Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन उदघाटन गर्न प्रधानमन्त्री ओली अन्तिममा रोकिनु भयो
पाण्डेलाई प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिएसँगै राई स्वभाविक अध्यक्षको एकल दाबेदार मानिन्थ्यो । तर, फागुन २८ गते सचिवमा मनोनीत हुनु भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्नका लागि चैत ८ गते सचिवबाट राजीनामा दिनु भएपनि दुवै पक्ष अध्यक्ष बन्ने तयारीमा जुटिरहेको छ ।
प्रतिनिधिहरूले निर्वाचनमार्फत नेतृत्व छान्न पाउनु पर्ने माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् ।
विराटनगर– एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन उहाँ सुरु भएको छ । एमाले महासचिव शङ्कर पोखरेलले महाधिवेशनको चैत १० गते उद्घाटन गर्नु भएको हो । महाधिवेशनको प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने तय भए पनि अन्तिम समयमा रोकिनु भएको हो ।
आफ्नो निर्देशन लागू नहुने स्थिति बुझे पछि ओलीले उदघाटन कार्यक्रम स्थल नजानु भएको बताइएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ कोशी प्रदेशको राजधानी विराटनगरमा सुरु भएको हो । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको छ भने प्रेस चौतारीले प्रदान गर्ने भिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागिता छ । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
चौतारीको अध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय राजेश राई र गणेश पाण्डेले दावेदारी पेस गर्ने तयारी गरेका छन् । केपी ओलीको निर्देशनविरुद्ध हस्ताक्षर :
प्रेस चौतारी नेपालको नेतृत्वका लागि निर्वाचन माग गर्दै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेका छन् । १०औं राष्ट्रिय महाधिवेशन परिसरमा प्रतिनिधिले नयाँ नेतृत्वका लागि निर्वाचन माग्दै हस्ताक्षर अभियान सुरु गरेका छन् । केन्द्रको निर्देशन चौतारीमा लाद्न खोजेको भन्दै प्रतिनिधिहरुले हस्ताक्षर अभियान संकलन गरेका हुन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्ष सर्वसम्मत रुपमा गणेश पाण्डेलाई बनाउन निर्देशन दिनु भएपनि त्यसको अवज्ञा गर्दै हस्ताक्षर संकलन भएको हो । पाण्डे र राजेश राई दुवैजना उपाध्यक्ष हुनुहुन्छ । उहाँहरू दुवैले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकनु भएको छ ।
चौतारीको ९ औं महाधिवेशनमा पनि राई र पाण्डे दुवै अध्यक्षको दाबेदार हुनुहुन्थ्यो । त्यसबेला गणेश बस्नेत नै अध्यक्ष दाहोरिएपछि राई र पाण्डे उपाध्यक्षमै बस्नु भएको हो । १० औं महाधिवेशनअघि पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको हो ।
पाण्डेलाई प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिएसँगै राई स्वभाविक अध्यक्षको एकल दाबेदार मानिन्थ्यो । तर, फागुन २८ गते सचिवमा मनोनीत हुनु भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्नका लागि चैत ८ गते सचिवबाट राजीनामा दिनु भएपनि दुवै पक्ष अध्यक्ष बन्ने तयारीमा जुटिरहेको छ ।
एमाले अध्यक्ष ओलीले पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन निर्देशन दिएको नेताहरू बताउँछन् । पाण्डेले प्रचार विभागको सचिवबाट महाधिवेशनको २ दिन अघि राजीनामा दिनु भएको हो । तर, उहाँको राजीनामा भने औपचारिक रूपमा स्वीकृत गरिएको छैन । पाण्डेले प्रचार विभाग बैठकमा पद तथा गोपनीयताको शपथ लिएर कार्यभार पनि सम्हाल्नु भएको थियो ।
प्रतिनिधिहरूले निर्वाचन मार्फत नेतृत्व छान्न पाउनु पर्ने माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् ।
महाधिवेशनका प्रतिनिधि किशोर बुढाथोकीले नेतृत्व छनोटमा प्रतिनिधिले आफ्नो मत राख्न पाउनुपर्ने बताउनु भयो । उहाँका अनुसार केन्द्रको निर्देशन लाद्न खोजेपछि हस्ताक्षर अभियान सुरु गरिएको हो । महाधिवेशन सुरु नहुँदै बालुवाटारले तोक्यो अध्यक्ष :
प्रधानमन्त्रीनिवास बालुवाटारमा मोर्चा संगठन प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख तथा चौतारीका इन्चार्ज राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई बोलाएर महाधिवेशन अगावै पाण्डेलाई अध्यक्ष बनाउन चैत ९ गते निर्देशन दिइएको हो ।
इन्चार्ज गौतमले पार्टी अध्यक्षसँग भएको छलफल र निर्णयका आधारमा चौतारीको अध्यक्षसहित पदाधिकारीहरू सर्वसम्मत चयनका लागि पहल भइरहेको बताउनु भएको छ ।
यसअघि अध्यक्ष ओली तथा महासचिव शंकर पोखरेलले अर्का उपाध्यक्ष राजेश राईलाई सर्वसम्मत अध्यक्ष बनाउन सन्देश दिएको परिचर्चा हुँदै आएको थियो ।
गत १६ फागुनमा प्रधानमन्त्री ओलीले पाण्डेलाई सचिव बनाएर राईलाई चौतारीको अध्यक्ष बनाउने गरी सहमति जुटाउनु भएका थियो । त्यसलगत्तै १८ फागुनमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पा(डेलाई सचिव बनाएको थियो ।
पार्टी अध्यक्ष ओलीले अध्यक्ष मात्र हैन महासचिव चेतन अधिकारी बनाउन निर्देशन दिनु भएको छ । ओली प्रधानमन्त्री हुँदा प्रेस संयोजक रहेका अधिकारीलाई संस्थापनका तर्फबाट उम्मेदवारका रूपमा अगाडि सारिएको हो ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा उदघाटन सत्र भएको हो । चैत १२ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..