ्रिज बिग्रिएको हो, मैले धेरै पटक कम्पनीले दिएको अनुरोध गरेँ हुन्छ, हुन्छ भन्दै टार्ने काम गरे, त्यसपछि मेरो छोराले पनि फोन गर्दा पनि त्यस्तै भन्ने ठोस जवाफ नदिने गरे ।’
उहाँका अनुसार पहिलो फोन ९८४६२५०६६८ मा गर्दा बेसीशहरसम्म भन्ने तर नाम र पसलको नाम नभन्ने गरेर धेरै दिन हल्लाए । त्यसपछि मैले बेसीशहरमा रहनु भएका आफन्तलाई बुझिदिन आग्रह गरेँ । उहाँलाई अर्को मो.                                                                              नंबर ९८५११७२०७५ दिएर फोन गर्न भनिएछ । उनी शिव न्यौपाने रहेछन् । उनले बेसीशहरबाट सम्पर्क गरेर ‘कति दिन पर्खनु पर्छ ? भनिदिनु न !’ भन्ने अनुरोध गर्दा ‘म बुझेर तुरुन्तै खबर गर्छु’ भनेका उनले आज तीन दिन बित्दासमेत बेसीशहरमा खबर गरेका छैनन् ।

न्यौपानेले त बेसीशहरमा खबर नगरेका मात्र हैन ऋषिरामलाई फोन गरेर १० थरीमान्छेलाई किन भनेको ? अब मलाई सम्पर्क नगर भनेर उल्टै थर्काउने काम गरेको उहाँले बताउनु भयो ।

आज बेसीशहरबाट बेसीशहरको सम्पर्क नंबरमा ‘के कसो हो ? किन विलम्ब भएको हो ? कहिलेसम्म बन्ने हो ?’ भनेर बुझ्न खोज्दा बेसीशहरका मानिस(सायद त्यो कम्पनीका डिलर होलान्) पनि उसै गरी सन्किए । उनले हप्काउने शैलीमा भने ‘तपाईहरूको काम छैन ? त्यति सानो कामका लागि कति पटक कति जनाले फोन गर्ने हो ?’ तपाईहरूको बानी कस्तो हो ? ग्राहकलाई त यस्तो यस्तो हो, यस प्रकार यो दिनसम्ममा काम हुन्छ भन्नु पर्नेमा यो तरिका त भएन नि ! भन्दा ‘के गर्छौं त ?’ भन्दै थर्काउने काम गरे ।
उनको जबाफमा ग्राहकसँग डिल गर्ने तरिका यही हो ? अरु त के गर्नु र ? गुनासो सुन्ने लेख्ने पत्रकारलाई भन्ने हो, समाचार आउन सक्छ भन्दा उनले भने, ‘के नापिन्छ समाचार लेखर ? नापेर हेर !’ भन्ने जवाफ दिए । यसबाट सो कम्पनी र त्यसका डिलरको नियत, व्यवहार तथा कार्यशैली उदांगो हुन आएको छ ।
ऋषिरामले थप जानकारी दिदै भन्नुभयो, ‘हामीले हाम्रो गाउँमा एउटै दिनमा तीन जनाले जनही २४ हजार तिरेर फ्रिज यहाँ झारेका हौं, चार फिटको फ्रिज (१८५ लि. तथा ६९ स्टोर उल्लेख छ ।) हो ।
मसँगै किन्ने तिर्सना भुजेलको फ्रिजमा पनि बत्ती बलेको नदेखिने समस्या छ ऋषिरामले जानकारी दिनुभयो । तिर्सना भन्नुहुन्छ, ‘मेरोमा मिस्त्री आयो, सायद बेसीशहरबाटै आएको हो कि ? उसले हेर्यो, बनाएझैं गर्यो, तर बत्ती बलेन ।’ बत्ती बल्न छाडेपछि पहिलेको जस्तो छिटो चिसो हुन छाडेको छ तर पनि धेरै बेर राख्नु पर्छ, त्यसरी राख्दा चिसो त हुन्छ उहाँले जानकारी दिनुभयो ।
तीन वटा सामग्री भिडाएको ठाउँमा दुई वटा विग्रिएको फेला परेपछि त्यो कम्पनीको विश्वंसनीयता के कस्तो रहेछ र डिलरवालाहरूको नियत र कार्यशैली ? भन्नेसमेत खुलस्त हुन आएको छ ।
ऋषिरामले अन्त्यमा भन्नुभयो, ‘हामीलाई यसरी झुलाउनभन्दा हुने कि नहुने निधो दिने, हुने भए छिटो बनाइदिने र हुन्न भनेमा हामीलाई विकल्प सोच्न, खोज्न सहज हुन्थ्यो । के पाराको कम्पनी रहेछ !’ उहाँले गुनासोशैलीमा थप भन्नुभयो, ‘जीवनमा धेरैबाट ठगिएका छौं, अर्को यौटा थपियो भनेर चित्त बुझाउँला अरु त के गर्ने र ?’
स्मरणीय छ, ऐले त उपभोक्ता अदालत समेत गठन भएर काम थालेको स्थिति छ । उपभोक्ता अधिकारकर्मी वकिलहरूले फ्रिमा मुद्दा लडिदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् भन्ने वस्तुगत तथ्यका बारेमा ऋषिराम पोखरेललाई अन्तरङ्ग न्यूज डटकमकातर्फबाट जानकारी गराइएको छ ।

प्रकाशित मिति २०८१ चैत्र ७, बिहीबार २०:३२ गते
हजुरको प्रतिक्रिया