
पुनर्वास(कञ्चनपुर)– समाजसेवी कोमल अधिकारीको निधन भएको छ । पछिल्ला दशकमा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका– ४ को घ गाउँमा स्थायी बसोबार गर्नु भएका अधिकारीको चैत ९ गते साँझ निधन भएको हो ।
लमजुङको ऐतिहासिक थलो दुराडाँडा स्थित तत्कालीन चन्द्रश्वर गाविस– २ मा जन्म थलो रही करिब ३५ वर्ष सोही थलोमा बिताउनु भएको थियो । दुराडाँडामा रहदा पेशाले शिक्षक समेत रहनु भएका उहाँ कञ्चनपुरमा बसाई सरेपछि शिक्षण कार्य छाडेर समाजसेवामा लाग्नु भएको थियो । कञ्चनपुर गएपछि पनि ६६ वर्षको उमेरसम्म जन्मथलोमा बराबर आउने जाने गर्नु भएता पनि त्यसपछि पूर्णरुपमा बसाइँ सरेपछि भने उहाँको जन्मस्थल आवागमन कम भएको थियो । उहाँको सक्रियता एवम् नेतृत्वमा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका– ४ को घ गाउँ क्षेत्रमा विकासका विभिन्न कार्य भएका छन् ।
पछिल्ला दिनमा उहाँ श्वासप्रश्वास सम्बन्धि समस्याबाट पीडित हुनुहुन्थ्यो । चिक्रित्सकको निगरानी एवम् सल्लाहमा उहाँको उपचार घरमै चलिरहेको थियो ।
स्व. देव शर्मा अधिकारी दम्पतीका जेठा छोरा उहाँका दुई भाइ प्रवीण र महेन्द्रको यसअघि नै निधन भइसकेको छ । स्वर्गीय अधिकारीका दुई छोरा, पाँच छोरीका साथै १७ जना नातिनातिना तथा एक एक जना पलाती र पलातिनी छन् ।
प्रकाशित मिति २०८१ चैत्र १०, आईतवार ०७:१९ गते