सुक्खा पहिरोका कारण अवरुद्ध बेसीशहर– चामे सडक एकतर्फी सुचारु

सुक्खा पहिरोका कारण अवरुद्ध बेसीशहर– चामे सडक एकतर्फी सुचारु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १० गते सोमबार ०५:३२

घट्नास्थलमा पहिले पनि सडक साँघुरो नै रहेछ । नजिक क्रेक भएको ढुंगा खस्ने हो कि ? भन्ने जस्तो देखिन्छ ऐले दुवैतर्फ गाडी रोकिएको अवस्था छैन, नर्मल भइसक्यो प्रजिअ गुरुङले भन्नुभयो ।

दिउँसो करिब १२ बजे अवरुद्ध भएको सो सडक चैत ११ गते अपरह्न ४ः१५ बजे खुलेको हो ।

च्याम्चे(लमजुङ)– लमजुङको स्थानीय क्षेत्रमा गएको सुक्खा पहिरोका कारण अवरुद्ध बेसीशहर– चामे सडक एकतर्फी रुपमा सुचारु भएको छ । लमजुङको उत्तरी क्षेत्रको मर्स्याङदी गाउँपालिका– ४ स्थित च्याम्चे बजार नजिक रहेको अक्टोपस झरनासँगै सुक्खा पहिरो खस्दा बेसीशहर चामे सडक दिउँसो करिब १२ बजे अवरुद्ध भएको सो सडक चैत ११ गते अपरह्न ४ः१५ बजे खुलेको हो ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ आफै घट्नास्थल पुगेर एकतर्फी रुपमा सडक खुलेको जानकारी दिनु भएको हो । आज दिउँसो १२ बजेतिर माथिबाट सडक नै ध्वस्त हुने गरी पहिरो खसेको स्थानीयबासीहरूले बताएका थिए । उनीहरूका अनुसार दिउँसोको समयमा सो घट्ना भएको हुँदा बक्स कटिङबाट उत्तरतर्फको भागमा पहिरो खसेको हो ।
दुईतर्फी यातायात सुचारु हुन कति समय लाग्ला ? भन्ने जिज्ञासामा घट्नास्थलमा पहिले पनि सडक साँघुरो नै रहेछ, नजिक क्रेक भएको ढुंगा खस्ने हो कि ? भन्ने जस्तो देखिन्छ प्रजिअ गुरुङले भन्नुभयो । उहाँका अनुसार यो सुख्खा पहिरो भन्दा पनि क्रेक भएको ढुंगा खसेको रहेछ सडक नर्मल भएर गाडीहरू आउँजाउँ गरेका छन् । उहाँले भन्नुभयो, ‘यतिबेला पहिरोका कारणले दुवैतर्फका गाडी रोकिएको अवस्था छैन ।’

प्रकाशित मिति २०८१ चैत्र ११, सोमबार १७:३२ गते
हजुरको प्रतिक्रिया