रास्वपाको मध्यनेपाल नगरपालिका– २ को सभापतिमा गिताबहादुर

रास्वपाको मध्यनेपाल नगरपालिका– २ को सभापतिमा गिताबहादुर

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत ९ गते आईतबार ०७:४८

सो वडा अधिवेशनमा रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, जिल्ला सहसचिव बाबुराम अधिकारी, सुन्दरबजार नगरका सभापति श्याम केसी, सोही नगरका संगठन विभागका प्रमुख ज्ञानेन्द्र शर्मा, रास्वपाका सुभेच्छुक स्थानीय समाजसेवी शिवराज खनाल लगायतको सहभागिता थियो ।

नेता प्रसाइँले पार्टीका सभापति रवि लामिछानेप्रति प्रतिशोध साधिएको छ भन्ने मैले बोलेको होइन भन्नुभयो ।

तान्द्राङ टक्सार(लमजुङ)– राष्ट्यि स्वतन्त्र पार्टी(रास्वपा) लमजुङले संगठन विस्तारको क्रम जारी राखेको छ । वडा अधिवेशन गर्ने क्रममा मध्यनेपाल नगरपालिका– २ को वडा अघिवेशन यहाँ स्थित पाखुरी चोकमा चैत ९ गते सम्पन्न भएको हो ।
सो अधिवेशनले सो वडाको समापतिमा गिताबहादुर गुरुङलाई चयन गरेको छ । यसैगरी, उपसभापतिमा जुना नेपाली, सचिवमा राजकुमार लम्साल चयन गरेको छ भने सदस्यहरूमा अमृता नेपाली, लक्ष्मी खड्का, भागिरथी खनाल, लीला पाण्डे, मोहन केउछा र इमान गुरुङ चयन हुनुभएको निर्वाचन समितिका संयोजक एवम् रास्वपाका जिल्ला उपसभापति प्रकाश थापाले बताउनु भयो ।
सो भेलाले रास्वपाको टोल समिति समेत गठन गरेको छ । सो समितिको संयोजकमा रामबहादुर उपकोटी चयन हुनु भएको छ भने अन्य सदस्य हुनुहुन्छ । सदस्यहरूमा सुरज नेपाली, विष्णुबहादुर गोतामे, आशा नेपाली लम्साल, बुद्धिमान नेपाली, सुनिता रिमाल नेपाली, सुनिता नेपाली गोतामे, सुदीप नेपाली, रेशम मौरती, रञ्जित गोतामे र सुनिल गोतामे रहनु भएको छ ।
सो अधिवेशनलाई सम्बोधन गर्दै रास्वपाका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाइँले यो दलमा लाग्ने मान्छे पार्टीका सभापति रविदेखि आफू, धर्म केसी जगायत जिल्लाका जति पनि पार्टी पंक्तिमा हुनुहुन्छ सबै केही केही पेशा गरेर गरी खाएका व्यक्ति हौं, थियौं तर आफू मात्र बनेर देश र समाज बन्ने रहेनछ भन्ने ठानेर रास्वपा पार्टी खेलेर देश बनाउने अभियानमा होमिएको बताउनु भयो । त्यसैले यो दल अन्य दलभन्दा भिन्न छ उहाँले उल्लेख गर्नु भयो । उहाँले यही कार्यक्रम पनि अन्य पार्टीले गरेको भएमा कति धेरै तामझाम, बडेमाका सोफा, माला, खदाका भारी आदि हुन्थे, कार्यक्रममा आउनेलाई पनि पेटेलको सुविधा त्यो पनि दुईथरीको हुथ्यो भने हाम्रोमा त्यो छैन यसैले पनि हामी भिन्न छौं र केही गर्छौं भन्ने पुष्टि हुन्छ भन्नुभयो । उहाँले अघिल्लो साँझको दोहोरीको स्मरण गर्दै त्यो कला बचाउन र रास्वपाको कार्यकर्ता भएको गर्व गर्न र कसैका धम्की तथा लोभदेखि नडर्न, नतर्सन र नलोभिन आग्रह गर्नुभयो । उहाँले तपाईका पछि हामी छौं ढुक्क हुनुहोला भन्दै निरास नहुन आह्वान गर्नुभएको थियो ।
नेता प्रसाइँले पार्टीका सभापति रवि लामिछानेप्रति प्रतिशोध साधिएको छ भन्ने मैले बोलेको होइन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, संविधानविद भिमार्जुन आचार्य, काँग्रेस नेता सुशील कोइराला, चन्द्र भण्डारी आदिले समेत भनेबाट पुष्टि हुन्छ र सभापति रवि निर्दोष भएको पुष्टि गर्दछ भन्नुभयो ।
त्यसैगरी, रास्वपाको संगठन विभागका केन्द्रीय सदस्य धर्म केसीले अब मत परिवर्तन गर्ने बेला आएको छ भन्नुभयो । उहाँले सत्तामा बसेर गरेका एक एक विक्रितिको रकेर्ड आफ्नो पार्टीसँग रहेको र त्यसको हिसाव किताव हुने उल्लेख गर्नु भयो ।
उहाँले पैसा खर्च गरेर चुनाव जित्नेले पैसा नै कमाउनु पर्ने भएको हुँदा विकास नगर्ने गरेका दृष्टान्त दिनु भएको थियो । उहाँले गत निर्वाचनमा पाँच सय भेट कटाउन्नस् भन्नेहरूलाई तपाईहरूले झण्डै दश हाजर मत दिएर उनीहरूको मुखमा बुजो लगाइदिनु भएको छ भने हामीले तपाईहरूको गुण बिर्सेका छैनौं र बिर्सन्नौं पनि भन्नुभयो ।
नवनिर्वाचितहरूलाई रास्वपाको संगठन विभागका केन्द्रीय सदस्य केसीले पार्टीको लोगो पहिहाउँदै शपथ खुवाउनु भएको थियो ।
सो अधिवेशनको सभापतित्व ग्रहण गर्नु भएका रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले कवितामार्फत विक्रितिका साथमा सरकारमा रहेका दलको भण्डाफोर गर्नु भएको थियो ।
रास्वपाका जिल्ला उपसभापति प्रकाश थापाले कार्यक्रम सञ्चालन गर्दै नवगठीत समिति निर्विरोध चयन भएको घोषणा गर्नु भएको थियो ।
सो वडा अधिवेशनमा रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, जिल्ला सहसचिव बाबुराम अधिकारी, सुन्दरबजार नगरका सभापति श्याम केसी, सोही नगरका संगठन विभागका प्रमुख ज्ञानेन्द्र शर्मा, रास्वपाका सुभेच्छुक स्थानीय समाजसेवी शिवराज खनाल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति २०८१ चैत्र १०, आईतवार १९:४८ गते
हजुरको प्रतिक्रिया