तीन दिवसीय भारत नेपाल साहित्य सांस्कृतिक महोत्सवमा विविध कार्यक्रम

तीन दिवसीय भारत नेपाल साहित्य सांस्कृतिक महोत्सवमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १३ गते बिहिबार ०६:४६

सो महोत्सवको समापन सत्रकी मुख्य अतिथि सुप्रसिद्ध फिल्म अभिनेत्री तथा मथुराकी माननीय सांसद हेमा मालिनीले  नेपाल र भारतको  ऐतिहासिक, सांस्कृतिक, सामाजिक सम्बन्ध मीलको पत्थर भएको उल्लेख गर्नुभएको थियो ।

उक्त महोत्सवमा नेपालबाट एक सय स्रष्टाहरूले भाग लिएका थिए ।

वृन्दावन(भारत)– तीन दिवसीय भारत नेपाल साहित्य सांस्कृतिक महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । क्रांतिधरा साहित्य अकादमी, मेरठ, भारत र चारू साहित्य प्रतिष्ठान नेपालद्वारा ’गीता शोध संस्थान एवं रासलीला अकादमी’, वृंदावन, मथुराको सहयोगमा सञ् चालन भएको हो ।
उक्त महोत्सवको उद्घाटन विशिष्ट अतिथि गजल शिरोमणि डा घनश्याम न्यौपाने परिश्रमीले गर्नुभएको हो । उहाँले नेपाल र भारतको ऐतिहासिक सम्बन्ध अझ मजबूत बनाउन यस्तो आयोजनको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
यसैगरी, मुख्य अतिथि पद्मनाभ गोस्वामी तथा विशिष्ट अतिथि मुख्य कार्यपालक अधिकारी श्याम बहादुर सिंह हुनुहुन्थ्यो । भारत नेपाल साहित्य सांस्कृतिक महोत्सवका आयोजक डा विजय पंडित र डा देवी पंथी अध्यक्ष चारू साहित्य प्रतिष्ठान नेपालले अतिथिलाई स्वागत गर्नु भएको थियो । सो अवसरमा पूर्वांचल दर्पणको वृन्दावन विशेषाङ्क सहित एक दर्जन पुस्तकको विमोचन गरिएको थियो ।
शुभकामना मन्तव्यका क्रममा डाक्टर विजय पंडितले भारत नेपाल साहित्य एवं सांस्कृतिक महोत्सव वसुद्धैव कुटुम्बकमको भावनाले आयोजना गरिएको जानकारी दिनु भयो । यसैको माध्यमबाट हामी दुबै देशको ऐतिहासिक, साहित्यिक, सांस्कृतिक, सामाजिक सम्बन्धलाई  मजबूत बनाउने छौँ उहाँले उल्लेख गर्नुभयो ।
विशिष्ट अतिथि नेपालकी लघुकथाकार श्रीमती ममता मृदुल अध्यक्ष, लघुकथा समाज कोसी, विराटनगर, हुनुहुन्थ्यो। उहाँले भारत नेपाल साहित्य महोत्सवको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणकमा, ममता मृदुलको संयोजकत्व तथा उद्घोषणमा संचालन भएको लघुकथा वाचन कार्यक्रममा  लघुकथाकार अलवर, राजस्थानकी ममता शर्मा ’अंचल’, शारदा शर्मा, विराटनगर, ध्रुव मधिकर्मी सचिव, सिर्जना अभियान समूह भक्तपुर, ध्रुवराज थापा काभ्रे, तथा काठमाडौंका दीपक लोहनी, विलोम समूह, शोभा लोहानी, धन्वन्तरी मिश्र “कात्यायन, बिंदिया लम्साल, नारी स्रष्टा समाज, ललिता दोषी साहित्यकार, हुनुहुन्थ्यो । यसैगरी सनसरीका शुक्रराज कुँवर, रोशन पराजुलीका साथै मनोहर पोखरेल, लघुकथा प्रतिष्ठानका संस्थापक अध्यक्ष, रमेन्द्र कोइराला,  कोषाध्यक्ष, लघुकथा समाज कोशी इनरुवा, एन्जल निलु लघुकथा प्रतिष्ठान सप्तरी, नारायण कैलाश सिक्देल तनहुँ , विमल शर्मा पौडेल पर्वत, सुष्मा आचार्य भक्तपुर, बिक्रम भक्त जोशी ललितपुर आदि हुनहुन्थ्यो ।
यसैगरी अर्को सत्र, डा घनश्याम परिश्रमीको अध्यक्षता तथा स्वर्ण शिखाको प्रमुख आतिथ्यमा गजल चारुका साथै  पञ्चाङ्ग, उदक, बाछिटा, टुक्का, खोरिया, झिल्का सुनाउने कार्यक्रम गरिएको थियो । डा देवी पन्थीद्वारा हिन्दी भाषामा तयार पारिएको चारू, पञ्चाङ्ग, उदक, बाछिटा, टुक्का, खोरिया, झिल्का सम्बन्धित कार्यपत्र पञ्चाङ्ग प्रवर्तक सोमनाथ लुइटेलद्वारा प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा लमजुङका चारुकार लक्ष्मीप्रसाद मिश्रद्वारा रचित तथा बबिना भट्टराईको स्वर र संगीतमा रेकर्ड गरिएको चारु बजाएर सुनाइएको थियो । चारुकार सविता के.सी. बोहराले सञ्चालन गर्नुभएको थियो । सो सत्रमा गजल र चारुका साथै पञ्चाङ्ग, उदक, बाछिटा, टुक्का, खोरिया, झिल्का प्रस्तुत गरिएको थियो । ति रचना प्रस्तुत गर्नेहरूमा डा घनश्याम परिश्रमी, कुलपति नवलपरासी, अनुराग अरुण यज्ञलाल सुवेदी, चारु साहित्य प्रतिष्ठान रुपन्देही, डा. देवी पंथी, ध्रुव गजुरेल, धरहरा अभियन्ता, दीपक पनेरु सर्लाही,  रिशव शर्मा, बिनिता ढकाल, पवनकुमार बुढाथोकी, प्रतिनिधि स्रष्टा साँझ अमेरिका, खगेन्द्र भट्टराई सचिव चारु साहित्य प्रतिष्ठान, टीकादेवी भट्टराई, सोमनाथ लुइटेल प्रवर्तक पञ्चाङ्ग,  सविता के.सी. बोहरा, पञ्चाङ्ग अध्यक्ष,  चन्द्रावती अधिकारी, राधेश्याम नगरकोटी, पोम रेग्मी,  लक्ष्मी रेग्मी, खराधिका पन्थी,अरुण खड्का, राजेन्द्र बज्राचार्य (नेवारी चारु), लक्ष्मीप्रसाद मिश्र लमजुङ स्वर्ण शिखा,  सत्यराज जोशी,  भानु पोख्रेल, सुरक्षा अधिकारी,  मेघनाथ बन्धु खनाल, भगवती दवाडी,  काजी  सुनुवार, पर्मेश्वरी बिस्ट लगायत हुनुहुन्थ्यो ।
 महोत्सवको दोस्रो दिन, हिंदी, नेपाली भोजपुरी, मैथली, अंग्रेजी, संस्कृत, मराठी, तमिल भाषाको बहुभाषिक कवि सम्मेलनमा कविता ,गजल, चारु प्रस्तुत गर्नेहरूमा रश्मि रिमाल, झापा, तनहुँका जया न्यौपाने, सत्यप्रकाश, प्रकाश वाग्ले , विमला भण्डारी, कृष्ण अधिकारी,  मोहन बहादुर भुजेलका साथै काठमाडौं द्वारिका कूईकेल, इन्दिरा ढकाल, डा गोविन्दमानसिंह कार्की,म मता कुमारी कार्की, राधा चालिसे, वोधराज घिमिरे, उदयपुर, लमजुङबाट वसन्तराज खनाल, युवराज घिमिरे,  मातृका प्रसाद खनाल, हुनुहुन्थ्यो ।
भारतबाट डा ममता शर्मा ंचल’, अलवर, डॉ परमजोत सिंह ’वेदी’, मधेपुरा, बिहार, जया मोहन श्रीवास्तव प्रयागराज, ललित मोहन श्रीवास्तव प्रयागराज, डॉ जयप्रकाश नागला, महाराष्ट्र, डॉ कृष्णा रावत जयपुरका साथै लखनउका डा प्रवीण कुमार, स्मिता सक्सेना, उपमा आर्य र दीनबंधु आर्य,  राजेश कुमार भटनागर जयपुर, बलिराज चौधरी, भोपाल, डा मनोज कुमार फगवाड़वी फगवाड़ा, पंजाब,  डॉ दीनदयाल तिवारी ’बेताल’, टीकमगढ़,  अनुराधा सहस्त्रबुद्धे, मुंबई,  डॉ भोलाप्रसाद आग्नेय, बलिया , डॉ आदित्य कुमार ’अंशु’, बलिया, अणुव्रत सेवी प्रो डा ललिता बी जोगड़ , मुंबई,  डॉ के पद्मिनी, तमिलनाडु, ए देविका कोयम्बटूर, टी प्रभाकर कोयम्बतूर, कुसुम श्रीवास्तव दिल्ली, एम महन्ंद्र जैन पोतदार सत्य, टीकमगढ़,  सुभदा पांडेय, आगरा, इन्दु भूषण पांडेय ’अजनबी’, शाहजहांपुर, डा सुधा पांडेय नालंदा,  डा जयकांत पांडेय, नालंदा,  साकार श्रीवास्तव फलक, जयपुर,  डॉ रामप्रकाश, अकोला, महाराष्ट्र,  हेमंत सक्सेना, मेरठ,  राघव देवयानी, इंदौर, अर्चना आनंद, गाजीपुर, मोनिका अग्रवाल नागपुर, राधा पांडेय सिक्किम, विष्णु शास्त्री असम, सागर सापकोटा असम हुनुहुन्थ्यो । कार्यक्रम संचालन डा हरेन्द्र हर्ष र डा देवी पन्थीले संयुक्तरूपमा गर्नुभएको थियो ।
उक्त महोत्सवको समापन सत्रमा मुख्य अतिथि सुप्रसिद्ध पिÞmल्म अभिनेत्री और मथुराकी माननीय सांसद हेमा मालिनी हुनुहुन्थ्यो उहाँले अतिथिलाई ब्रज शिरोमणि सम्मानले सम्मानित गर्नुभएको थियो ।
उहाँले सम्बोधन गर्दै  नेपाल र भारतको  ऐतिहासिक, सांस्कृतिक, सामाजिक सम्बन्ध मीलको पत्थर भएको उल्लेख गर्नुभएको थियो । उहाँले आयोजक संस्था क्रांतिधरा साहित्य अकादमी र चारु प्रतिष्ठान नेपाललाई धन्यवाद दिनुभएको थियो । रासलीला समारोहले नेपाली साहित्यकारको सम्मानमा रासलीला नृत्य कार्यक्रम आयोजना गरेको थियो । समग्रमा कार्यक्रम ऐतिहासिक एवम् स्मरणीय रह्यो ।
भारत नेपाल साहित्य सांस्कृतिक महोत्सवको आयोजना गीता शोध संस्थान एवं रासलीला अकादमी सभागार वृंदावनमा  आयोजना गरिएको हो । महोत्सवमा नेपालबाट १०० भन्दा बढी शिक्षाविद्, लेखक, कवि, पत्रकार आदि उपस्थित थिए, साथै समस्त भारतबाट २५० जति नवोदित र वरिष्ठ लेखक तथा नवोदितहरूले भाग लिएका थिए ।
प्रकाशित मिति २०८१ चैत्र १४, बिहीबार १८:४६ गते
हजुरको प्रतिक्रिया